MPIN नम्बर सधैँ सुरक्षित राख्नका लागि केही महत्त्वपूर्ण टिप्सहरू  

अहिलेको डिजिटल युगमा सबै कुरा एकदम सजिलो भएको छ। पहिले पहिले धेरै समय लाग्ने कुराहरू पनि अहिले तुरुन्तै हुन्छ। सामानको किनमेल होस् या त्यो सामानको पैसा सजिलै भुक्तानी गर्नलाई होस्, दुवै अहिले एकदम सजिलो भएको छ। डिजिटल वालेटबाट कारोबार सुरु भएसँगै कारोबार गर्न अब कुनै प्रकारको झन्झट छैन। तर हरेक सिक्काको दुई पाटो हुन्छ भनेझैँ सजिलो भए पनि यसका केही जोखिम पनि रहेका छन्, जसलाई सजिलै रोकथाम गर्न सकिन्छ। डिजिटल भुक्तानी सेवामार्फत सुरक्षित पैसाको कारोबारमा पासवर्ड वा MPIN सुरक्षित राख्नु निकै महत्त्वपूर्ण हुन्छ। MPIN तपाईंले आफैँसँग सुरक्षित राख्नु महत्त्वपूर्ण यस कारण पनि छ कि यस मार्फत नै प्रयोगकर्ता आफैँले सो कारोबार गरिरहेको छ भनी भुक्तानी सेवा प्रदायकहरूले यकिन गर्ने गर्छन्।

 

MPIN नम्बर तपाईंको खाताबाट भुक्तानी लेनदेन सुरु गर्न प्रयोग गरिने भएकोले यसको विभिन्न तरिकामा दुरुपयोग हुन पनि सक्छ। 

  • कसैले पनि झुटो बोल्दै आफू इसेवाको कर्मचारी अथवा बैंक तथा अन्य वित्तीय संस्थाको कर्मचारी रहेको भन्दै तपाईंको MPIN वा पासवर्ड माग्न सक्छन्।   
  • तपाईंले कुनै Lucky Draw मार्फत पैसा जित्नुभयो र त्यसको लागि तपाईंको OTP अथवा MPIN दिनुहोस् भनेर फोनकल आउन सक्छ।    
  • तपाईंको बैंक अथवा इसेवा खातामा समस्या आयो र त्यसको समाधानको लागि तपाईंको OTP अथवा MPIN जरुरी भएको भनेर फोन आउन सक्छ ।  
  • यस्तो झुटो बहाना सहितको अनुरोध तपाईंलाई फोनमा कल वा मेसेज, इमेल वा सामाजिक सञ्जालमा मेसेज मार्फत आउन सक्छ।  

याद गर्नुहोस् कि इसेवा (वा अन्य कुनै पनि बैंक वा वित्तीय संस्था) ले कहिले पनि कुनै पनि अवस्थामा तपाईंको OTP, पासवर्ड वा MPIN माग्दैन। 

तपाईंले पनि कुनै पनि अवस्थामा आफ्नो OTP, पासवर्ड वा MPIN अरूलाई दिनु हुँदैन।

सुरक्षित कारोबार गर्नका लागि केही टिप्सहरू यसप्रकार रहेका छन्  : 

  • विभिन्न एपमा एउटै वा उस्तैउस्तै मिल्ने खाले MPIN वा पासवर्ड नराख्नुहोस्। हरेक बैंक र डिजिटल वालेटहरुको लागि फरकफरक MPIN, पासवर्ड वा पिन नम्बर चयन गर्नुहोस्।   
  • आफ्नो जन्मदिन अथवा अन्य महत्त्वपूर्ण दिन वा जानकारी समाजिक सन्जालमा सजिलै भेट्न सकिने गरी सकेसम्म नराख्नुहोस्। 
  • लगातार आउने अङ्कहरू जस्तै १२३४, ५६७८ साथै एउटै अङ्क चार पटक जस्तै ६६६६ , ४४४४ सजिलै अनुमान गर्न सकिन्छ। त्यस्तो अङ्कलाई आफ्नो MPIN वा पिन नराख्नुहोला। 
  • आफ्नो फोनको नोटमा सकेसम्म MPIN वा पिन नम्बरहरू नटिप्नुहोस्। अथवा अरूले सहजै भेटाउन सक्ने स्थानमा पनि MPIN वा पासवर्ड जस्ता जानकारीहरू नराख्नुहोला।
  • सकेसम्म आफ्नो MPIN नम्बर, पासवर्ड वा OTP कसैलाई पनि नभन्नुहोस्।  
  • आफ्नो मोबाइल नम्बरको पहिलो ४ अङ्क अथवा अथवा अन्तिम ४ अङ्क पनि MPIN वा पासवर्डमा प्रयोग  नगर्नुहोला। 


डिजिटल युगसँगै ठगीको माध्यम आजकल अनलाइन मार्फत पनि हुने गरेको पाइन्छ। ठगी गर्ने मनशाय रहेकाहरूले विभिन्न बहाना बनाई ग्राहकहरूसँग इसेवा, अन्य डिजिटल वालेट वा बैंकको खाताको MPIN, पासवर्ड वा OTP माग्ने गरेको पाइन्छ। यसबाट सुरक्षित रहन तपाईं आफै पनि सतर्क रहन जरुरी हुन्छ। आफ्नो MPIN, पासवर्ड वा पिन नम्बर सुरक्षित राख्नका लागि अरूले सजिलै अनुमान गर्न नसक्ने तथा तपाईंलाई मात्र थाहा हुने किसिमको जानकारीलाई MPIN, पासवर्ड वा पिनमा राख्नुहोला। 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.