एकको दुई अफर | नेपाल टेलिकमको जुनसुकै कारोबारमा उपहार जित्ने मौका!

के तपाईं नेपाल टेलिकमको कुनै पनि सेवा प्रयोग गर्नुहुन्छ? इसेवाले तपाईंको लागि एउटा मज्जाको अफर लिएर आएको छ। तपाईंले इसेवाबाट नेपाल टेलिकमको प्रिपेड, पोस्टपेड, ल्याण्डलाइनको रिचार्ज (Topup), इन्टरनेट सेवाका लागि एफटीटीएच्(FTTH) तथा एडिएस्एल् (ADSL) को बिल भुक्तानी, तथा इसेवा एपबाटै डाटा प्याक (Data Pack) को खरिद गरी यस अफरमा सहभागी हुन् सक्नुहुनेछ। यस अफरबाट कुल २८ जना भाग्यशाली विजेताहरूले जुन कारोबार जति रकमको गर्नुभएको छ, सोही कारोबार नै उपहारमा पाउनुहुनेछ। उदाहरणका लागि: तपाईंले रु ५०० बराबरको ल्याण्डलाइनको बिल भुक्तानी गरेर भाग्यशाली विजेता बन्नुभयो भने- तपाईंको रु ५०० बराबरकै कारोबार ल्याण्डलाइनमा पुन: हुनेछ। सजिलै कारोबार पनि गर्न सकिने, त्यसमाथि थप- सोही कारोबार पुन: उपहारमा पनि पाइने- छैन त गज्जब?

अफर अवधि: भदौ २,२०८० सम्म

सहभागी हुने प्रक्रिया
१. इसेवाको एप वा वेबमा लग-इन गर्नुहोस्।
२. आफ्नो इच्छा अनुसारको नेपाल टेलिकमको कुनै पनि कारोबार गर्नुहोस्। कारोबार जतिसुकै रकमको पनि हुन सक्नेछ। कारोबार गर्ने प्रक्रिया यहीँ तल लेखिएको छ।

प्रिपेड, पोस्टपेड, वा ल्याण्डलाइनको लागि इसेवाको Homepage मा रहेको Topup को icon मा क्लिक गरी आफूले इच्छाएको रकमको कारोबार गर्नुहोला। प्रिपेड, पोस्टपेड नम्बरका लागि १० अंकको नम्बर तथा ल्याण्डलाइनका लागि ८ अंकको नम्बर राख्नुहोला।  

इन्टरनेट सेवाका लागि एफटीटीएच्(FTTH) को बिल भुक्तानी गर्न इसेवाको Homepage मा रहेको “Popular Service” मा गई “NT FTTH” छानी कारोबार गर्न सक्नुहुनेछ। अथवा तपाईंले इसेवाको Homepage मा रहेको Internet को icon मा क्लिक गरी “NT FTTH” छानी आफ्नो विवरण राखेर कारोबार गर्न पनि सक्नुहुनेछ। तपाईंले इन्टरनेटका लागि एडीएसएल (ADSL) का लागि भुक्तानी गर्न Topup को icon मा गई भुक्तानी गर्न सक्नुहुनेछ। 

डाटा प्याक खरिद गर्नका लागि इसेवाको Homepage मा रहेको Topup को icon मा क्लिक गरी तल रहेको Buy Data Pack section मा NTC मा क्लिक गर्नुहोला। त्यसपछि आफ्नो इच्छा अनुसारको त्यहाँ उपलब्ध डाटा, भ्वाइस, वा कुनै पनि कम्बो अफर (Combo Offer) लिन सक्नुहुनेछ। 

शर्तहरू
यस अफरका शर्तहरू यस प्रकार रहेका छन्:
१. अफर अवधि: यस अफर भदौ २ सम्म मात्र मान्य रहनेछ। 
२. यो अफर इसेवा प्रयोगकर्ताका लागि मात्र मान्य हुनेछ।  
३. इसेवा एप तथा वेबबाट कारोबार गर्ने प्रयोगकर्ता मात्र यस अफरमा सहभागी हुन सक्नेछन्। 
४. इसेवा प्रा. लि. तथा F1soft Group का कर्मचारीहरू यस अफरमा विजेता हुन सक्ने छैनन्। 
५. प्रिपेड तथा पोस्टपेड नम्बरको टपअपको कारोबार गर्ने प्रयोगकर्ताहरूबाट ७ जना भाग्यशाली विजेताहरू छानिनेछन्; जसलाई अधिकतम् रु ५०० बराबरको सोही कारोबार उपहारमा दिइनेछ। 
६. एफटिटिएच् (FTTH), एडिएस्एल् (ADSL volume & ADSL unlimited) को कारोबार गर्ने ७ जना भाग्यशाली विजेताहरू सोही कारोबार गर्ने प्रयोगकर्ताबाट छानिनेछन् र उनीहरूलाई अधिकतम् रु १५०० बराबरको सोही कारोबार उपहारमा दिइनेछ।  
७. ल्याण्डलाइनको कारोबार गर्ने प्रयोगकर्ताहरूबाट ७ जना भाग्यशाली विजेताहरू सोही कारोबार गर्ने प्रयोगकर्ताबाट छानिनेछन् र उनीहरूलाई अधिकतम् रु १००० बराबरको सोही कारोबार उपहारमा दिइनेछ।
८. इसेवाबाट डाटा प्याकको खरिद गर्ने प्रयोगकर्ताहरूबाट ७ जना भाग्यशाली विजेताहरू सोही कारोबार गर्ने प्रयोगकर्ताबाट छानिनेछन् र उनीहरूलाई अधिकतम् रु १५० बराबरको सोही कारोबार उपहारमा दिइनेछ।
९. यस अफरका सबै जना भाग्यशाली विजेताहरू (२८ जना) अफरको अवधि सकिएपछि मात्र घोषणा गरी उपहार दिइनेछ।
१०. इसेवासँग यस अफरका सबै शर्तहरू कुनै पनि पक्षलाई बिना कुनै पूर्व जानकारी परिमार्जन, परिवर्तन, रद्द गर्ने अधिकार सुरक्षित रहनेछ।
११. यस अफरमा सहभागी भएका सबै सहभागीहरूले माथिका सबै शर्तहरू पढीबुझी, रुझु गरी, स्वीकार गरेको बुझिनेछ। 

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

3 thoughts on “एकको दुई अफर | नेपाल टेलिकमको जुनसुकै कारोबारमा उपहार जित्ने मौका!

  1. आफू लाई त अहिले सम्म अफर सोरुफ एक रुपैया पनि परेको छैन अफ्नो त बाग्या नै ठिक छैन क्यारे

Comments are closed.