“मध्य भोटेकोशी जलविद्युत कम्पनी” को IPO को भुक्तानी इसेवाबाट

"मध्य भोटेकोशी जलविद्युत कम्पनी" को IPO को भुक्तानी इसेवाबाट

शेयर भर्नको लागि भनेर DEMAT खाता खोल्ने देखि शेयर भर्न दिनभरी बैंकमा लाईन बस्ने दिनहरु पनि थिए । अहिले प्रविधिको विकास भए सँगै प्राय जसो सबै काम आफ्नै मोबाईल वा कम्प्युटर बाट हुने भइसकेको छ । यसै सन्दर्भमा विश्वव्यापी कोरोनाको महामारीले गर्दा प्रविधिको प्रयोग अत्याधिक मात्रामा देखिएको छ । यही समयमा विभिन्न संस्थाहरुले अनलाईन सेवा विस्तार गरी ग्राहकहरुलाई सहजता पुर्‍याउन सफल भएका छन् ।

इसेवाका सेवाग्राहीहरुले Meroshare DEMAT खाता नविकरण सुविधा इसेवाबाट नै उपभोग गर्न सक्ने भइसकेका छन् । हाल निषेधाज्ञाका कारण सिमित मात्रामा बैंक तथा वित्तिय संस्था खुलिरहेको अवस्थामा IPO को भुक्तानी पनि इसेवाबाट नै गर्न मिल्ने भएको छ । हाल सुरु भने सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत कम्पनी” को IPO को भुक्तानीबाट सेवा सुचारु भएको छ । अहिलेको लागि सिन्धुपाल्चोकका स्थानियहरुले मात्रै यो IPO भर्न पाउनेछन् भने क्रमश: रुपमा अरु IPO पनि इसेवाबाट भर्न मिल्ने सुविधा छिट्टै नै आउनेछ । 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकोे प्रति कित्ता अंकित मूल्य रु १०० दरको ६०,००,००० कित्ता शेयरमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) र बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८,००,००० (अक्षरेपी अठार लाख मात्र) कित्ता शेयर र आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुकोे लागि ७० प्रतिशतले हुन आउने ४२,००,००० (अक्षरेपी बयालीस लाख मात्र) कित्ता शेयर नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई मिति २०७८ बैशाख २१ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको छ ।

मध्य भोटेकोशी जलविद्यूत कम्पनीको IPO को भुक्तानी गर्नको लागि निम्न प्रक्रिया अपनाउनुहोस्:

१.  इसेवामा लग इन गरी “Popular Servicesमा राखिएको MBJCL – IPO (Local People) मा जानुहोस्

२. अब खुलेको पेजमा तपाईं सिन्धुपाल्चोकको बासिन्दा हुनुहुन्छ भने Yes छानी अगाडी बढ्नुहोस्

३. अब नगरपालिका वा गाउँपालिका, वडा नम्बर, ठेगाना, अस्थायी ठेगाना, BOID, पुरा नाम, मोबाईल नम्बर, नगरिता नम्बर, बुवाको नाम, हजुरबुवाको नाम, कति शेयर भर्नु हुने, रकम के बाट बुझाउनु हुने जस्ता विवरण भरी Proceed मा क्लिक गर्नुहोस्

४. अबको पेजमा सबै विवरण पुन: जाँच गरी Confirm मा क्लिक गर्नुहोस्

५. अन्त्यमा MPIN/ Fingerprint राखी भुक्तानी प्रक्रिया पुरा गर्नुहोस् ।

यति विवरण बुझाइसके पछि Global IME Capital बाट विवरण यकिन गरिनेछ र प्रक्रिया अगाडी बढाइनेछ ।


तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनै पनि अपडेटहरु नछुटाउन हामीलाई  FacebookInstagramTwitter, र  Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

61 thoughts on ““मध्य भोटेकोशी जलविद्युत कम्पनी” को IPO को भुक्तानी इसेवाबाट

  1. Maile 100 kitta share bhari sake esewa bata but maile arko 300 kitta pani bharna maan lagyo , yesko upaya k cha ?

    1. नमस्कार सर,
      एक पटक भुक्तानी भइसकेपछि सोही नगरिता नम्बरमा भने अर्को IPO भुक्तानी गर्न मिल्दैन ।

    1. नमस्कार सर,

      मध्य भोटेकोशी जलविद्यूत कम्पनीको IPO को भुक्तानी गर्नको लागि निम्न प्रक्रिया अपनाउनुहोस्:

      १. इसेवामा लग इन गरी “Popular Services” मा राखिएको MBJCL – IPO (Local People) मा जानुहोस्

      २. अब खुलेको पेजमा तपाईं सिन्धुपाल्चोकको बासिन्दा हुनुहुन्छ भने Yes छानी अगाडी बढ्नुहोस्

      ३. अब नगरपालिका वा गाउँपालिका, वडा नम्बर, ठेगाना, अस्थायी ठेगाना, BOID, पुरा नाम, मोबाईल नम्बर, नगरिता नम्बर, बुवाको नाम, हजुरबुवाको नाम, कति शेयर भर्नु हुने, रकम के बाट बुझाउनु हुने जस्ता विवरण भरी Proceed मा क्लिक गर्नुहोस्

