स्वास्थ्य बीमा बोर्डको नवीकरण प्रिमियम भुक्तानी इसेवाबाट!

Health Insurance Board

स्वास्थ्य बीमा बोर्ड (Health Insurance Board) नेपाल सरकारको एउटा सामाजिक सुरक्षा कार्यक्रम हो जसले बीमा द्वारा नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन मदत गर्दछ। यस कार्यक्रमले स्वास्थ्य सेवाको उपयोगमा रहेका अवरोधहरूलाई सम्बोधन गर्ने र विश्वव्यापी स्वास्थ्य कभरेज प्राप्त गर्ने माध्यमको रूपमा गरिब र पिछडिएका समूहहरूको समानता र पहुँच सुनिश्चित गर्ने प्रयास गर्दछ। 

स्वास्थ्य बीमा बोर्डबाट बीमा गर्नेहरु सबैका लागि हामीले खुशीको खबर ल्यायका छौँ। अब तपाईंहरुले आफ्नो बीमा नवीकरण प्रिमियम आरामले आफ्नो घरमै बसेर गर्ने तरिका आइसक्यो।! इसेवाबाट अनलाईन नै आफ्नो, आफ्नो परिवार साथै आफन्तहरुको बीमा नवीकरण प्रिमियम भुक्तानी गरेर बाहिर गएर भुक्तानी गर्ने समय पनि बचाउन सकिने र साथमा प्रकृया पनि सहज रहेको छ। 

इसेवाबाट स्वास्थ्य बीमा बोर्डको नवीकरण प्रिमियम भुक्तानी गर्ने प्रकृया यस प्रकार छ:

  1. इसेवामा लग इन गर्नुहोस्।
  2. Home Page मा  रहेको “New Services” को “Health Insurance Board” मा जानुहोस्।
  3. आफ्नो Insurance Code राखी “Process” गर्नुहोस्।
  4. आफ्नो विवरण यकिन गर्नुहोस् र “Proceed” बटनमा थिच्नुहोस् ।
  5. MPIN/Password राखेर प्रकृया पुरा गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

4 thoughts on “स्वास्थ्य बीमा बोर्डको नवीकरण प्रिमियम भुक्तानी इसेवाबाट!

Comments are closed.