इसेवा एजेन्टलाई उपहार नै उपहार

हाम्रा सबै एजेन्टहरुलाई अब कारोबार गर्दा उपहार नै उपहार ! जति धेरै कारोबार गर्नु हुनेछ त्यती नै ठुलो उपहार पाउनुहुनेछ । मङ्सिर १५ गते देखि वैशाख ३१ सम्मका लागि सुरु हुन लागेको यस योजनामा पाउनुहोस् Macbook Air ल्यापटप देखि स्कुटर जित्ने मौका । योजनामा योग्य हुनका लागि गर्नु पर्ने कारोबार निम्न लिखित छन् ।

कुन कुन सेवाहरुमा अफर रहेका छन् र अफर के के छन् जान्नका लागि ब्लग पढ्दै जानुहोस् ।

१. ईन्टरनेट/टि.भि. – (मासिक क्याम्पेन) ५ महिना सम्म

२. मोबाईल टपअप (NTC, Ncell, Smart) – (साप्ताहिक लक्की ड्र) ५ महिना सम्म र बम्पर अफर

३. Domestic Airlines – ५ महिने बम्पर अफर

४. International Airlines – (मासिक क्याम्पेन) ५ महिना सम्म

५. बीमा प्रिमियम भुक्तानी – ५ महिने अफर

६. रेमिट्यान्स – ५ महिने अफर

७. बिजुली/खानेपानी – (मासिक क्याम्पेन) ५ महिना सम्म

८. शैक्षिक शुल्क भुक्तानी – (मासिक क्याम्पेन) ५ महिना सम्म

९. जम्मा कारोबार – ५ महिने बम्पर अफर

 

Contents

१. ईन्टरनेट/टि.भि. – (मासिक क्याम्पेन) ५ महिना सम्म

मासिक रु. ४५,००० भन्दा बढि ईन्टरनेट/टि.भि. को कारोबारमा अतिरिक्त ०.५% कमिसन पाउनुहुनेछ।

२. मोबाईल टपअप क्याम्पेन – (साप्ताहिक लक्की ड्र) ५ महिना सम्म र बम्पर अफर

यस क्याम्पेन अन्तर्गत ५ महिना सम्म प्रत्येक हप्ता लक्की ड्र मार्फत उपहार प्रदान गरिनेछ। यसका लागि निम्न शर्तहरु पुरा हुनु पर्नेछ।

  • यो अफरमा पर्नका लागि एक हप्तामा रु. १५,००० वा सो भन्दा बढि मोबाईल टपअप गर्नुपर्नेछ। यो अफर मंसिर १९ गते देखि सुरु हुनेछ ।
  • प्रत्येक हप्ता ५ लक्की एजेन्टले रु. २,५०० जित्नुहुनेछ।
  • ५ महिनाको समयमा रु. १५,००,००० (१५ लाख) वा सो भन्दा बढि मोबाईल टपअप गर्ने प्रत्येक एजेन्टले रु. ३०,००० बराबरको मोबाईल पाउनुहुनेछ।

३. Domestic Airlines – ५ महिने बम्पर अफर

५ महिनामा निम्न बमोजिम आन्तरिक हवाइ टिकट खरिद गरि उपहार जित्नुहुनेछ।

आन्तरिक हवाइ टिकट (५ महिना) उपहार
५०० देखि १,००० प्रिन्टर (रु.२५,००० बराबर)
१,००१ देखि १,५०० मोबाईल (रु.५०,००० बराबर)
१,५०० भन्दा माथि ल्यापटप (रु. ६०,०००)

४. International Airlines – (मासिक क्याम्पेन) ५ महिना सम्म

प्रत्येक महिना १० वा सो भन्दा बढि अन्तर्राष्ट्रिय हवाइ टिकट काट्नु हुने एजेन्टहररुले प्रति टिकट अतिरिक्त रु. ५०० पाउनुहुनेछ। 

५. बीमा प्रिमियम भुक्तानी – ५ महिने अफर

एजेन्टहरुले ५ महिनामा गर्नुभएको बीमा प्रिमियम भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।