      ४. अबको पेजमा सबै विवरण पुन: जाँच गरी Confirm मा क्लिक गर्नुहोस्

      ५. अन्त्यमा MPIN/ Fingerprint राखी भुक्तानी प्रक्रिया पुरा गर्नुहोस् ।

    1. नमस्कार सर,
      इसेवाबाट भुक्तानी भइसकेपछि Global IME Capital बाट भेरीफाइ हुनेछ । थप जानकारी [email protected], +977-01-4545649,4545650 मा पनि लिन सक्नु हुनेछ ।

  2. राम्रो छ तर भएको नभएको कसरी जान्कारी पाउने होला महिले 50 कित्ता मात्र भरे अब मलाई 100 कित्ता भर्नु मन लागेको छ के गर्नु पर्ला चिट्टो जानकारी पाउन हजुर

    1. नमस्कार सर,
      एक पटक भुक्तानी भइसकेपछि सोही नगरिता नम्बरमा भने अर्को IPO भुक्तानी गर्न मिल्दैन ।

  3. I don’t have balance in e sewa but have in bank ..so can I apply through e sewa without funding in e sewa I’d..?

    1. Hello Sir,
      In making IPO’s payment via eSewa, you need to have balance in eSewa.
      Thank you.

  4. परिवार सबैको इसेवा आईडी हुनु पर्ने हो कि एउटै आईडी बाट सबैको भर्न सकिन्छ?? प्रोसेस भै सके पछि क्यापिटल मा mail गर्नु पर्ने भन्ने छ कुन mail id मा हो गर्ने मेल

    1. नमस्कार सर,
      एउटै इसेवा खाताबाट अरुको पनि IPO को भुक्तानी गर्न सक्नु हुनेछ । नगरिता नम्बर भिन्दा भिन्दै हुने भएको हुँदा समस्या हुँदैन । थप जानकारी [email protected] बाट पनि प्राप्त गर्न सक्नु हुनेछ ।

  5. Dear sir, what is mean BOID? how to open BOID account ?? I belongs to Sindhupalchok plz help me for field.

  6. Voucher bill no vaneko payment garesi slip ma huna reference code ho ki request unique id ho

    1. Hello Sir,
      The bill number will be the transaction ID.
      For any confusion or queries, please feel free to reach us on Facebook or Viber (+9771234512345).
      Thank you.

  7. Suruma 50 kitta matra bhareko anipachi 200 kitta bharnu paryo bhane feri bharna milcha ki mildaina

    1. नमस्कार सर,
      एक पटक भुक्तानी भइसकेपछि सोही नगरिता नम्बरमा भने अर्को IPO भुक्तानी गर्न मिल्दैन ।

  8. BOID bhaneko demat account kholepaxi auxa, tesko lagi najikko bankma gayera demat account banaune ani tyo number paunuhunxa

    1. Hello Sir,
      Additional charges are not applicable in payment of IPO.

  9. Ma bibaha vayera Sindhupalchok gayko ho. Mero marriage certificate 6a but Nagrikta aru district ko 6a. maile address kaha ho rakhne ho. ali confuse vayo. Yesma clear huna paye ramro hunethiyo.

    1. नमस्कार,
      तपाईंले ठेगाना सिन्धुपाल्चोकको नै राख्न सक्नु हुनेछ । Marriage Certificate को फोटोकापी भने Global IME Capital मा बुझाउनु पर्ने हुन्छ ।

  10. यति विवरण बुझाइसके पछि Global IME Capital बाट विवरण यकिन गरिनेछ र प्रक्रिया अगाडी बढाइनेछ ।
    Yo line le k vaneko? Hamle esewa bata apply garepaxi Global IME ko site ma gayera apply garnu parni ho ki hoina. Please make it clear to me what to do next I have completed to apply ipo from esewa only.

  11. Approved vayo vayana kasari thaha paune k hi jankari pains hajur

  12. global ime ko form ma dp id vaneko k rakhne ho ra client id vaneko k ho bujnunparyooo

    1. नमस्कार सर,
      DP ID भनेको तपाईंको DEMAT खोल्नु भएको Capital को ID हो । Client ID भनेको तपाईंको DEMAT नम्बर हो ।

    1. नमस्कार,
      यो सेवा अहिले सिन्धुपाल्चोकमा लकडाउनका कारण बन्द गरिएको छ । समय अनुकुल भए सँगै सेवा सुचारु गरिनेछ ।

  13. Hello namaskar esewa bata bhotekoshiko payment garisakepaxi receipt kaha mail bata pathaune ho ki global ime capitalko website bata pathaune ho? Ahileta gbl ime capital ko bhotekoshiko site nai khuldainata ? Esewa bata payment matra complete matra vaye paxi hunxa ki aru ni kei process xa hola?

    1. नमस्कार सर,
      यो सेवा अहिले सिन्धुपाल्चोकमा लकडाउनका कारण बन्द गरिएको छ । समय अनुकुल भए सँगै सेवा सुचारु गरिनेछ ।
      इसेवाबाट भुक्तानी भइसकेपछि Global IME Capital को पेजमा गएर फारम भर्नु पर्ने हुन्छ ।

    1. नमस्कार सर,
      यो सेवा अहिले सिन्धुपाल्चोकमा लकडाउनका कारण बन्द गरिएको छ । समय अनुकुल भए सँगै सेवा सुचारु गरिनेछ ।

Comments are closed.