एक दशक अगाडी दैनिक आवश्यकता सेवाहरूकाे बिल भुक्तानी गर्न नेपालमा सेवा प्रदायककाे काउन्टर अगाडी लामाे घुइँचाे देख्ने गरिन्थ्यो। आज प्रविधिकाे विकास र बैँक तथा वित्तिय संस्था साथै डिजिटल वालेटहरूकाे स्थापना र सार्थक प्रयास सँगै ग्राहकहरूले सजिलै आफ्नै माेबाइलमा रहेकाे इसेवा एप वा वेबसाइट मार्फत भुक्तानी गर्न सक्दछन्। ग्राहकहरूकाे सहजताका लागि हामीले निरन्तर धारा, बत्ती, टपअप, अनलाइन शपिङ्ग जस्ता धेरै भन्दा धेरै सेवाहरू इसेवामा आवद्ध गराइ रहेका छाैँ ।
सेवा प्रदान गर्ने क्रममा ग्राहकहरूले धेरै पटक सरकारी भुक्तानीकाे उपलब्धता बारे जिज्ञासा राख्नुहुन्छ। सो सेवा इसेवामा अब उपलब्ध भएको छ र कर दाताहरुले सजिलै आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सक्नु हुनेछ । याे सुविधा इसेवामा उपलब्ध भए सँगै अब तपाईंले सम्पत्ती कर, व्यवसाय कर, तथा अन्य सेवा शुल्क इसेवाबाटै बुझाउन सक्नुहुन्छ ।
इसेवाबाट आन्तरिक राजस्वमा शुल्क भुक्तानी कसरी गर्ने?
१. सर्वप्रथम आन्तरिक राजस्व कार्यालयकाे वेबसाइट खाेल्नुहाेस् ।
२. अब ‘करदाताकाे पाेर्टल’ मा थिच्नुहाेस् र बाँया पट्टि रहेकाे “General” मा थिची भित्रकाे “Taxpayer Login” मा थिच्नुहाेस् ।
३. अबकाे पेजमा स्थायी लेखा नम्बर र प्रयाेगकर्ताकाे नम्बरमा आफ्नाे व्यवसयाकाे स्थायी लेखा नम्बर (PAN number) भरी पास्वर्ड भरी अगाडी बढ्नुहाेस् ।
४. अब “Payment Voucher” मा थिच्नुहाेस् ।
५. रकम जम्मा हुने बैंकमा “एभरेष्ट बैंक लि.” वा “राष्ट्रिय वाणिज्य बैंक लि.” वा “ग्लोबल आइएमई बैंक लि.” वा “एन आई सी एशिया बैंक लि.” वा “कुमारी बैंक लिमिटेड” वा “नेपाल बैंक लिमिटेड” वा “कृषि विकास बैंक लिमिटेड” छान्नुहाेस् ।
६. अब रकम बुझाउन चाहनुभएकाे करकाे प्रकार, राजस्व शिर्षक, र कर बापत छानी राजस्व रकम भर्नुहाेस् । आर्थिक वर्ष साथै टि.डि.एस छानी “Generate Transaction Code” मा थिच्नुहाेस्।
७. अब पेजमा देखाइएकाे Transaction Code टिपी इसेवाकाे वेबसाइट खाेल्नुहाेस् ।
८. यहाँ Government Payment मा रहेकाे “Inland Revenue Department (IRD)” मा थिच्नुहाेस् ।
९. अब EBP Number मा अगाडी टिप्नुभएकाे Transaction Code भर्नुहाेस् र पुनः शुल्क भरी “Check” मा थिच्नुहाेस् ।
१०. देखाइएकाे विवरण सबै ठिक छ भन्ने निश्चित गरी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहाेस् ।
तपाईंले शुल्क बुझाउने कार्य सफल भयाे कि भएन भनी राजस्वकाे वेबसाइटमा हेर्न सक्नुहुन्छ । भुक्तानी सफल भएपश्चात “पुरानाे भुक्तानीकाे अवस्था” मा “Complete” भनेर देखिनेछ ।
euta pan bata bata login garera aru pan ko revenue pay garna milxa nai jankari dinu paryo
नमस्कार,
एउटा IRD को लग इन बाट एउटाको मात्रै भुक्तानी गर्न मिल्नेछ । इसेवा बाट भने EBP number लिइ अरुको पनि भुक्तानी गर्न सक्नु हुनेछ ।
What a lovely idea
Great job
यातायात को करहरु तिर्ने सेवा पनि छिटो होस शुभकामना
नमस्कार,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
यातायात वयवस्था कार्यालय को सवारी साधनको राजस्व कर को लागि समेतलाई Esewa मा कर तिर्न का लागि सेवा संचालन मा ल्याउन आग्रह छ् ।🙏
नमस्कार,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
तपाई हरुको सेवा धेरै राम्रो छ हामी इसेवा एजेन्टलाई पनि संचालन सम्बन्धी तालिम दिनु पर्ने देखिन्छ ।
Pan no. Use garners Esewa rakhda tax lag6 ki lagadaina
नमस्कार,
इसेवा एजेन्ट बन्नका लागि भन्नु भएको ?
Good job aba sawari sadhanko pani tax tirna chhito sewa dina pahal garnu huna anurodh
नमस्कार,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
Office time agi paxi website chaldaina ho?
Hello Sir,
The service is available 24*7.
प्राेसेसकाे कमप्लीट आन्तरिक राजेश्वाकाे भिडीयाे युटुबमा डाउनलाेड भएमा सबै ग्राहक मानुभाबहरूलाई सजिलाे हुने थियाे ।
नमस्कार,
हामी यसका लागि काम गर्दै छौँ र छिट्टै उपलब्ध गराउने छौँ ।
very good J०b, esewa team
How much to pay requirement less then or more than
Hello Sir,
The minimum amount that can be paid is Rs. 100. Maximum amount that can be paid from one eSewa ID shall be determined by the limitations applicable.
Thank you.
Yo pan ko ho ki vat ko pane ho?
नमस्कार,
VAT को पनि भुक्तानी गर्न सक्नु हुनेछ । केहि समस्या भएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
esewa agent बन्न के गर्नु पर्ला? membership कसरी प्राप्त गर्ने होला?
नमस्कार सर,
एजेन्ट हुनका लागि तपाईंको व्यवसाय हुनु पर्ने हुन्छ र सो व्यवसाय PAN मा दर्ता भएको हुनु पर्ने हुन्छ । थप जानकारी चाहिएमा हामीलाई फेसबूक वा Viber नम्बर (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
wow kya dami
अब जग्गाको तिरो तिर्ने पनी मीलाउन पर्यो
नमस्कार सर,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
लमजुङ सुन्दरबजारमा बिजुलिको बिल तिर्दा eSewa बाट pay गर्न मिल्छ कि नाई ?
नमस्कार,
लमजुङको विजुलीको बिल इसेवाबाट भुक्तानी गर्न सक्नु हुनेछ । केहि समस्या भएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Gada tatha bike ko kar tirana sakinna hajur
नमस्कार,
सो सुविधा पनि छिट्टै उपलब्ध हुनेछ ।
Plz approved my esewa id
very good