KYC लाई “Know Your Customer” प्रक्रिया भनेर चिनिने गरिएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थानहरूले आफ्नो ग्राहकको पहिचान गर्नका लागि यो सेवा प्रयोग गर्दै आइरहेका छन्। यस प्रक्रियाले ग्राहकहरूलाई आफूले दाबी गरेको व्यक्ति आफै नै हुन् भनी सुनिश्चित गराउछ भने साथमा विभिन्न फाइदाहरु पनि प्रदान गर्दछ जस्तै, अनलिमिटेड रकम Merchant लाई भुक्तानी गर्न मिल्ने, सजिलै इसेवाबाट आफ्ना प्रियजन, आफन्त तथा साथिहरुलाई बैंकमा रकम पठाउन सक्नु हुनेछ, इसेवामा आइ रहने विभिन्न फाइदाहरु/Cashback Offer मा सहभागी भइ मज्जा लिन सक्नु हुन्छ र देश अनि विदेशबाट पठाएको Remittance सिधै आफ्नो इसेवामा प्राप्त गर्न सक्नु हुन्छ। Verified ग्राहकहरुले Bills Payment गर्दा Limit को चिन्ता नलिएर नै ढुक्क भई सबै कारोबार गर्न सक्नु हुन्छ। यति भएपछि आनन्द भएन त ?
KYC Verify गर्न व्यक्तिगत विवरणका लागि चाहिने कागजातहरू यस प्रकार छन्:
- Citizenship/License/Passport
- Passport size photo
तपाईंले पनि अहिले सम्म आफ्नो KYC Verify गर्नु भएको छैन भने अब ढिला नगरी व्यक्तिगत विवरण बुझाउनुहोस् र इसेवाले जहिले ल्याउने Cashback तथा अरु उपहारहरका Offer मा सहभागी भइ जित्ने मौका पाउनुहोस्।
KYC भरे पछि Verify हुनका लागि कति समय कुर्ने त?
व्यक्तिगत विवरण बुझाए पश्चात तपाईंले २४-४८ घण्टामा इसेवा खाता भेरीफाइ भएको सूचना नोटिफिकेसन मार्फत प्राप्त गर्नु हुनेछ । Verified भएको हेर्न तपाईंले आफ्नो Profile मा गई Profile Photo तल Verified लेखेर आएको हरियो Tick देख्न सक्नु हुनेछ। (यदि दियिएको समयमा KYC प्रमाणित भएन भने केहि कारणवश अस्वीकृत भएको जानकारी गराउदछौँ।)
KYC Verification प्रक्रियाका फाइदाहरु यस प्रकार छन्:
- तपाईंले ढुक्क भई रु. २५०० भन्दा बढीको कारोबार गर्न सक्नु हुनेछ र कुनै पनि Merchant लाई Bill भुक्तानी गर्दा Limit को चिन्ता लिनुपर्ने छैन।
- सजिलै इसेवाबाट आफ्ना साथीभाइ, घर परिवार तथा आफ्ना अरु नजिकका व्यक्ति हरुलाई बैंक खातामा पैसा पठाउन सक्नुहुनेछ।
- इसेवामा ग्राहकहरुका लागि सधै जसो फाइदा जनक अफरहरु चलिरहेका हुन्छन तपाईंले पनि KYC Verify भएपछि सहभागी भई उपहारको लाभ लिन सक्नुहुन्छ।
- तपाईंको घर परिवारले Western Union मार्फत तपाईंले पठाएको पैसा सिधै इसेवामा प्राप्त गर्न सक्नुहुनेछ।
इसेवामा KYC Verify भइसके पश्चात प्रयोगकर्ताहरुले दिनमा इसेवा देखि इसेवा, इसेवा देखि बैंक साथै अरु कता र दिनमा कति Transactions गर्न मिल्छ भन्ने तपाईंहरुले यहाँ गएर जानकारी लिन सक्नुहुनेछ: https://bit.ly/bankchargelimit
यदि तपाईं अझै KYC Verified हुनुहुन्न भने अब ढिला नगर्नुहोस् है।
Thakyoh esewa
Hi
म इसेवा लॉगिन गरी आफ्नो विभिन्न कारो बरो सजिलो संग बुलक्तानी गर्न पाऊँ
Kyc
Hello sir
Kyc kaseri garne ho demo
Dinus hajur
नमस्ते सर,
प्रक्रिया जान्नका लागि हजुरले यो भिडियो हेर्न सक्नुहुनेछ:https://bit.ly/WhyKYCisneeded
धन्यवाद
म ई- सेवा मार्फत मेराे ब्यवसाय मा धेरै मद्दत पुर्याउछ भने मलाई पुर्ण विश्वास छ । म ढुक्क साथ विश्वास लाग्छ कि याे सेवाले मलाई टेवा प्राप्त मिल्छ ।