Special EPS-TOPIK को आवेदन शुल्क बुझाउने तरीका

Special EPS-TOPIK को तयारी गर्दै हुनुहुन्थ्यो भने अब परीक्षा दिने समय आएको छ ।

परीक्षा आवेदन फारम https://eoers.epsnepal.gov.np मा गई अनलाईन भर्नु पर्नेछ । फारम भरे पश्चात प्रवेश पत्र (Admit card) डाउनलोड र प्रिन्ट गरी सुरक्षित साथ राख्नुहुन अनुरोध छ।

आवेदन फारम शुल्क बुझाउने प्रकृया निम्न लिखित छन्।

१. सर्वप्रथम https://eoers.epsnepal.gov.np मा जानुहोस्।

२. यहाँ “Computer Based Test” छान्नुहोस्।

३. अब “Under 5 years (For new also)” मा क्लिक गर्नुहोस्।

४. यस पश्चात “Approve” मा क्लिक गर्नुहोस्।

५. अब “Pay Online” छ्नौट गर्नुहोस्।

६. यहाँ ध्यानपूर्वक आवेदकको मोबाईल नम्बर र पास्पोर्ट नम्बर दाखिला गर्नुहोस्।

७. अब फारम शुल्क भुक्तानी गर्नका लागि eSewa छान्नुहोस् र आफ्नो इसेवा ID र वेब लग इन पास्वर्ड राखी लग इन गर्नुहोस्। अब विवरण सबै यकिन गरी Continue Payment मा क्लिक गर्नुहोस र Confirm मा क्लिक गर्नुहोस्।

यसरी भुक्तानी भएपछि Next मा क्लिक गरी परीक्षा फारम भर्नुहोस्।

आवेदन दर्ता गर्ने तरिका विस्तृत रुपमा  https://bit.ly/epstutorial मा गइ हेर्न सक्नु हुनेछ।

यस परीक्षाका लागि फारम मंसिर १० गते सम्म मात्रै भर्न सक्नु हुनेछ ।


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

2 thoughts on “Special EPS-TOPIK को आवेदन शुल्क बुझाउने तरीका

    1. नमस्कार सर,
      कृपया तपाईंको सम्पर्क विवरण उपलब्ध गराइदिनु होला । हामी यहाँबाट तपाईंलाई सम्पर्क गर्ने छौँ ।

Comments are closed.