No Objection Letter भन्नाले नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि जान सरकारबाट प्राप्त गर्नुपर्ने अध्ययन अनुमति पत्रलाई बुझिन्छ । कन्सुलर भुक्तानी, राहदानी दस्तुरको भुक्तानी साथै अब ग्राहकहरूले अब No Objection Letter को भुक्तानी पनि इसेवाबाटै गर्नसक्नुहुनेछ।
No Objection Letter प्राप्त गर्न आवश्यक पर्ने कागजातहरूको विस्त्रित जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
इसेवाबाट No Objection Letter को भुक्तानी गर्ने प्रक्रियाः
१. सर्वप्रथम http://noc.moest.gov.np/ मा गइ आफ्नो User Register गर्नुहोस्।
२. आफ्नो username password राखी login गरि email verification गरि नागरिकता तथा पासपोर्ट को विवरण भर्नुहोस्।
३. आफ्नो पुरानो Academic Country, level, Faculty/Stream रोज्नुहोस्।
४. आफु पढ्न जान लागेको Country Name, College/University रोज्नुहोस्।
५. Level of study, stream/faculty र Subject रोज्नुहोस् (यदि आफै गर्दै हुनुहुन्छ भने Self मा क्लिक गर्नुहोस् consultancy हो भने consultancy रोज्नुहोस्)
नोट: यदी तपाईंले खोज्नु भएको University, level ,faculty भेट्नु भएन भने request new गर्नुहोस् र type गर्नुहोस् अनि click on request गर्नुहोस्।
६. अब Proceed मा click गर्नुहोस् success message screen मा आउने छ र भौचर (EBP) नम्बर तपाईंको email मा प्राप्त हुनेछ।
७. अब तपाईंको email मा आएको भौचर नम्बर अथवा Application Number र Amount, eSewa login गरि Gov. payment section मा रहेको “No Objection Letter” मा राखेर भुक्तानी सम्पन्न गर्नुहोस्।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।