अझ प्रभावकारी बन्यो इसेवा, उपभोक्तालाई फाइदै फाइदा, eSewa zone को सुरूवात, कसरी हुन्छ यो कारोवार?

काठमाडौं । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवाले सर्वसाधरणको पहुँच बढाउन ‘इ–सेवा जोन’को सुरुवात गरेको छ । नयाँ व्यवस्थापछि ‘इ–सेवा’का प्रयोगकर्ताले बैंक खाता नभए पनि कम्पनीका सेवा उपयोगमा ल्याउन सक्नेछन् । यसअघि यी सुविधा उपयोगमा ल्याउन प्रयोगकर्तासँग बैंक खाताको आवश्यकता पर्दथ्यो, अब ‘इ–सेवा जोन’ अन्र्तगत बैंक खाताको आवश्यकता पर्ने छैन्, फोन– पेका प्रमुख कार्यकारी अधिकृत असगर अलीले जानकारि दिए । उनले भने, यसका लागि कम्पनीले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ ।


सोमवार इ-सेवा जोनको लोगो सार्वजनिक गर्दै इ-सेवा टीम

कम्पनीले यसका लागि देशभर एजेण्ट सञ्जाल विस्तार गर्दैछ, पहिलो चरणमा काठमाडौंमा तीन वटा सुपर एजेण्ट र देशभर सय एजेण्टको सञ्जाल बनाएका छौं, प्रमुख कार्यकारी अधिकृत अलीले भने, आगामी दुई महिना भित्र हामीसँग काठमाडौंमा दश सुपर एजेण्ट हुनेछन्, देशभर एक हजार एजेण्ट हुनेछन्, र प्रत्येक जिल्लामा कम्तिमा पनि तीन एजेण्ट बनाइनेछ, त्यसपछि पनि कम्पनीले सञ्जाल विस्तारलाई अझ बढाउनेछ । यो बर्षको अन्त्यमा देशभर एजेन्ट सञ्जाल विस्तार गरि हाल डेढ लाख रहेको इ सेवाका ग्राहक ६० लाख माथि पुयाउने कम्पनीको लक्ष्य छ ।
इ–सेवाका एजेण्टाले ‘कस्टमर रजिष्ट्रेशन’ गर्नेछन् र इ–सेवामा आवद्ध उपभोक्तालाई नगद ‘टप अप’को सुविधा दिनेछन्, एक जनालाई इ–सेवाको सदस्य बनाएवापत एजेण्टले १५ देखि २० रुपैयाँ प्राप्त गर्नेछ, तर त्यसका लागि सदस्यले रकम भने दिनु पर्नेछैन्, यो रकम कम्पनीका तर्फबाट एजेण्टलाई प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत अलीले जानकारि दिए । एजेण्टले आफूसँग भएको बैंक खाताबाट इ–सेवाका रजिष्ट्रड सदस्यलाई रकम ‘टप अप’ गर्नेछ । यसरी टप–अप गर्दा एजेण्टको बैंक खाताबाट रकम सदस्यको इ–सेवामा रहेको खातामा सर्नेछ । यो रकमलाई सदस्यले इ–सेवामार्फत विभिन्न अत्यावसकिय सेवा र वस्तुको खरिद गरेर उपयोगमा ल्याउन सक्नेछन् ।
सञ्जाल बढेसँगै इ–सेवाले वस्तु तथा सेवा विक्रीस्थलमा आफ्नो उपस्थिति पनि बढाउनेछ । यी स्थलमा कम्पनीले मोवाइल पिओएस मेशिन जडान गरिदिनेछ । वस्तु तथा सेवा विक्रीस्थलको संख्या बढाउन प्रोत्साहित गरेवापत इ–सेवाका एजेण्टलाई पाँच सय रुपैयाँ प्रदान गरिनेछ । यस्तो स्थानमा सेवा वा वस्तु खरिद गरेवापत इ–सेवाका सदस्यले आफ्नो खाताबाट रकम ट्रान्सफर गर्न सक्नेछन् ।
उपभोक्ताले कुनै पनि सेवा वा वस्तु खरिद गरेपछि नगद नबोके पनि भुक्तानी गर्न सक्छन् भन्ने अवधारणालाई हामी मूर्त रुप दिने प्रयासमा छौं, डिजिटल पेमेन्टमा इ–सेवाको प्रभावकारी उपस्थिति र सदस्यवीचको लोकप्रियताले त्यो सफल भएको पनि छ । त्यसलाई अझ प्रभावकारी बनाउन ‘इ–सेवा जोन’को अवधारणा आएको हो, कम्पनीले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विश्वास ढकालले भने ।