बीमा संख्या (५ महिना) कमिसन प्रति कारोबार (रु.)
५० देखि १०० ५०
१०१ देखि १५० ७५
१५१ देखि २०० १००
२०१ देखि २५० १५०
२५० भन्दा बढि २००

६. रेमिट्यान्स – ५ महिने अफर

एजेन्टहरुले ५ महिनामा गर्नुभएको रेमिट्यान्स भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।

रेमिट्यान्स संख्या (५ महिना) उपहार
३०० देखि ५०० रु. २० प्रति रेमिट
५०१ देखि १,००० मोबाईल (रु.२०,००० बराबर)
१,००१ देखि १,५०० मोबाईल (रु.३०,००० बराबर)
१,५०१ देखि २,५०० मोबाईल (रु.४०,००० बराबर)
२,५०० भन्दा बढि ल्यापटप (रु.६०,००० बराबर)

७. बिजुली/खानेपानी – (मासिक क्याम्पेन) ५ महिना सम्म

एजेन्टहरुले प्रत्येक महिनामा गर्नुभएको बिजुली तथा खानेपानी भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।

मासिक कारोबार संख्या कमिसन प्रति कारोबार (रु.)
४०० देखि ४९९
५०० देखि ५९९
६०० भन्दा बढि
१.५ करोड भन्दा बढि मोबाईल (रु.३०,००० बराबर)
२ करोड भन्दा बढि मोबाईल (रु.४०,००० बराबर)

८.  शैक्षिक शुल्क भुक्तानी – (मासिक क्याम्पेन) ५ महिना सम्म

एजेन्टहरुले प्रत्येक महिनामा गर्नुभएको स्कुल तथा कलेज फी भुक्तानीको आधारमा निम्न बमोजिम क्यासब्याक पाउनुहुनेछ।

मासिक कारोबार संख्या क्यासब्याक प्रति कारोबार (रु.)
५ देखि ९ १०
१० देखि १९ १५
२० भन्दा बढि २०

९. जम्मा कारोबार – ५ महिने बम्पर अफर

निम्न बमोजिम कारोबार गर्नुहुने सम्पूर्ण एजेन्टहरले देहाय बमोजिम उपहार जित्नुहुनेछ। उक्त जम्मा कारोबारमा QR भुक्तानी, ब्रोकर भुक्तानी, बैंक ट्रान्सफरको कारोबार समावेश गरिने छैन।

जम्मा कारोबार

उपहार

७५ लाख देखि १ करोड ल्यापटप (रु.७५,००० बराबर)
१ करोड देखि १.२५ करोड Mac Book Air
१.२५ करोड भन्दा बढि स्कुटर

बम्पर अफरमा पर्नका लागि निम्न शर्तहरु पुरा हुनु पर्नेछः

  • अफरमा पर्नका लागि कम्तीमा ३ वटा Merchant को भुक्तानी गर्नुपर्नेछ।
  • एउटा Merchant को भुक्तानी, बम्पर अफरको आवश्यक कारोबारको ६०%  मात्र कुल आवश्यक कारोबारमा समावेश गरिनेछ।

बारम्बार सोधिने प्रश्नहरू

यो अफर कस्तो प्रकारको हो?

– यो अफरलाई साप्ताहिक, मासिक र ५ महिना गरि ३ वटा विधामा छुट्याईएको छ।

  • साप्ताहिक अफर अन्तर्गत लक्की ड्र मा समावेश हुनका लागि माथि उल्लेखित रकम बराबरको मोबाईल टपअप गरेको हुनुपर्नेछ।
  • मासिक अफर अन्तर्गत हरेक महिना माथि उल्लेखित कारोबार गरि पक्का उपहार पाउनुहुनेछ।
  • बम्पर अफर अन्तर्गत ५ महिनामा महिना माथि उल्लेखित कारोबार गरि पक्का उपहार पाउनुहुनेछ।

इसेवा बम्पर अफरमा कसरी सहभागी हुने?

– इसेवामा भएको Merchant मध्य कम्तीमा ३ वटा Merchant को कारोबार गरि अफरमा सहभागी हुन सकिनेछ।

इसेवा बम्पर अफरमा सबै कारोबार समावेश हुन्छ?

