ई-सेवा र विद्युतीय तथा पेट्रोल अटो रिक्सा संघ बिच सम्झौता, धनगढीमा अटो चढ्दा फोनपे गर्न मिल्ने

भुक्तानी सेवा प्रदायक ईसेवा र विद्युतीय तथा पेट्रोल अटो रिक्सा संघ बिच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ।

सम्झौता अनुसार धनगढी उप-महानगरपालिका भित्र रहेका संघ अन्तर्गतका सदस्य अटोरिक्साहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् भने फोनपेले ईसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत डिजिटल कारोबार प्रवर्द्धनमा सघाउने छ।

ईसेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यास लेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठुलो योगदान दिन सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ४० लाख नाघेको छ ।

यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसङ्ख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब एक लाख भन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको सङ्ख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।

Source: सोधपत्र

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.