इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ।

सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष विक्रम पन्त र इसेवाका तर्फबाट बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरे।

सम्झौता अनुसार कास्की भित्र रहेका संघ अन्तर्गतका सदस्य औषधी व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् ।

फोनपेले इसेवा लगायत आफ्ना अन्य सदस्य मार्फत डिजिटल कारोबार प्रवर्द्धनमा सघाउनेछ । यस्तै कास्कीका औषधी व्यवसायी आबद्ध अस्पतालहरुमा इसेवा मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था समेत मिलाइने बताईएको छ ।

पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई पनि आक्रामक ढंगबाट अगाडी बढाइरहेको इसेवाले यसअघि पनि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता गरिसकेको छ।

डिजिटल पोखराको अभियानमा इसेवाले तिब्र गतिमा काम गरिरहेको जनाएको छ ।

Source: Technology Khabar

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.