इसेवा एजेन्टलाई उपहार नै उपहार

हाम्रा सबै एजेन्टहरुलाई अब कारोबार गर्दा उपहार नै उपहार ! जति धेरै कारोबार गर्नु हुनेछ त्यती नै ठुलो उपहार पाउनुहुनेछ । मङ्सिर १५ गते देखि वैशाख ३१ सम्मका लागि सुरु हुन लागेको यस योजनामा पाउनुहोस् Macbook Air ल्यापटप देखि स्कुटर जित्ने मौका । योजनामा योग्य हुनका लागि गर्नु पर्ने कारोबार निम्न लिखित छन् ।

कुन कुन सेवाहरुमा अफर रहेका छन् र अफर के के छन् जान्नका लागि ब्लग पढ्दै जानुहोस् ।

१. ईन्टरनेट/टि.भि. – (मासिक क्याम्पेन) ५ महिना सम्म

२. मोबाईल टपअप (NTC, Ncell, Smart) – (साप्ताहिक लक्की ड्र) ५ महिना सम्म र बम्पर अफर

३. Domestic Airlines – ५ महिने बम्पर अफर

४. International Airlines – (मासिक क्याम्पेन) ५ महिना सम्म

५. बीमा प्रिमियम भुक्तानी – ५ महिने अफर

६. रेमिट्यान्स – ५ महिने अफर

७. बिजुली/खानेपानी – (मासिक क्याम्पेन) ५ महिना सम्म

८. शैक्षिक शुल्क भुक्तानी – (मासिक क्याम्पेन) ५ महिना सम्म

९. जम्मा कारोबार – ५ महिने बम्पर अफर

 

Contents

१. ईन्टरनेट/टि.भि. – (मासिक क्याम्पेन) ५ महिना सम्म

मासिक रु. ४५,००० भन्दा बढि ईन्टरनेट/टि.भि. को कारोबारमा अतिरिक्त ०.५% कमिसन पाउनुहुनेछ।

२. मोबाईल टपअप क्याम्पेन – (साप्ताहिक लक्की ड्र) ५ महिना सम्म र बम्पर अफर

यस क्याम्पेन अन्तर्गत ५ महिना सम्म प्रत्येक हप्ता लक्की ड्र मार्फत उपहार प्रदान गरिनेछ। यसका लागि निम्न शर्तहरु पुरा हुनु पर्नेछ।

  • यो अफरमा पर्नका लागि एक हप्तामा रु. १५,००० वा सो भन्दा बढि मोबाईल टपअप गर्नुपर्नेछ। यो अफर मंसिर १९ गते देखि सुरु हुनेछ ।
  • प्रत्येक हप्ता ५ लक्की एजेन्टले रु. २,५०० जित्नुहुनेछ।
  • ५ महिनाको समयमा रु. १५,००,००० (१५ लाख) वा सो भन्दा बढि मोबाईल टपअप गर्ने प्रत्येक एजेन्टले रु. ३०,००० बराबरको मोबाईल पाउनुहुनेछ।

३. Domestic Airlines – ५ महिने बम्पर अफर

५ महिनामा निम्न बमोजिम आन्तरिक हवाइ टिकट खरिद गरि उपहार जित्नुहुनेछ।

आन्तरिक हवाइ टिकट (५ महिना) उपहार
५०० देखि १,००० प्रिन्टर (रु.२५,००० बराबर)
१,००१ देखि १,५०० मोबाईल (रु.५०,००० बराबर)
१,५०० भन्दा माथि ल्यापटप (रु. ६०,०००)

४. International Airlines – (मासिक क्याम्पेन) ५ महिना सम्म

प्रत्येक महिना १० वा सो भन्दा बढि अन्तर्राष्ट्रिय हवाइ टिकट काट्नु हुने एजेन्टहररुले प्रति टिकट अतिरिक्त रु. ५०० पाउनुहुनेछ। 

५. बीमा प्रिमियम भुक्तानी – ५ महिने अफर

एजेन्टहरुले ५ महिनामा गर्नुभएको बीमा प्रिमियम भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।

बीमा संख्या (५ महिना) कमिसन प्रति कारोबार (रु.)
५० देखि १०० ५०
१०१ देखि १५० ७५
१५१ देखि २०० १००
२०१ देखि २५० १५०
२५० भन्दा बढि २००

६. रेमिट्यान्स – ५ महिने अफर

एजेन्टहरुले ५ महिनामा गर्नुभएको रेमिट्यान्स भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।

