के हो त तेस्रो पक्ष बीमा (Third Party Insurance)?

Third Party Insurance

तेस्रो पक्ष बीमा भनेको मोटर गाडीको सुरक्षाका लागि गरिने बीमा हो। यस बीमाले बीमा गरिएको गाडीद्वारा तेस्रो-पक्षलाई हुने क्षति तथा हानिबाट मोटर गाडीको मालिकलाई सुरक्षा प्रदान गर्दछ। नेपालमा तेस्रो पक्ष बीमा सबै मोटर गाडीको गर्नुपर्ने आवश्यकता रहेको छ र साथै यस्को समयमा प्रिमियम भुक्तानी गर्नु पनि त्यति नै महत्वपूर्ण छ।  तसर्थ, मोटर बीमा हुनु अत्यन्तै महत्त्वपूर्ण छ किनकि यसले दुर्घटना वा क्षतिको अवस्थामा सुरक्षा र मानसिक शान्ति प्रदान गर्दछ। 

तेस्रो पक्ष बीमाले तपाईंको गाडीबाट अरुलाई हुने क्षति जस्तै शारीरिक चोटपटक वा मृत्युको खण्डमा हुने आर्थीक जोखिमबाट तपाईंलाई जोगाउँन मदत गर्दछ। 

अब तपाईं पनि समयमै आफ्नो प्रिमियम भुक्तानी इसेवाबाट गरी आफुलाई सुरक्षाको घेरा भित्र राख्न नबिर्सनु होला।  इसेवाबाट हाललाई तपाईं Shikar Insurance को तेस्रो पक्ष बीमा (Third Party Insurance) प्रिमियम भुक्तानी गर्न सक्नु हुनेछ। इसेवाबाट तेस्रो पक्ष बीमाको Payment गरेपछि तपाईंले तुरुन्तै आफ्नो ईमेलमा आफ्नो Policy Receipt प्राप्त गर्नु हुनेछ। 

इसेवाबाट प्रिमियम भुक्तानी यसरी गर्नुहोस्: 

  1. इसेवा एपको Home Page मा भएको “Government Payment” मा जानुहोस्। 
  2. अब “Third Party Insurance” मा थिच्नुहोस्। 
  3. आफ्नो सबै विवरण भरि “Proceed” गर्नुहोस्। 
  4. अब आफ्नो विवरण यकिन गरेर “Confirm” गर्नुहोस्। 

बीमाका फाइदाहरू यस प्रकार छन्:

  • आर्थिक सहायता: दुर्घटना भएको खण्डमा सवारी साधनका मालिकहरुलाई कानूनी दायित्वहरूले बाध्ने गर्दछ जसले आर्थिक घाटा हुने सम्भावाना रहन्छ, यस्तै समयमा तेस्रो पक्ष बीमाले आर्थिक सहयोग प्रदान गरी आर्थिक घाटाबाट बचाउन मदत गर्दछ। 
  • कानूनी औपचारिकता पूरा गर्दछ: नेपालको कानुन अनुसार सबै सवारी साधनको तेस्रो पक्ष बीमा हुनु अनिवार्य रहेको छ। यसरी तपाईंको बीमाले तपाईंलाई कानुनी औपचारिकता पूरा गर्न मद्दत गर्दछ।   
  • मानसिक शान्ति सुनिश्चित गर्दछ: तेस्रो पक्ष बीमाले तपाईंको सवारीलाई सुरक्षाको घेरा भित्र राखी तपाईंलाई शान्ति र कुनै चिन्ता बिना ड्राइभ गर्न मद्दत गर्दछ। 
  • लागत प्रभावी नीति (Cost-Effective Policy): कुनै पनि दुर्घटनाको मामलामा वास्तविक लागत धेरै पुग्छ भन्ने कुरा त तपाईं हामीलाई राम्ररी नै थाहा छ, तेस्रो पक्ष बीमाले तपाईंलाई त्यहि खर्च हुनबाट जोगाउँदछ।

यसरी तपाईंले हालका लागि इसेवाबाट आफ्नो 2-Wheelers को प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ भने 4-Wheelers को भुक्तानी पनि छिटै नै उपलब्ध हुनेछ। 

नोट: मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको खण्डमा भने यस बीमाले सुरक्षा प्रदान गर्ने छैन। 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

3 thoughts on “के हो त तेस्रो पक्ष बीमा (Third Party Insurance)?

Comments are closed.