कन्सुलर सेवाको भुक्तानी गर्ने प्रक्रिया

कन्सुलर सेवाको भुक्तानी गर्ने प्रक्रिया

कन्सुलर सेवा भन्नाले विदेशमा रहेका नेपालीहरुका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधिकारीहरुलाई प्रदान गरिने सुविधा तथा उन्मुक्ति, नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरुका लागि सम्बन्धित देशको प्रवेशाज्ञाको लागि सिफारिस गर्ने लगायतका कार्यहरुलाई बुझाउछ । कन्सुलर सेवालाई सरल, सहज, पारदर्शी र उत्तरदायी ढङ्गले सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६५ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको मिति २०७० वैशाख २० गतेको निर्णय अनुसार परराष्ट्र मन्त्रालय अन्तर्गत यस कन्सुलर सेवा विभागको स्थापना भएको हो।

(Source: https://nepalconsular.gov.np/np/)

कन्सुलर प्रमाणीकरणको शुल्क अब सजिलै इसेवाबाट निम्न लिखित प्रक्रियाबाट बुझाउन सक्नु हुनेछ ।

. सर्वप्रथम https://att.nepalconsular.gov.np/ मा जानुहोस्।

. “I acknowledge that I have read and agree to the above Terms and Conditions” मा क्लिक गर्नुहोस् Next मा थिच्नुहोस्।

३. यहाँ मागिएका विवरण भर्नुहोस्।

४. यहाँ देखिएको Reference Code टिप्नुहोस्।

५. यस पश्चात प्रमाणीकरण गर्नुपर्ने कागजात Upload गर्नुहोस्।

६. अब अनलाईन माध्यमबाट भुक्तानी गर्नका निमित्त पुन: https://att.nepalconsular.gov.np/ मा गएर दाँया पट्टी रहेको Online Payment मा थिच्नुहोस्।

७. अगाडी टिप्नु भएको Reference Code मोबाइल नम्बर भर्नुहोस्।

(Reference number तपाईंले दाखिला गर्नु भएको मोबाईल नम्बरमा पनि प्रदान गरिनेछ ।)

८. यति गरिसकेपछि Print bank Voucher मा थिच्नुहोस्।

९. भौचरमा प्राप्त कारोबार संकेत नम्बर टिप्नुहोस्।

१०. सो कारोबार संख्या इसेवामा लग इन गरी Government Payment मा रहेको Department of Consular Services मा गएर राख्नुहोस्  र विवरण यकिन गरी भुक्तानी प्रक्रिया सम्पन्न गर्नुहोस्

 

रहदानीको दस्तुर बुझाउने प्रक्रिया यहाँ बाट जान्नुहोस् : https://bit.ly/DoPpayment


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

2 thoughts on “कन्सुलर सेवाको भुक्तानी गर्ने प्रक्रिया

Comments are closed.