प्रदेश लोक सेवाको विज्ञापन दस्तुर बुझाउने प्रकृया!

Lok Sewa Blog

प्रदेश लोक सेवा आयोगको विज्ञापन दस्तुर सजिलै इसेवाबाट बुझाउनुहोस्। 

भुक्तानी गर्ने प्रकृया यस प्रकार छ: 

1) सर्वप्रथम आयोगको आधिकारिक् दरखास्त प्रणालीमा जानुहोस्। 

कोशी प्रदेश: https://psc.p1.gov.np/

मधेश प्रदेश:  https://ppsc.p2.gov.np/

बाग्मती प्रदेश: https://spsc.bagamati.gov.np/

गण्डकी प्रदेश: https://ppsc.gandaki.gov.np/

लुम्बिनी प्रदेश: https://ppsconline.lumbini.gov.np/

कर्णाली प्रदेश: https://ppsc.karnali.gov.np/

सुदूरपश्चिम प्रदेश: https://psc.sudurpashchim.gov.np/

केन्द्रिय: https://psconline1.psc.gov.np/

2) लग इन गरि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताको विवरण, तालिमको विवरण र संलग्न कागजातहरुको विवरण पुरा भर्नुहोस्। 

3) पृष्‍ठको बाँया तर्फ रहेको “रिक्त पद” छान्नुहोस् । 

4) आफुले आवेदन दिन चाहेको विज्ञापनको “विस्तृत विवरण हेर्नुहोस्” मा क्लिक गर्नुहोस्।आवश्यक विवरण भर्नुहोस् र पृष्‍ठको अन्त्यमा रहेको “निवेदन दिनुहोस्” मा क्लिक गर्नुहोस्।

5) देखाइएको विवरणहरू प्रमाणित गर्नुहोस् र हो, निश्चित गर्नुहोस् मा क्लिक गर्नुहोस् ।

6) लागू विज्ञापन तिर्नुहोस् मा क्लिक गरेर आफुले निवेदन गर्नुभएको विज्ञापनमा तिर्नुहोस् मा क्लिक गर्नुहोस्।

 

7) बैंक छानी अफलाइन भुक्तानी छान्नुहोस् 

8) भौचर डाउनलोड गर्नुहोस्

9) भौचरमा उल्लेखित कारोबार संकेत नम्बरलाई आफ्नो इसेवा (एप अथवा वेब ) मा रहेको Government Payment भित्र Pradesh Lok Sewa Aayog मा रहेको EBP Number खन्डमा राख्नुहोस् , Amount खन्डमा तिर्नुपर्ने रकम राख्नुहोस् । 

10) PROCEED मा क्लिक गरि आफ्नो भुक्तानी सम्पन्न गर्नुहोस् 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

5 thoughts on “प्रदेश लोक सेवाको विज्ञापन दस्तुर बुझाउने प्रकृया!

Comments are closed.