ग्रामीण भेगमा वित्तीय पहुँच पुर्‍याउन इसेवा र सक्षमबिच हस्ताक्षर

Press Meeting between eSewa and UK Aid sakchyam to sign an agreement

इसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नका लागि इसेवा प्रा. ली. ले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरे।

यस सम्झौता मार्फत् स्थापित गरिएका इसेवा क्यास पोइन्टले डिजिटल माध्यम मार्फत् ग्रामीण उपभोक्ताहरूलाई वित्तीय सेवाहरु प्रदान गर्नेछन्। यस परियोजनाको उद्देश्य भनेको वित्तीय सेवाहरुमा आम नागरिकहरूको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकमा नविन डिजिटल वित्तीय सेवाहरूको पहुँच बढाउने कामको प्रवर्द्धन गर्ने हो।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दाहरुलाई वित्तीय सेवामा पहुँच प्रदान गर्नको लागि युके एडको सक्षमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ। हामी इसेवा क्यास पोइन्टको प्रणाली स्थापित गर्नेछौं जसले ग्रामीण भेगमा कम सेवा पाइरहेका वा सेवा नै नपाइरहेका उपभोक्तालाई उत्कृष्ट वित्तीय समाधान प्रदान गर्न सक्छन्। त्यसको नतिजा स्वरुप बढी कारोबार लागत भएका सेवाको विकल्प क्यास पोइन्ट हुन सक्छ र वित्तीय सेवा प्राप्त गर्ने जनसंख्याको हिस्सा पनि वृद्धि गर्नेछ।’

सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौता बमोजिम सञ्चालन भैरहेको एक कार्यक्रम हो। यसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तराष्ट्रिय संस्थाहरुसँको साझदारीमा कार्यान्वयन गरिरहेको छ।

इसेवा नेपाल राष्ट्रबैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स् प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। इसेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको छ।

Source: NepalNews

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

One thought on “ग्रामीण भेगमा वित्तीय पहुँच पुर्‍याउन इसेवा र सक्षमबिच हस्ताक्षर

  1. धेरै धेरै धन्यवाद तपाईंको टिमलाई ग्रामीण क्षेत्रमा ईसेवा बाट भुक्तानी गर्ने माध्यम बनेकाेमा ।

Comments are closed.