इसेवाबाट आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सकिने!

एक दशक अगाडी दैनिक आवश्यकता सेवाहरूकाे बिल भुक्तानी गर्न नेपालमा सेवा प्रदायककाे काउन्टर अगाडी लामाे घुइँचाे देख्ने गरिन्थ्यो। आज प्रविधिकाे विकास र बैँक तथा वित्तिय संस्था साथै डिजिटल वालेटहरूकाे स्थापना र सार्थक प्रयास सँगै ग्राहकहरूले सजिलै आफ्नै माेबाइलमा रहेकाे इसेवा एप वा वेबसाइट मार्फत भुक्तानी गर्न सक्दछन्। ग्राहकहरूकाे सहजताका लागि हामीले निरन्तर धारा, बत्ती, टपअप, अनलाइन शपिङ्ग जस्ता धेरै भन्दा धेरै सेवाहरू इसेवामा आवद्ध गराइ रहेका छाैँ । 

सेवा प्रदान गर्ने क्रममा ग्राहकहरूले धेरै पटक सरकारी भुक्तानीकाे उपलब्धता बारे जिज्ञासा राख्नुहुन्छ। सो सेवा इसेवामा अब उपलब्ध भएको छ र कर दाताहरुले सजिलै आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सक्नु हुनेछ । याे सुविधा इसेवामा उपलब्ध भए सँगै अब तपाईंले सम्पत्ती कर, व्यवसाय कर, तथा अन्य सेवा शुल्क इसेवाबाटै बुझाउन सक्नुहुन्छ । 

इसेवाबाट आन्तरिक राजस्वमा शुल्क भुक्तानी कसरी गर्ने?

१. सर्वप्रथम आन्तरिक राजस्व कार्यालयकाे वेबसाइट खाेल्नुहाेस् ।

Inland revenue Department "आन्तरिक राजस्व विभाग" Home page

२. अब ‘करदाताकाे पाेर्टल’ मा थिच्नुहाेस् र बाँया पट्टि रहेकाे “General” मा थिची भित्रकाे “Taxpayer Login” मा थिच्नुहाेस् ।

Click on Taxpayer Portal " करदाता पोर्टल"

३. अबकाे पेजमा स्थायी लेखा नम्बर र प्रयाेगकर्ताकाे नम्बरमा आफ्नाे व्यवसयाकाे स्थायी लेखा नम्बर (PAN number) भरी पास्वर्ड भरी अगाडी बढ्नुहाेस् ।

Click on General and taxpayer portal to login

४. अब “Payment Voucher” मा  थिच्नुहाेस् ।

Click on Payment Voucher

५. रकम जम्मा हुने बैंकमा “एभरेष्ट बैंक लि.” वा  “राष्ट्रिय वाणिज्य बैंक लि.” वा “ग्लोबल आइएमई बैंक लि.” वा “एन आई सी एशिया बैंक लि.” वा “कुमारी बैंक लिमिटेड” वा “नेपाल बैंक लिमिटेड” वा “कृषि विकास बैंक लिमिटेड” छान्नुहाेस् ।

Select Everest Bank Limited

६. अब रकम बुझाउन चाहनुभएकाे करकाे प्रकार, राजस्व शिर्षक, र कर बापत छानी राजस्व रकम भर्नुहाेस् । आर्थिक वर्ष साथै टि.डि.एस छानी “Generate Transaction Code” मा थिच्नुहाेस्। 

Enter your details as listed

७. अब पेजमा देखाइएकाे Transaction Code टिपी इसेवाकाे वेबसाइट खाेल्नुहाेस् ।

Copy the transaction code and Visit eSewa website

८. यहाँ Government Payment मा रहेकाे “Inland Revenue Department (IRD)” मा थिच्नुहाेस् ।

९. अब EBP Number मा अगाडी टिप्नुभएकाे Transaction Code भर्नुहाेस् र पुनः शुल्क भरी “Check” मा थिच्नुहाेस् ।

१०. देखाइएकाे विवरण सबै ठिक छ भन्ने निश्चित गरी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहाेस् ।

तपाईंले शुल्क बुझाउने कार्य सफल भयाे कि भएन भनी राजस्वकाे वेबसाइटमा हेर्न सक्नुहुन्छ । भुक्तानी सफल भएपश्चात “पुरानाे भुक्तानीकाे अवस्था” मा “Complete” भनेर देखिनेछ । 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

102 thoughts on “इसेवाबाट आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सकिने!

  1. गत बर्ष 076/77को बुझाउदा फाईन लाग्छ कि लाग्दैन

    1. नमस्कार,
      यस विषयमा थप जानकारीका लागि भने राजस्व कार्यालयमा वा अडिटर सँग नै बुझ्नु हुन अनुरोध गर्दछौं ।

  2. Rakam Jamma hune bank ma everest bank ltd. vannu vayeko xa esewa marfat aru bank ma rakam Jamma garna sakidaina?
    Example:-nepal bank ltd., Rastriya banijya bank ltd., Globle ime bank ltd etc

    1. नमस्कार,
      आफ्नो कर, VAT पहिले Everest Bank मा बुझाउनु हुन्थ्यो भने अब इसेवाबाट गर्न सक्नु हुनेछ । अरु बैंक छिट्टै उपलब्ध हुनेछन् ।

  3. Nepse online trading ma pani connect ips jastai thau ogatna safal hunuhola.shubhakamana

  4. Good job . यातायात वयवस्था कार्यालय को सवारी साधनको राजस्व कर को लागि समेतलाई Esewa मा कर तिर्न का लागि सेवा संचालन मा ल्याउन आग्रह छ् ।🙏

  5. अति उत्तम अभियान, सराेकार पक्षलाई धेरै धेरै धन्यवाद ।

  6. म संग ई सेवा छ । अान्तरिक राजस्व बुझाउनु छ । सहकारीको तर कसरी ?

    1. नमस्कार,
      प्रकृयाका लागि ब्लग पढ्नु होला । केहि समस्या भएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    1. Hello Sir,
      Could you please elaborate your query so that we can assist you better? For now, the service is available in eSewa’s web portal and will be available in app soon.
      For any queries or confusion, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  7. अत्यन्त सह्रानीय कदम । धन्यवाद ई-सेवा टिमलाई ।

Comments are closed.