कहाँ उपयोग गर्न सकिन्छ ?
मोवाइल र इन्टरनेट उपयोग गरी इ–सेवाका माध्यमबाट सर्वसाधरणले रकम आदान–प्रदान गर्न, विजुली, पानी, टेलिफोनको महसुल भक्तानी गर्न, मोवाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भक्तानी गर्न, हवाई टिकट खरिद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ्ग गर्न सक्छन् ।
उपभोक्तालाई फाइदा के हुन्छ ?
इ–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि हुनेछ । प्रमुख कार्यकारी अधिकृत अलीले भने, ई–सेवाको प्रयोगपछि विद्युत, टेलिफोन र खानेपानीको विल भुक्तानी गर्दा लामो लाइन झेल्नुपर्दैन्, इ–सेवाको आफ्नो खातामा रकम छ भने, मोवाइलमा डाउनलोड गरिएको इ–सेवाको एप्सबाट सहजै रकम भुक्तानी गर्न सकिन्छ ।
इ–सेवाबाट मोवाइलमा व्यालेन्स रिचार्ज गर्न पनि सकिन्छ, अध्यक्ष ढकालले भने अहिले रिचार्ज कार्ड, टप अप सेन्टरबाट नेपाल टेलिकमको व्यालेन्स रिचार्ज गरे सयमा सय व्यालेन्स ट्रान्सफर हुन्छ, तर इ–सेवाबाट रिचार्ज गरे ९७ रुपैयाँमा सय रुपैयाँको व्यालेन्स ट्रान्सफर हुन्छ, एक उपभोक्ताले औषतमा प्रति महिना तीन सय रुपैयाँको व्यालेन्स रिचार्ज गर्छ, महिनामा नौ रुपैयाँका दरले वर्षमा विनाकुनै शुल्क १०८ रुपैयाँ बचत गर्न सक्छ, अध्यक्ष ढकालले जानकारि दिए । उनले एनसेलमा समेत यसैगरी अन्यत्रभन्दा सस्तो मूल्यमा व्यालेन्स रिचार्ज गर्न सकिने बताए ।
इ–सेवाबाट हवाई, बस र केवल कारको टिकट पनि खरिद गर्न सकिन्छ, इ–सेवाबाट हवाई टिकट खरिद गरेमा कम्पनीले उपभोक्तालाई सात प्रतिशतसम्म छुट दिनेछ । अध्यक्ष ढकालले भने, तपाई बुद्ध, यतीको टिकट काउण्टरमा गएर टिकट काटे पनि सात प्रतिशत छुट पाउनुहुन्छ, इ–सेवाबाट पाउनुहुन्छ, उनले भने, तपाई वर्षमा दश हजारको टिकटमा सात सय रुपैयाँ बचत गर्न सक्नुहुन्छ ।
इ–सेवा उपयोग गरेर क्युएफएक्स वा बिगसिनेमाको टिकट पनि काट्न सकिन्छ । तपाईं सिनेमा हलमा अग्रिम टिकट बुक गर्न त सक्नुहुन्छ तर त्यो टिकट सिनेमा सुरु हुनुभन्दा एक वा आधा घण्टा अघि हलमा पुगेर लिनुपर्दछ, इसेवाबाट टिकट किने, सिनेमा सुरु हुनु पाँच मिनेट अघि हलमा पुगे हुन्छ, यसले तपाई समयको बचत पनि गर्न सक्नुहुन्छ, अध्यक्ष ढकालले जानकारी दिए ।
इ–सेवा कसरी सुरु गर्ने ?
इ सेवा एकाउन्ट खोल्न अंग्रेजी ‘आरइजी’ टाइप गरि २१२१ मा एसएमएस गर्न सकिन्छ । साथै इ–सेवाको एजेण्ट कहाँ गएर पनि तुरुन्तै एकाउन्ट खोल्न सकिन्छ । इन्टरनेट चलाउने सर्वसाधारले भने डब्लुडब्लुडब्लु डट इसेवा डट कम डट एनपीमा गएर पनि एकाउन्ट लग अन गर्न सक्नेछन् । इसेवाको एन्ड्रोइड, आईओएस एप्स समेत उपलब्ध छ, यी एप्स स्मार्टफोनमा डाउनलोड गरेपछि सजिलैसँग चलाउन सक्ने सुविधा उपलब्ध छ, कम्पनीका उपाध्यक्ष सुवास शर्माले भने, एप्स साधरण पढलेख गर्न सक्नेले समेत चलाउन सक्ने गरी विकास गरिएको छ ।

