लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी कोरोना भाइरस बीमालेख

इसेवामा आवद्ध सबै निर्जिवन बीमा कम्पनीहरुले यो सुविधाको सुरुवात गरेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिहरु आर्थिक सहयोग पुर्‍याउनु नै यो बीमाको मुख्य उदेष्य रहेको छ । ग्राहकहरुले व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नुहुनेछ

Contents

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी कोरोन भाइरस बीमालेख

अनुसूचीमा उल्लेख भएको प्रस्तव तथा उद्घोषणलाई यस करारको आधार मान्ने गरी (बीमकको नाम उल्लेख गर्ने) (यस पछि बीमक भनिएको) ले प्राप्त गरेको र यस अनुसूचीमा उल्लेख गरे बमोजिम बीमाशुल्क भुक्तानी पनि प्राप्त भएकोले;

अनुसूची बमोजिम बीमाशुल्क भुक्तानी गरे वापत कोरोन भाइरस ( Covid-19 ) रोग लागेको अवस्थामा र भुक्तानी पाउने व्यक्तिको कानूनी अधिकार प्रामाणित भएको अवस्थामा यस करारको अधिनमा रहि यस बीमालेख बमोजिमका रकम बीमकले भुक्तानी दिनेछ।

यस बीमालेखको अनुसूची, लाभको तालिका, परिभाषा, अपवादहरु र शर्तहरु यस करानामाको अभिन्न अङ्ग मानिनेछ।

परिभाषा

बीमित रोगः रोग भन्नाले बीमित व्यक्ति कोरोना भाइरसबाट संक्रमित भई यसको लागि नेपाल सरकार, स्वास्थ मन्त्रलय वा सार्वजनिक निकायले निर्धारण गरे अनुसारका Polymerase Chain Reaction (PCR) Test ( पिसिआर परिक्षण) गरी सम्बन्धित चिकित्सकबाट कोरोना भइरस (Covid-19) रोग लागेको पुष्टी भएमा।

चिकित्सक: चिकित्सक भन्नाले नेपाल मेडिकल काउन्सिल बाट चिकित्सकको कार्य गर्न नियम बमोजिम ईजाजत प्रप्त व्यक्तिलाई बुझाउदछ।

बीमित व्यक्तिकोः पिसिआर परीक्षण Polymerase Chain Reaction (PCR) Test Positive भई कोरोना भाइरस (Covid-19) रोग निदान भएपछि यस बीमालेख अन्तर्गत दाबी रकम प्राप्त गर्नको लागि बीमित व्यक्तिद्वारा इच्याइएको व्यक्ति वा व्यक्तिहरु। यदि बीमित व्यक्ति नाबालक भएमा, बीमित व्यक्तिको संरक्षकद्वारा मनोनित व्यक्ति तोकिलेछ। इच्छाइएका व्यक्ति नभएमा प्रचलित बीमा एन बमोजिम हुनेछ।

बीमा अवधिः यस बीमालेखको अनुसूचीको उल्लेख भए अनुसार बीमा शुरु हुने मिति र समय देखि बीमा समाप्त हुने मितिको मध्यरात सम्मको अवधि।

सार्वजनिक निकायः सार्वजनिक निकाय वा अधिकार प्राप्त निकाय भन्नाले कानून लागु गर्न/गराउन सक्ने, कब्जामा लिन सक्ने, आदेश जारी गर्न सक्ने, छानविन वा निर्णय/न्याय गर्न सक्ने कुनै सरकारी, अर्ध सरकारी, कानूनी/संवैधानिक निकाय वा नियम/कानून बमोजिम अधिकार प्राप्त संस्थालाई बुझाउदछ।

दाबी भुक्तानी : यस विमालेख शर्त, अवस्था तथा अपबादहरुको अधिनमा रही माथि उल्लेखित रोगको संक्रमण भएमा बीमालेखको अनुसूचीमा उल्लेख भएको बीमाङ्क रकम बीमितलाई र दाबी भुक्तान नहुदै बीमितको ईच्छाइएको व्यक्ति वा कानूनी हकदारलाई दाबी भुक्तानी दिईले छ।

दाबी फछ्यौँट विधि : यस बीमालेख अन्तर्गत बीमित घटनाबाट दाबी पर्ने अवस्थामा ७ (सात) दिन भित्र बीमकलाई निम्न कागजातहरु सहित लिखित सूचना दिनु पर्नेछ।

दाबी फछ्यौँट प्रयोजन्का लागि निम्न अनुसारका कागजातहरु पेश गर्नु पर्नेछ :

१. बीमितको नाम, रोग शुरु भएको मिति र विवरण,

२. पूर्ण रुपमा भरिएको दावी फारम,

३. कोरोना रोग पुष्टि भएको परीक्षणको सम्पुर्ण कागजपत्रहरुका साथै अस्पताल भर्ना भएको अवस्थामा भर्ना भएको वा फिर्ता गर्ने समयमा दिने कागज (Discharge Certificate) वा अस्पतालले दिएको कागज।