– QR भुक्तानी, बैंक ट्रान्स्फर, ब्रोकर भुक्तानी, Airlines Merchant Topup र Send Money (Cash IN) समावेश हुने छैन।

अफरमा सहभागी हुँदा पूरा गर्नु पर्ने शर्तहरु:

१. यो योजना २०७८ मंसिर १५ देखि २०७९ वैशाख ३१ सम्म लागु हुनेछ।

२. यो योजना eSewa agent हरुका लागि मात्र मान्य हुनेछ।

३. यस योजनाको जम्मा कारोबारमा QR Payment, Bank Transfer, Broker Payment, Airlines Merchant Topup Send Money (Cash IN) समावेश गरिने छैन।

४. आयकर ऐन अनुसार विजेताले २५% कर तिर्नुपर्नेछ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

47 thoughts on “इसेवा एजेन्टलाई उपहार नै उपहार

  1. मलाई त पक्का होकी पनि सफल हुन्छ जस्तो लग्दैन।

  2. बमफर मा कुन कुन गरदा समाबेश हुनछ हजुर

    1. नमस्कार सर,
      विभिन्न बम्पर अफरका लागि विभिन्न मापदण्ड रहेका छन् र विवरण माथि ब्लगमा नै उल्लेखित गरिएको छ । केहि पनि जिज्ञासा भएमा हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    1. Hello Sir,
      If you wish to redeem the reward points, please email us with your eSewa ID and number of reward points you would want to redeem at [email protected] and we shall look into it.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  3. राजेन्द्र कुमार थारु(राजेन्द्र इलेक्ट्रोनिकस)बैजनाथ-3,नौबस्ता says:

    यो target पुगाउन धेरै गह्रौ छ म त पुगाउन सक्दैन किनकी मेरो customer सबै गाउँले छन् कोई Airlines मा चढ्ने जस्तो छैनन र बिजुलीको बिल पनि धेरै तिर्ने खालको छैनन त्यसैले म पुगाउन सक्दैन र मलाई लालच पनि छैन !

  4. खै आकाश का तारा टिप्न सक्ने कोहिहोला जस्तो लाग्दैन 😁

  5. Target meet garna garai parla jastoxa. Ali meet garna sakine khalko hunu pareu aatti nai vo ho 5 mahina ma 500 domestic ticket kosle katxa ho 😀😁😁 Hawa hawa target di raxa. Just my view

  6. लक्कि ड्र कसरी सेलेक्ट हुनछ त हजुर जित्ने ले कसरी थाहा पाउने हाे कुनै अाईडिया भएन।

    1. नमस्कार सर,
      लक्की ड्र सिस्टमबाट गरिनेछ र विजेता हुनु भएको एजेन्टलाई फोन वा मेसेज मार्फत जानकारी गराउनेछौँ ।

  7. सरहरू नेपालमा महानगर हैन गा.पा. धेरै छन् । याे लालीपप हामीलाइ काम छैन । हाम्राै पैसा हामीले लगानी गर्ने हामी नै नाेकर बनेर काम गर्ने तमासा हामीलाइ बनाएर मजा तपाइहरूले लिने हाम्राे लगानीकाे पैसाकाे ब्याजले इसेवा चलेकाे छ IME Pay , khalti ,ले topup मा 4% दिन्छ इसेवामा 2.5% मा काम गर्नु पर्छ। IMEpay ले विधुतकाे प्रतेक 500 माथिकाे विलमा ३रूपैया कमिसन दिन्छ
    इसेवा काे अफर ४०० देखि ४९९ मा २ (२*५00 जम्मा १०००)
    IMEpayमा अफर बिना ३*५०० जम्मा १५००
    बेबकुफ बनाउने पनि हत हुन्छ नी

    1. नमस्कार सर,
      कृपया तपाईंको सम्पर्क नम्बर हामीलाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौँ । सके सम्म छिट्टै बोर्ड उपलब्ध गराइनेछ ।

Comments are closed.