एक दशक अगाडी दैनिक आवश्यकता सेवाहरूकाे बिल भुक्तानी गर्न नेपालमा सेवा प्रदायककाे काउन्टर अगाडी लामाे घुइँचाे देख्ने गरिन्थ्यो। आज प्रविधिकाे विकास र बैँक तथा वित्तिय संस्था साथै डिजिटल वालेटहरूकाे स्थापना र सार्थक प्रयास सँगै ग्राहकहरूले सजिलै आफ्नै माेबाइलमा रहेकाे इसेवा एप वा वेबसाइट मार्फत भुक्तानी गर्न सक्दछन्। ग्राहकहरूकाे सहजताका लागि हामीले निरन्तर धारा, बत्ती, टपअप, अनलाइन शपिङ्ग जस्ता धेरै भन्दा धेरै सेवाहरू इसेवामा आवद्ध गराइ रहेका छाैँ ।
सेवा प्रदान गर्ने क्रममा ग्राहकहरूले धेरै पटक सरकारी भुक्तानीकाे उपलब्धता बारे जिज्ञासा राख्नुहुन्छ। सो सेवा इसेवामा अब उपलब्ध भएको छ र कर दाताहरुले सजिलै आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सक्नु हुनेछ । याे सुविधा इसेवामा उपलब्ध भए सँगै अब तपाईंले सम्पत्ती कर, व्यवसाय कर, तथा अन्य सेवा शुल्क इसेवाबाटै बुझाउन सक्नुहुन्छ ।
इसेवाबाट आन्तरिक राजस्वमा शुल्क भुक्तानी कसरी गर्ने?
१. सर्वप्रथम आन्तरिक राजस्व कार्यालयकाे वेबसाइट खाेल्नुहाेस् ।
२. अब ‘करदाताकाे पाेर्टल’ मा थिच्नुहाेस् र बाँया पट्टि रहेकाे “General” मा थिची भित्रकाे “Taxpayer Login” मा थिच्नुहाेस् ।
३. अबकाे पेजमा स्थायी लेखा नम्बर र प्रयाेगकर्ताकाे नम्बरमा आफ्नाे व्यवसयाकाे स्थायी लेखा नम्बर (PAN number) भरी पास्वर्ड भरी अगाडी बढ्नुहाेस् ।
४. अब “Payment Voucher” मा थिच्नुहाेस् ।
५. रकम जम्मा हुने बैंकमा “एभरेष्ट बैंक लि.” वा “राष्ट्रिय वाणिज्य बैंक लि.” वा “ग्लोबल आइएमई बैंक लि.” वा “एन आई सी एशिया बैंक लि.” वा “कुमारी बैंक लिमिटेड” वा “नेपाल बैंक लिमिटेड” वा “कृषि विकास बैंक लिमिटेड” छान्नुहाेस् ।
६. अब रकम बुझाउन चाहनुभएकाे करकाे प्रकार, राजस्व शिर्षक, र कर बापत छानी राजस्व रकम भर्नुहाेस् । आर्थिक वर्ष साथै टि.डि.एस छानी “Generate Transaction Code” मा थिच्नुहाेस्।
७. अब पेजमा देखाइएकाे Transaction Code टिपी इसेवाकाे वेबसाइट खाेल्नुहाेस् ।
८. यहाँ Government Payment मा रहेकाे “Inland Revenue Department (IRD)” मा थिच्नुहाेस् ।
९. अब EBP Number मा अगाडी टिप्नुभएकाे Transaction Code भर्नुहाेस् र पुनः शुल्क भरी “Check” मा थिच्नुहाेस् ।
१०. देखाइएकाे विवरण सबै ठिक छ भन्ने निश्चित गरी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहाेस् ।
तपाईंले शुल्क बुझाउने कार्य सफल भयाे कि भएन भनी राजस्वकाे वेबसाइटमा हेर्न सक्नुहुन्छ । भुक्तानी सफल भएपश्चात “पुरानाे भुक्तानीकाे अवस्था” मा “Complete” भनेर देखिनेछ ।
राम्रो काम सरकार
But if we need to pay more than 10 lakh, how to transfer amount to esewa as there is restriction on limit.
Hello Sir,
We are working on this as well. You will be able to make the payments as soon as possible.
Thank you.
Very good service..
great news
राम्रो कार्य ! अब चाँडै सवारी साधनको कर तिर्ने व्यवस्था पनि इसेवाबाट गरियोस् ।
नमस्कार,
सो सेवा पनि छिट्टै उपलब्ध हुनेछ ।
late but great work
great job.. Thanks Esewa
Very good new sir & E-Sewa family.
Very Good news, अब मालपाेत र सवारी कर पनि यसैगरी अनलाईन भुक्तानी हुने प्रणाली बनाईदिनुहाेस् जनताले मनैबाट धन्यवाद भन्नेछन्।
नमस्कार,
सो सेवा पनि छिट्टै उपलब्ध हुनेछ ।
user name r passwor kasri line aantarik rajaswa ko?
नमस्कार,
आफ्नो Tax payer login ID बाट नै यसमा लग इन गर्न सक्नु हुनेछ । नयाँ Login ID लिनका लागि भने राजस्वमा निवेदन दिनु पर्ने हुन्छ ।
कसरी हो मैले बुझिन हो ? कसरी गर्ने हो
नमस्कार,
कार्य पूरा गर्न माथि उल्लेखित प्रकृया पूरा गर्नु हुन अनुरोध गर्दछौँ । केही समस्या भएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
better job E-sewa
GREAT JOB ENTIRE ESEWA TEAM ❤️❤️🙏🙏
Krishnanagar Kapilvastu ko IRD office Ko amount Jamma garna milxa ki nai??
नमस्कार,
हालका लागि Everest bank मा कर, VAT, बुझाउनु हुने ग्राहकहरुले इसेवाबाट भुक्तानी गर्न सक्नु हुनेछ । अरु बैंक छिट्टै उपलब्ध हुनेछन् ।
धेरै राम्रो छ ….
Impressive 👍👍👍👍
Great work of Ird
Thanku
Great! Congratulations!
Can we submit 1% Social Security Tax through E-Sewa!
Hello Sir,
You can make the Social Security Tax payment via eSewa.
It’s good and most abdorable for us.
Thank you esewa.