दाबी नलाग्ने अवस्था (अपबाद) :

१. बीमालेख शुरु हुनु भन्दा पहिले देखि कोरोना भाइरस (Covid-19) रोग संक्रमण रहेको र बीमालेख शुरु भएको १५ (पन्ध्र) दिन भित्र संक्रमित भएको अवस्था दावी नलाग्ने,

२. कोरोना संक्रमण बाहेक अन्य कुनै रोगहरु लागेको अवस्थामा दाबी नलाग्ने।

बीमा अवधि :

यस बीमालेखको अवधि बीमालेख शुरु भएको मितिदेखि १२(बार्ह) महिना सम्म हुनेछ। दाबी परिसकेपछि यो बीमालेख स्वतः समाप्त भएको मानिनेछ। तर, पारिवारिक वा सामूहिक बीमालेखको सम्बन्धमा दाबी परेको व्यक्तिको हकमा मात्र बीमालेख समाप्त हुनेछ र अन्य व्यक्तिको बीमालेख बीमा अवधिसम्म चालु रहने छ। यो बीमालेख अन्य कुनै पनि कारणले अल्पकालीन रद्द हुने छैन।

बीमाका शर्तहरु यस प्रकार छनः

१. उमेरको हद
यस बीमालेख अन्तर्गत समावेश हुन तथा लाभ प्राप्त गर्न, बीमित व्यत्ति ३ महिना नाघेको र ९९ बर्ष ननाघेको हुनु पर्नेछ।

२. अभिलेखको निरिक्षण
यस बीमालेखको बीमा अवधि भित्र बीमकले कुनै पनि समय यस बीमालेखसँग सम्बन्धित बीमितको अभिलेख (Records) को निरिक्षण गर्न सक्नेछ। यस बीमालेख अन्तर्गतको दाबी प्रक्रिया  र दाबी फछ्यौँट कार्यसँग सम्बन्धित तथ्याङ्क, कागजपत्रहरुको परिक्षण, प्रमाणीकरणको लागि बीमितको कुनै वा सबै प्रतिनिधि अन्तरक्रिया गर्ने अधिकार बीमकसंग हुनेछ। यस काममा बीमितले बीमकलाई आवश्यक सहयोग गर्नु पर्नेछ।

३. भौगोलिक सिमितता
यो बीमालेख नेपालभित्र बसोबास गरेको अवस्थामा मात्र लागु हुनेछ। बीमित व्यक्ति नेपाल बाहिर रहेको अवस्था बीमालेख निष्क्रिय हुनेछ। विदेशबाट नेपाल पुनः फर्केको अवस्थामा नेपाल प्रवेश गरेको १५ दिनपछि बीमा अवधि समाप्त हुने समयसम्मको लागि बीमालेख स्वतः पुर्नजागरण हुनेछ।

४. बीमालेखका शर्तहरुको पालन
बीमितले पालन वा अनुसरण गर्नु पर्ने कार्यसँग सम्बन्धित अवस्थामा यस बीमालेखका शर्त तथा नियम र बन्देजहरुको अनुसरण र परिपालन गर्नु बीमितको कर्तव्य हुनेछ।

५. सावधानी
बिमित व्यक्तिले आफूलाई कोरोना भाइरस ( COVID-19) रोग संक्रमण लाग्न नदिन उचित सावधानी अपनाउनु पर्नेछ।

६. विशेष व्यवस्था
यस बीमालेखमा राखिएको,दरपीठ गरिएको वा भिन्दै प्रलेखको रुपमा बिमालेखमा संलग्न गरिएको व्यवस्था यसै बीमालेखको भाग मानिनेछ।

७. जालसाज युक्त दावी
कुनै दावी जालसाजीपूर्ण भएमा वा त्यस सिलसिलामा झुटा बयान दिई बीमितले वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिले यस बिमालेख अन्तर्गत कुनै लाभ उठाउन खोजेमा वा जानी जानी बीमित वा अन्य कुनै व्यक्तिको मिलेमतोमा कुनै दावी सृजना गरेमा बीमित यस बिमालेखको सबै लाभबाट बन्चित हुनेछ।

८. बिमालेखमा विवाद
यस बिमालेख अन्तर्गत कुनै मतभेद उत्पन्न भएमा प्रचलित बीमा एन बमोजिम हुनेछ।

९. नविकरण सूचना
बीमितले चाहेको अवस्थामा बीमकले यो बीमालेख नविकरण गर्न सक्नेछ। तर, नविकरण गर्न वा बीमाशुल्क तिर्न बाँकी छ भनी सूचना पठाउन बीमक बाध्य हुने छैन।

१०. सूचनाहरु
यस बीमालेख अन्तर्गतका सूचना, निर्देशन वा आदेश लिखित रुपमा हुलाक मार्फत, इमेल, फ्याक्स वा हस्त लिखित रुपमा पठाउनु पर्नेछ।

११. ग्राहक सेवा
बीमितलाई कुनै स्पष्टिकरण वा सहयोग चाहिएमा कर्यालय समय भित्र बीमकको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.