रेमिट्यान्स संख्या (५ महिना) उपहार
३०० देखि ५०० रु. २० प्रति रेमिट
५०१ देखि १,००० मोबाईल (रु.२०,००० बराबर)
१,००१ देखि १,५०० मोबाईल (रु.३०,००० बराबर)
१,५०१ देखि २,५०० मोबाईल (रु.४०,००० बराबर)
२,५०० भन्दा बढि ल्यापटप (रु.६०,००० बराबर)

७. बिजुली/खानेपानी – (मासिक क्याम्पेन) ५ महिना सम्म

एजेन्टहरुले प्रत्येक महिनामा गर्नुभएको बिजुली तथा खानेपानी भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।

मासिक कारोबार संख्या कमिसन प्रति कारोबार (रु.)
४०० देखि ४९९
५०० देखि ५९९
६०० भन्दा बढि
१.५ करोड भन्दा बढि मोबाईल (रु.३०,००० बराबर)
२ करोड भन्दा बढि मोबाईल (रु.४०,००० बराबर)

८.  शैक्षिक शुल्क भुक्तानी – (मासिक क्याम्पेन) ५ महिना सम्म

एजेन्टहरुले प्रत्येक महिनामा गर्नुभएको स्कुल तथा कलेज फी भुक्तानीको आधारमा निम्न बमोजिम क्यासब्याक पाउनुहुनेछ।

मासिक कारोबार संख्या क्यासब्याक प्रति कारोबार (रु.)
५ देखि ९ १०
१० देखि १९ १५
२० भन्दा बढि २०

९. जम्मा कारोबार – ५ महिने बम्पर अफर

निम्न बमोजिम कारोबार गर्नुहुने सम्पूर्ण एजेन्टहरले देहाय बमोजिम उपहार जित्नुहुनेछ। उक्त जम्मा कारोबारमा QR भुक्तानी, ब्रोकर भुक्तानी, बैंक ट्रान्सफरको कारोबार समावेश गरिने छैन।

जम्मा कारोबार

उपहार

७५ लाख देखि १ करोड ल्यापटप (रु.७५,००० बराबर)
१ करोड देखि १.२५ करोड Mac Book Air
१.२५ करोड भन्दा बढि स्कुटर

बम्पर अफरमा पर्नका लागि निम्न शर्तहरु पुरा हुनु पर्नेछः

  • अफरमा पर्नका लागि कम्तीमा ३ वटा Merchant को भुक्तानी गर्नुपर्नेछ।
  • एउटा Merchant को भुक्तानी, बम्पर अफरको आवश्यक कारोबारको ६०%  मात्र कुल आवश्यक कारोबारमा समावेश गरिनेछ।

बारम्बार सोधिने प्रश्नहरू

यो अफर कस्तो प्रकारको हो?

– यो अफरलाई साप्ताहिक, मासिक र ५ महिना गरि ३ वटा विधामा छुट्याईएको छ।

  • साप्ताहिक अफर अन्तर्गत लक्की ड्र मा समावेश हुनका लागि माथि उल्लेखित रकम बराबरको मोबाईल टपअप गरेको हुनुपर्नेछ।
  • मासिक अफर अन्तर्गत हरेक महिना माथि उल्लेखित कारोबार गरि पक्का उपहार पाउनुहुनेछ।
  • बम्पर अफर अन्तर्गत ५ महिनामा महिना माथि उल्लेखित कारोबार गरि पक्का उपहार पाउनुहुनेछ।

इसेवा बम्पर अफरमा कसरी सहभागी हुने?

– इसेवामा भएको Merchant मध्य कम्तीमा ३ वटा Merchant को कारोबार गरि अफरमा सहभागी हुन सकिनेछ।

इसेवा बम्पर अफरमा सबै कारोबार समावेश हुन्छ?

– QR भुक्तानी, बैंक ट्रान्स्फर, ब्रोकर भुक्तानी, Airlines Merchant Topup र Send Money (Cash IN) समावेश हुने छैन।

अफरमा सहभागी हुँदा पूरा गर्नु पर्ने शर्तहरु:

१. यो योजना २०७८ मंसिर १५ देखि २०७९ वैशाख ३१ सम्म लागु हुनेछ।

२. यो योजना eSewa agent हरुका लागि मात्र मान्य हुनेछ।

३. यस योजनाको जम्मा कारोबारमा QR Payment, Bank Transfer, Broker Payment, Airlines Merchant Topup Send Money (Cash IN) समावेश गरिने छैन।

४. आयकर ऐन अनुसार विजेताले २५% कर तिर्नुपर्नेछ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

