शेयर भर्नको लागि भनेर DEMAT खाता खोल्ने देखि शेयर भर्न दिनभरी बैंकमा लाईन बस्ने दिनहरु पनि थिए । अहिले प्रविधिको विकास भए सँगै प्राय जसो सबै काम आफ्नै मोबाईल वा कम्प्युटर बाट हुने भइसकेको छ । यसै सन्दर्भमा विश्वव्यापी कोरोनाको महामारीले गर्दा प्रविधिको प्रयोग अत्याधिक मात्रामा देखिएको छ । यही समयमा विभिन्न संस्थाहरुले अनलाईन सेवा विस्तार गरी ग्राहकहरुलाई सहजता पुर्याउन सफल भएका छन् ।
इसेवाका सेवाग्राहीहरुले Meroshare र DEMAT खाता नविकरण सुविधा इसेवाबाट नै उपभोग गर्न सक्ने भइसकेका छन् । हाल निषेधाज्ञाका कारण सिमित मात्रामा बैंक तथा वित्तिय संस्था खुलिरहेको अवस्थामा IPO को भुक्तानी पनि इसेवाबाट नै गर्न मिल्ने भएको छ । हाल सुरु भने सिन्धुपाल्चोकको "मध्य भोटेकोशी जलविद्युत कम्पनी" को IPO को भुक्तानीबाट सेवा सुचारु भएको छ । अहिलेको लागि सिन्धुपाल्चोकका स्थानियहरुले मात्रै यो IPO भर्न पाउनेछन् भने क्रमश: रुपमा अरु IPO पनि इसेवाबाट भर्न मिल्ने सुविधा छिट्टै नै आउनेछ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकोे प्रति कित्ता अंकित मूल्य रु १०० दरको ६०,००,००० कित्ता शेयरमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) र बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८,००,००० (अक्षरेपी अठार लाख मात्र) कित्ता शेयर र आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुकोे लागि ७० प्रतिशतले हुन आउने ४२,००,००० (अक्षरेपी बयालीस लाख मात्र) कित्ता शेयर नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई मिति २०७८ बैशाख २१ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको छ ।
मध्य भोटेकोशी जलविद्यूत कम्पनीको IPO को भुक्तानी गर्नको लागि निम्न प्रक्रिया अपनाउनुहोस्:
१. इसेवामा लग इन गरी "Popular Services" मा राखिएको MBJCL – IPO (Local People) मा जानुहोस्
२. अब खुलेको पेजमा तपाईं सिन्धुपाल्चोकको बासिन्दा हुनुहुन्छ भने Yes छानी अगाडी बढ्नुहोस्
३. अब नगरपालिका वा गाउँपालिका, वडा नम्बर, ठेगाना, अस्थायी ठेगाना, BOID, पुरा नाम, मोबाईल नम्बर, नगरिता नम्बर, बुवाको नाम, हजुरबुवाको नाम, कति शेयर भर्नु हुने, रकम के बाट बुझाउनु हुने जस्ता विवरण भरी Proceed मा क्लिक गर्नुहोस्
४. अबको पेजमा सबै विवरण पुन: जाँच गरी Confirm मा क्लिक गर्नुहोस्
५. अन्त्यमा MPIN/ Fingerprint राखी भुक्तानी प्रक्रिया पुरा गर्नुहोस् ।
यति विवरण बुझाइसके पछि Global IME Capital बाट विवरण यकिन गरिनेछ र प्रक्रिया अगाडी बढाइनेछ ।
तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनै पनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
