“मध्य भोटेकोशी जलविद्युत कम्पनी” को IPO को भुक्तानी इसेवाबाट

"मध्य भोटेकोशी जलविद्युत कम्पनी" को IPO को भुक्तानी इसेवाबाट

शेयर भर्नको लागि भनेर DEMAT खाता खोल्ने देखि शेयर भर्न दिनभरी बैंकमा लाईन बस्ने दिनहरु पनि थिए । अहिले प्रविधिको विकास भए सँगै प्राय जसो सबै काम आफ्नै मोबाईल वा कम्प्युटर बाट हुने भइसकेको छ । यसै सन्दर्भमा विश्वव्यापी कोरोनाको महामारीले गर्दा प्रविधिको प्रयोग अत्याधिक मात्रामा देखिएको छ । यही समयमा विभिन्न संस्थाहरुले अनलाईन सेवा विस्तार गरी ग्राहकहरुलाई सहजता पुर्‍याउन सफल भएका छन् ।

इसेवाका सेवाग्राहीहरुले Meroshare DEMAT खाता नविकरण सुविधा इसेवाबाट नै उपभोग गर्न सक्ने भइसकेका छन् । हाल निषेधाज्ञाका कारण सिमित मात्रामा बैंक तथा वित्तिय संस्था खुलिरहेको अवस्थामा IPO को भुक्तानी पनि इसेवाबाट नै गर्न मिल्ने भएको छ । हाल सुरु भने सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत कम्पनी” को IPO को भुक्तानीबाट सेवा सुचारु भएको छ । अहिलेको लागि सिन्धुपाल्चोकका स्थानियहरुले मात्रै यो IPO भर्न पाउनेछन् भने क्रमश: रुपमा अरु IPO पनि इसेवाबाट भर्न मिल्ने सुविधा छिट्टै नै आउनेछ । 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकोे प्रति कित्ता अंकित मूल्य रु १०० दरको ६०,००,००० कित्ता शेयरमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) र बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८,००,००० (अक्षरेपी अठार लाख मात्र) कित्ता शेयर र आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुकोे लागि ७० प्रतिशतले हुन आउने ४२,००,००० (अक्षरेपी बयालीस लाख मात्र) कित्ता शेयर नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई मिति २०७८ बैशाख २१ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको छ ।

मध्य भोटेकोशी जलविद्यूत कम्पनीको IPO को भुक्तानी गर्नको लागि निम्न प्रक्रिया अपनाउनुहोस्:

१.  इसेवामा लग इन गरी “Popular Servicesमा राखिएको MBJCL – IPO (Local People) मा जानुहोस्

२. अब खुलेको पेजमा तपाईं सिन्धुपाल्चोकको बासिन्दा हुनुहुन्छ भने Yes छानी अगाडी बढ्नुहोस्

३. अब नगरपालिका वा गाउँपालिका, वडा नम्बर, ठेगाना, अस्थायी ठेगाना, BOID, पुरा नाम, मोबाईल नम्बर, नगरिता नम्बर, बुवाको नाम, हजुरबुवाको नाम, कति शेयर भर्नु हुने, रकम के बाट बुझाउनु हुने जस्ता विवरण भरी Proceed मा क्लिक गर्नुहोस्

४. अबको पेजमा सबै विवरण पुन: जाँच गरी Confirm मा क्लिक गर्नुहोस्

५. अन्त्यमा MPIN/ Fingerprint राखी भुक्तानी प्रक्रिया पुरा गर्नुहोस् ।

यति विवरण बुझाइसके पछि Global IME Capital बाट विवरण यकिन गरिनेछ र प्रक्रिया अगाडी बढाइनेछ ।


तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनै पनि अपडेटहरु नछुटाउन हामीलाई  FacebookInstagramTwitter, र  Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

61 thoughts on ““मध्य भोटेकोशी जलविद्युत कम्पनी” को IPO को भुक्तानी इसेवाबाट

  1. Yo madyasarvice votekosi ma sare varna lako esewa ma popular sarvice pahiyana

    1. नमस्कार सर,
      यो सेवा अहिले सिन्धुपाल्चोकमा लकडाउनका कारण बन्द गरिएको छ । समय अनुकुल भए सँगै सेवा सुचारु गरिनेछ ।

  2. मैले इसेवाबाट payment गरिसकेकाे छु तर global ime capital बाट फारम भरेकाे छैन । अब lockdown पनि भयाे ।अब मैले पछि भर्न पाउछ की पाउदैन ?

