पसल सम्म पुगेर रिचार्ज कार्ड किनी हातले कोट्टाउँदै रिचार्ज गर्ने जमाना अब रहेन । आज भोली डिजिटल वालेट साथै बैंकहरुका मोबाईल बैंकिङ्ग एपको कारण टपअप गर्ने प्रकृया निक्कै सहज बनिसकेको छ । मोबाईलमा इसेवा एप खोल्यो, १-२ ट्यापमै तुरुन्तै टपअप । के तपाईं पनि मिनट भरमै टपअप कसरी गर्ने होला भनी सोच्दै हुनुहुन्छ ? आज हामी सिक्नेछौँ इसेवाबाट मोबाईल टपअप गर्ने प्रकृया ।
इसेवाबाट मोबाईल टपअप कसरी गर्ने ?
- सर्वप्रथम आफ्नो इसेवा एप खोली लग इन गर्नुहोस् ।
- एपको होमपेजमा रहेको “टपअप” आईकनमा थिच्नुहोस् ।
- आफुले टपअप गर्न चाहनु भएको मोबाईल नम्बर र रकम भरी प्रोसीड बटनमा थिच्नुहोस् ।
नोट: यदि प्रोमो कोड छ भने “Have a Promo Code?” लेखिएको बटनमा थिचि प्रोमो कोड राखि प्रोसीड बटनमा थिच्नुहोस्।
- देखाइएको विवरण सही छ भनी यकिन गरी कन्फर्म बटनमा थिच्नुहोस् ।
- अन्त्यमा आफ्नो MPIN वा Fingerprint राखी टपअप प्रकृया पुरा गर्नुहोस् ।