47 thoughts on “इसेवा एजेन्टलाई उपहार नै उपहार

  1. लगभग धेरै जना संग माेबाइल बैंक र वालेट हरु छन आफनाे बिल रिचार्ज टपअप आफनै माेबाइल बाट गरिहाल्छन यति धेरै टारगेट कसरी पुगाउन सकिन्छ याे त सकिदैनहाेला

  2. नमस्ते सर बोर्ड उपलब्ध हुन्छ भने बोर्ड चाहियो।9844037777

    1. नमस्कार सर,
      तपाईंलाई छिट्टै नै सम्पर्क गर्नेछौँ ।

  3. 2 बर्ष सम्म एउटा QR दिन नसक्ने को दुनियाभरको हुइखुट्टि

    1. नमस्कार सर,
      कृपया तपाईंको सम्पर्क नम्बर हामीलाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौँ । सके सम्म छिट्टै QR उपलब्ध गराइनेछ ।

  4. हुन त हाे तर पहिलै गाँसमा झिंगा भनेझैं भयाे मंलाई । लकडाउनकाे समयमा २०७८ जेष्ठ २८ गतेका दिन मैंले ईसेवा मार्फत पहिलाे बिजुलीकाे विल भुक्तानी गर्दा नजानेर अर्कै नम्बरमा पैसा जम्मा हुन पुग्याे । याे कुरा २-३ दिन पछि थाहा पायें र ईसेवाकाे टाेलफ्रि नम्बर मार्फत गुनासाे गर्दा आजसम्म रकम फिर्ता पाउन सकिन । के मेराे पैसा ईसेवाले नै हजम गर्ने हाे या फिर्ता प्राप्तिको सम्भावना छ । फिर्ता नपाउने हाे भने ईसेवा जस्ताे सेवा प्रयाेग गर्नु बेकार हाे ।

    1. नमस्कार सर,
      कृपया तपाईंको इसेवा ID र कारोबारको विवरण हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा प्रदान गरिदिनु हुन अनुरोध गर्दछौँ ।

    1. नमस्कार सर,
      कृपया तपाईंको सम्पर्क नम्बर हामीलाई प्रदान गरिदिनु होला । हामी छिट्टो भन्दा छिट्टो तपाईंलाई सम्पर्क गर्नेछौँ ।

  5. ali badi bhayo target……….
    jankari na bhaikana terget diyako jasto 6……
    khalti, ime pay ko comision bhanda kamti 6 esewako ani ????????

  6. ५०० वा साे भन्दा माथीकाे विजुलीकाे विल भुक्तानीमा ५ रूपैया इसेवाले खाइदिन्छ ।

    1. नमस्कार सर,
      विद्युतको महशुल भुक्तानीमा लाग्ने रु. ५ भने नेपाल सरकारको नियम बमोजिम नै लाग्ने हो ।

  7. हाम्रो लागि कुनै पनि स्कीम पुग्दैन हजुर किनकी हामी गाउँले परियो

  8. अनि यतिको उपहार स्कीम राखेर हामीले पहिल्यै देखि Esewa चलाएको वोर्ड र QR दिन नसक्ने तर यतिको स्कीम ल्याउने बरु यो स्कीम भन्दा CASH POINT र एजेन्टलाई राम्रो बनाउदै लगे कसो होला अनि TOP UP मा पनि कमिसन थप गरिदिने प्रचार समाग्री ब्रान्डिङ्ग समानहरु दिने एउटा कलम डायरी टिसर्ट पनि दिन सकिरहेको छैन जस्तो लाग्छ अरु के कुरा गर्नु है साथीहरु

    1. नमस्कार सर,
      सुझावका लागि धन्यवाद । हामी सके सम्म छिट्टै QR साथै सबै ब्राण्डिङका सामानहरु उपलब्ध गराउने प्रयासमा छौँ । कृपया तपाईंको सम्पर्क विवरण प्रदान गरिदिनु होला । सके सम्म छिट्टै सबै सामाग्री उपलब्ध गराउनेछौँ ।

  9. तपाई हरु अहिले निकाले स्कीम को कुनै अर्थ छ जस्तो लाग्दैन

  10. QR code लागी फम भरेको 2 साल भैइसक्यो अझै QR आएको छैन

    1. नमस्कार सर,
      कृपया तपाईंको सम्पर्क विवरण प्रदान गरिदिनु हुन अनुरोध गर्दछौँ । हामी छिटो भन्दा छिटो QR उपलब्ध गराउनेछौँ ।

Comments are closed.