    1. नमस्कार,
      तपाईंले फाराम पछि भर्न पाउनु हुनेछ ।

  3. Esewa bata payment ta vayo tara gbl ime capital ma firm fill garna baki xa aba k hunxa hola ?

    1. Hello Sir,
      You will be notified when the form will be re-opened and you can fill the form later.
      Thank you.

  4. मैंले मेगा बैंक बाट सुरुमा भने झै भरे को छु त्यो मान्यता हुन्छ कि हुँदैन ?

    1. नमस्कार सर,
      मेगा बैंकबाट यस IPO को भुक्तानी त मिल्दैन थियो । तपाईंले के को भन्नु भएको होला ?

  5. मेरो शेयर एपबाट बच्चाहरुको पनि शेयर भर्न मिल्थ्यो , यसमा नागरिकता चाहिन्छ भनिएको छ तेसो हो भने dmat id भएका बाबू नानीको भर्न मिल्ने कि नमिल्ने प्रस्ट पार्दिनुहोला , अनि हाल यो सेव बन्द भनिएकोले हामिले भर्न त पाइन्छ नि ?

    1. नमस्कार सर,
      हाल सिन्धुपाल्चोकमा लकडाउनका कारण यो सेवा उपलब्ध छैन ।

  6. Esewa bata payment vayo. Online form khuldena. Asti samma online form ko barema kei theana. Aba online service lockdown le garera banda vayeko vanne kura aayo. Aba hami k garne? Bank nai gayera apply garda ni mildaina hola double vanera. Kei timeline dinu huntheo ki yo online service khulcha ki khudaina? Khulcha vani kati time lagla?

    1. नमस्कार,
      तपाईंले फाराम पछि भर्न पाउनु हुनेछ । समय अनुकुल भए पश्चात यो सेवा पुन: सुचारु गरिनेछ ।

  7. I didn’t get KYC verify Notification at. i have to apply 2 days ago.

    1. Hello Sir,
      Could you please provide us your eSewa ID on Facebook or Viber (+9771234512345) so that we can look into it and update you?

    1. नमस्कार सर,
      हाल सिन्धुपाल्चोकमा लकडाउनका कारण यो सेवा उपलब्ध छैन ।

  8. Hello dai malai pani sikai dinu paryo …mero ma ta madybhotekosi ko gobal ime capital ma pani aaudaina esewa ma pani aaudaina ta sir

    1. नमस्कार सर,
      हाल सिन्धुपाल्चोकमा लकडाउनका कारण यो सेवा उपलब्ध छैन ।

    1. नमस्कार सर,
      हाल सिन्धुपाल्चोकमा लकडाउनका कारण यो सेवा उपलब्ध छैन ।

  9. Hello I didn’t see your MJBCL on your Popular services dashboard.Has it been deleted ??

    1. Hello Sir,
      The service has been disabled for now as Sindhupalchok is under lockdown.

  10. Hello sir/madam
    Maile ipo apply garisake but global ime capital ma voucher email garnu parchha vanne jankari pako thiye maile try pani gareko but email Id payena global ko kasari samadhan garne hola yo samasya ? Ki esewa ma complete vayesi huncha?

    1. नमस्कार,
      तपाईंले Global IME Capital मा पनि फाराम भर्नु पर्ने हुन्छ । हाल सिन्धुपाल्चोकमा लकडाउनका कारण यो सेवा उपलब्ध छैन । तपाईंले फाराम पछि पनि भर्न पाउनु हुनेछ ।

  11. हेलो माम, मैले esewa bata भुतानी गरिसकेको cu तर मैले ग्लोबोल को page bata form varna पाइन किनकि बन्द भैसकेको थियो lockdown le abo पैसा k hunxa hola थोरै जानकारी पाया ढुक्क हुने थिए ।

Comments are closed.