शुल्क कति लाग्छ ?
इसेवा उपयोग गरेर सेवा तथा वस्तु खरिदमा कुनै शुल्क लाग्दैन्, उपभोक्तालाई रजिष्टे«सन गर्न पनि शुल्क लाग्दैन्, इसेवाका सम्पूर्ण सुविधा निशुल्क छन्, बरु इसेवाको प्रयोगबाट उपभोक्ताले भने समय र पैसाको भने बचत गर्न सक्छन्, प्रमुख कार्यकारी अधिकृत अलीले बताए ।

त्यसो भए कसरी सञ्चालन हुन्छ कम्पनी ?
कम्पनी प्रविधिमा आधारित छ, यसकारण यसको लागत कम पर्दछ, नेपाल टेलिकमले हामीले चार प्रतिशत छुटमा व्यालेन्स उपलब्ध गराउँछ, त्यसको तीन प्रतिशत हामी उपभोक्तालाई फिर्ता गर्छौं, बाँकी एक प्रतिशत हाम्रा लागि राख्छौं, ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए । हामीले ठूलो–ठूलो कारोवारबाट सानो–सानो मार्जिन राखेर कम्पनी चलाउँदै छौं, प्रविधिको प्रयोगले हाम्रो मात्र होइन् कम्पनीको पनि खर्च न्युन हुन्छ, घटेको खर्चको केही हिस्सा कम्पनी आफै राख्छ, केही हामी लिन्छौं, केही उपभोक्तालाई बाँड्छौं, उनले भने । विजुलीको बिल भुक्तानी लिन विद्युत प्राधिकरणले कर्मचारी राख्नुपर्यो, कार्यालय खडा गर्नुपर्यो, तर हामी सिधै उपभोक्तासँग लिएर कम्पनीको बैंक खातामा जम्मा गर्छौं, यसले सेवा तथा वस्तु बेच्ने कम्पनीको लागत पनि घटाउँछ ।
इसेवामा कहाँबाट जम्मा गर्ने पैसा ?
इसेवासँग टाइ–अप भएका २७ बैंक तथा वित्तीय संस्थामा खाता हुनेले सिधै इमेल, इन्टरनेटबाट इसेवामा रकम जम्मा गर्न सक्छन्, बैंक खाता नहुनेलाई एजेण्टकहाँ पुगेर टप अप गर्न सक्छन्, इ–सेवा जोनको अवधारणा यही कारण आएको हो, अलीले भने । एजेण्टको भने कम्पनीसँग साझेदारी भएका बैंकमा खाता हुनेछ, एजेण्टले इसेवा सदस्यको इसेवा खातामा रकम जम्मा गरेको कन्फर्मेशन आएपछि रकम तिरे हुन्छ, उनले भने, यो मोवाइल ‘टपअप’ गरेजस्तै हो ।

प्रकाशित मिति: Apr 29, 2013 12:00 AM
Source: http://bizmandu.com/content/-2991.html​

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.