ईसेवा र एमबैंकबीच सम्झौता, अब ४५० बढी सहकारीमा डिजिटल कारोबार गर्न सकिने

ईसेवा र सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ ।

सहकारी संस्थालाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो । सम्झौतासँगै एमबैंकले सेवा दिइरहेका चार सय ५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ ।

ईसेवासँगको सहकार्यसँगै अबदेखि एमबैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, ईसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, शेयर खरिदको भुक्तानी, मेरो शेयर/डिम्याट नवीकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ ।

हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुनेछन् ।

सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याउने र सर्भिस दिनेमा ‘एम बैंक’ अगाडि छ । जुनसुकै सफ्टवेयर चलाउने सहकारीले पनि ‘एमबैंक’ को सेवा सजिलै लिनसक्ने छन् ।

एमबैंक नेपालमा सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म चार सय ५० बढी सहकारीलाई डिजिटलाइज गरिसकेको छ ।

Source: TechPana

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

2 thoughts on “ईसेवा र एमबैंकबीच सम्झौता, अब ४५० बढी सहकारीमा डिजिटल कारोबार गर्न सकिने

Comments are closed.