नेपाल विद्युत प्राधिकरणले खुलाएको विभिन्न पदहरुको दर्खास्त फारम भर्ने प्रक्रिया

नेपाल विद्युत प्राधिकरणले खुलाएको विभिन्न पदहरुको दर्खास्त फारम भर्ने प्रक्रिया

नेपाल विद्युत प्राधिकरणले जागिरका लागि खुलाएको विभिन्न पदहरुको दर्खास्त फारम भर्नका लागि तल दिइएको प्रक्रिया अपनाउनुहोस्:

दर्खास्त फारम भर्नु अघि पदका लागि आवश्यक न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र तयार राख्नुहोला । न्युनतम शैक्षिक योग्यता हेर्नका लागि:

१  नेपाल विद्युत प्राधिकरणको वेबसाईट nea.org.np खोल्नुहोस् ।

२  “Recruitment” सेक्सनमा थिच्नुहोस् र Open सेक्सन भित्र भएको “विज्ञापन तथा सुचनाहरु” मा थिच्नुहोस् ।

३  “खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्ती गर्ने सम्बन्धि सुचना” लेखिएको अप्सनमा थिच्नुहोस् र आवश्यक पर्ने प्रमाणपत्रको बारे जानकारी लिनुहोस् ।

यसरी शैक्षिक योग्यताको प्रमाणपत्र, तालिमको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र सबै तयार पारी आफ्नो ब्राउजरमा career.nea.org.np खोल्नुहोस् । अब दर्खास्त फारम भर्नका लागि:

१ स्क्रीनमा देखाइएको “Register” बटनमा थिच्नुहोस् ।

२ आफ्नो नाम, ईमेल, बुवाको नाम र हजुरबुवाको नाम भरी, अकाउन्टमा प्रयोग हुने पास्वर्ड लेख्नुहोस् र “I am not a robot” मा टिक गरी register गर्नुहोस् ।

३ अब देखाइएको “खुल्ला” अप्सनमा थिच्नुहोस् ।

४ खुलेको पेजमा  आफ्नो नाम, बुवाको नाम, आमको नाम, हजुरबुवाको नाम, जन्म मिति, लिङ्ग साथै नागरिकताको विवरण भरी “Save and Next” बटनमा थिच्नुहोस् ।

५ Contact पेज सेक्सनमा आफ्नो प्रदेश, जिल्ला, नगरपालिका, वडा नम्बर, टोल, घर नम्बर, फोन नम्बर, मोबाईल नम्बर, ईमेल, पत्रचार गर्ने ठेगाना भरी “Save and Next” बटनमा थिच्नुहोस् ।

६ स्क्रीनमा देखिएको “Browse” मा थिची शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपी upload गर्नुहोस् र “Save and Next” बटनमा थिच्नुहोस् ।

७ यसरी नै जागिरी पद सम्बन्धी लिनु भएको तालिमको डिजिटल कपि upload गरी “Save and Next” बटनमा थिच्नुहोस् ।

८ यस्तै गरी अघिल्लो अनुभवको डिजिटल कपि अप्लोड गरी “Save and Next” बटनमा थिच्नुहोस् ।

९ अब खुलेको पेज मा आफ्नो १ MB भन्दा थोरैको पस्स्पोर्ट साइजको फोटो, आफ्नो दर्खास्तको डिजिटल कपि, नागरिक्ता, समावेशी प्रमाणपत्र र अन्य आवश्यक पर्ने कागजातहरु upload गर्नुहोस् र “Save and Next” बटनमा थिच्नुहोस् ।

१० स्क्रीनमा देखाइएको सबै विवरण ठीक छ भनि जाँच गरी “Next” बटनमा थिच्नुहोस् ।

११ आफूले उम्मेद्वारी दिन चाहनुभएको पद खोजी “Apply” बटनमा थिच्नुहोस् र “Save and Next” बटनमा थिच्नुहोस् ।

१२ दर्खास्त शुल्क बुझाउनका लागि देखाइएको अप्सन मध्यमा “इसेवा” थिच्नुहोस् ।

खुलेको पेजमा आफ्नो eSewa ID र पास्वर्ड हाली लग इन गर्नुहोस् र दर्खास्त फारम भर्ने प्रक्रिया

सरल रूपमा पुरा गर्नुहोस् ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.