इसेवाबाट मिनट भरमै TopUp गर्नुहोस्!

Recharge

पसल सम्म पुगेर रिचार्ज कार्ड किनी हातले कोट्टाउँदै रिचार्ज गर्ने जमाना अब रहेन । आज भोली डिजिटल वालेट साथै बैंकहरुका मोबाईल बैंकिङ्ग एपको कारण टपअप गर्ने प्रकृया निक्कै सहज बनिसकेको छ । मोबाईलमा इसेवा एप खोल्यो, १-२ ट्यापमै तुरुन्तै टपअप । के तपाईं पनि मिनट भरमै टपअप कसरी गर्ने होला भनी सोच्दै हुनुहुन्छ ? आज हामी सिक्नेछौँ इसेवाबाट मोबाईल टपअप गर्ने प्रकृया । 

Contents

इसेवाबाट मोबाईल टपअप कसरी गर्ने ?

  • सर्वप्रथम आफ्नो इसेवा एप खोली लग इन गर्नुहोस् ।
  • एपको होमपेजमा रहेको “टपअप” आईकनमा थिच्नुहोस् ।
  • आफुले टपअप गर्न चाहनु भएको मोबाईल नम्बररकम भरी प्रोसीड बटनमा थिच्नुहोस् ।

नोट: यदि प्रोमो कोड छ भने “Have a Promo Code?” लेखिएको बटनमा थिचि प्रोमो कोड राखि प्रोसीड बटनमा थिच्नुहोस्।

  • देखाइएको विवरण सही छ भनी यकिन गरी कन्फर्म बटनमा थिच्नुहोस् ।
  • अन्त्यमा आफ्नो MPIN वा Fingerprint राखी टपअप प्रकृया पुरा गर्नुहोस् ।

इसेवाबाट टपअप गर्दा किन थाेरै रकम पाएकाे जस्ताे देखिन्छ ?

रिचार्ज कार्डबाट रिचार्ज गर्नु र इसेवा एपबाट टपअप गर्दा ग्राहकलाई मुल्य उस्तै पर्न आउँछ । जब तपाईंले मोबाईल रिचार्ज वा टपअप गर्नुहुन्छ, स्वामित्व करको लागि झन्डै २% जति रकम काटिएको हुन्छ । याे स्वामित्व कर सरकारलाई तिर्नुपर्ने हुन्छ। साेही कारण जब तपाईंले रू १०० काे टपअप गर्नुहुन्छ, २ % स्वामित्व कर काटी तपाईंले मोबाईलमा ९८.०३ रुपैयाँ प्राप्त गर्नुहुन्छ । अझै, इसेवाबाट टपअप गर्दा तपाईंले थप क्यासब्याक पनि पाउनुहन्छ ।

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

3 thoughts on “इसेवाबाट मिनट भरमै TopUp गर्नुहोस्!

  1. My esewa service of topup has been stopped in ntc but it works on ncell so what should i di next?
    Hope to get reply soon

    1. Hello Miss,
      Please reach out to us in our Facebook messenger, or Viber us at +9771234512345 regarding the Topup issue and our representatives will be there to help you in every way possible.
      Thank you.

Comments are closed.