नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड-ऋण तमसूक

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

NATIONAL LIFE INSURANCE COMPANY LIMITED

लाजिम्पाट, पो.व.नं.४३३२ काठमाडौं, नेपाल

 

तमसूक

लिखितम तल अनुसूचीमा उल्लेख गरिएक बमोजिमका म हामी ऋणले ऋणीहरुले आजका मितिमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (यसपछि बीमक भनी उल्लेख भएको) बाट उक्त अनुसूचीमा उल्लेखित बीमालेख बीमक समक्ष मैले हामीले धितो राखी सोही अनुसूचीमा उल्लेखित रकम ऋणस्वरुप प्राप्त गरेकोले यसै कागजातद्वारा म हामी स्वयं तथा मेरा हाम्रा उत्तराधिकारीको हकमा समेत बीमक तथा बीमकको उत्तराधिकारीसँग देहाय बमोजिमको शर्त कबुलियत गरिदिएको का छु छौं।

१)उल्लेखित बीमालेख ऋण रकम र त्यस सम्बन्धमा बीमकले व्यहोर्नु पर्ने अरु खर्च समेतको असुलीको निमित्त बीमक र बीमकका उत्तराधिकारीसँग धितो रहनेछ।

२)बीमीतले लिएको ऋण रकम तोकिएको कार्यालय समयभित्र यस बीमकको कार्यालय वा तोकिएको स्थानमा भुक्तानी गर्न सकिनेछ । ऋण रकमको साँवा वा व्याज भुक्तानी भएपश्चात मात्र धितोमा रहेको जीवन बीमा लेख सम्बन्धित बीमितले फिर्ता पाउनेछ।

३)यस तमसुकको अनुसूचिमा उल्लेख भए बमोजिमको वा समय–समय बीमकले तोकेको दरले प्रत्येक वर्ष चक्रवृद्धि व्याज दर त्यपछिको व्याज भुक्तानी मितिदेखि मात्र लागु हुनेछ।

४)बीमकले २ महिनाभित्र ऋण रकम फछ्र्यौट गर्न भनी सूचना दिनसक्नेछ, सो सूचना पाएको ३ महिनाभित्र साँवा र व्याजसमेत जोड्दा हुने एकमुष्ट रकम बीमकको उल्लेखित कार्यालयमा बुझाउनु पर्नेछ।

 ५)ऋण रकमको आंशिक भुक्तानी स्वीकार गर्न बीमक र बीमकको उत्तराधिकारी बाध्य हुने छैन।

 ६)यदी कुनै अवस्थामा कर्जा रकम र तिर्न बाँकी व्याज रकम सम्पूर्ण मूल्यभन्दा बढी भएमा बीमालेखको सामान्य शर्त बमोजिम बीमकले कुनै पनि समय वीमालेख जफत गरी ऋण रकम र तिर्न बाँकी व्याज असुल उपर गर्न सक्नेछ।

७)यस बीमकद्वारा प्रदान गरिएको ऋण रकम वा त्यसको कुनै अंश भुक्तान नहुँदै बीमालेखको अवधि समाप्त भएमा वा बीमितको मृत्यु भई दाबी पर्न गएमा अवधि भुक्तानी वा मृत्यु दावी वापत बीमकले भुक्तानी गर्नु पर्ने रकमबाट उपरोक्त ऋण सम्बन्धी बाँकी रहेको सम्पूर्ण साँवा र व्याज रकम समेत कटाई बाँकी हुन आएको रकम मात्र बीमित वा निजको कानूनी हकवालालाई उपलब्ध गराइने छ।

उपरोक्त शर्तहरु मेरो आफ्नो मनोमान खुशी राजीले स्वीकार गरि उल्लेखित ऋण, त्यसको व्याज र सम्बन्धित खर्च समेतको धितोमा मैले/हामीले आजका मितिमा अनुसूचीमा उल्लेखित बीमालेख त्यस बीमक र बीमकका उत्तराधिकारीलाई सुपर्द गरी दिएँ दियौं।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.