राहदानीको दस्तुर भुक्तानी गर्ने प्रक्रिया

इसेवाबाट वैदेशिक रोजगारीका लागि जादा बुझाउनु पर्ने कल्याणकारी कोषको रकम देखि म्यादी बीमा शुल्क संगसँगै बागमती प्रदेशको सवारी दर्ता प्रमाण पत्र (Blue book) नविकरण र तेस्रो पक्ष बीमा (Third Party Insurance) इसेवा बाटै गर्न मिल्ने भए लगत्तै अब राहदानीको दस्तुर पनि इसेवाबाट नै बुझाउन मिल्ने सुविधा आइसकेको छ ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले नेपाली नागरिकहरुलाई पासपोर्ट अधिनियम २०२४, पासपोर्ट नियम २०६७, पासपोर्ट निर्देशन २०६७, ICAO Standard र अन्य सम्बन्धित सरकारी नियमहरु अनुसार पासपोर्ट र कानूनी रुपमा योग्य व्यक्तिहरुलाई यात्राका लागि आवश्यक कागजात जारी गर्दछ। यस विभागको स्थापना २०६८ साल माघ महिनाको १२ गते भएको हो । पासपोर्ट विभाग पारदर्शी, कुशल, उत्तरदायी, शीघ्र, पूर्वानुमान योग्य र सुरक्षित सेवा प्रदान गर्नका लागि प्रतिबद्ध छ।

(Source: https://nepalpassport.gov.np/about-us/)

यस ब्लग मार्फत राहदानीको दस्तुर भुक्तानी गर्ने प्रक्रिया जान्नुहोस् ।

१. सर्वप्रथम  Pre Enrollment :: Department of Passport – Nepal (nepalpassport.gov.np) मा गइ आफ्नो विवरण दाखिला गरी Pre- Enrollment फारम भर्नुहोस् ।

२. Department of Passports को आधिकारिक Website Online Payment (nepalpassport.gov.np)  मा गइ आफ्नो फारमको Reference ID (Bar Code) र फारम अनुसारको जन्म मिति (A.D. Format: YYYY-MM-DD.) मा भरी Get Details मा जानुहोस् । 

३. अब Create New Voucher मा गइ नयाँ Voucher तयार गर्नुहोस् ।

४. यहाँ Purpose मा रहेको Service Code (14227) छानी र Description भरी Next Step मा Click गर्नुहोस् ।

५. यहाँ Request Code प्राप्त गर्नुहुनेछ । अब Request code राखी आफ्नो विवरण यकिन गरी Proceed to payment मा Click गर्नुहोस् ।

६. अब रकम भुक्तानी गर्ने विकल्पमा इसेवा रोजी आफ्नो इसेवा ID र पास्वर्ड दाखिला गरी तोकिएको रकम राखी भुक्तानी गर्नुहोस् ।

७. राहदानी विभागमा गइ राहदानीका लागि आवेदन दिदा इसेवाबाट भुक्तानी गर्नु भएको रसिद प्रिन्ट गरी विभागमा उपलब्ध गराउनुहोस् ।  

 

कन्सुलर प्रमाणीकरणको शुल्क बुझाउने प्रक्रिया यहाँ बाट जान्नुहोस् : https://bit.ly/consularpayment


राहदानीको दस्तुर बुझाउनु अघि अनिवार्य थाहा पाउनु पर्ने कुराहरु यस लिंकमा गइ हेर्नुहोस्: https://bit.ly/ThingstoknowDoP


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

One thought on “राहदानीको दस्तुर भुक्तानी गर्ने प्रक्रिया

Comments are closed.