इसेवा के हो रहेछ त ?

इसेवा के हो

इसेवा नेपालकै पहिलो मोबाइल वालेट हो जहाँबाट उपयोगकर्ताहरुले तुरून्तै आफ्नो मोबाइल फोन र इन्टरनेटबाट बिल भुक्तानी गर्न, पैसा पठाउन र प्राप्त गर्न सक्नुहुनेछ। 

इसेवाबाट उपयोगकर्ताहरुले सहज र सरल तरिकाले विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ। इसेवाको प्रयोगबाट मोबाईल रिचार्ज, बिजुली बिल, खानेपानी बिल, ईन्टरनेट बिल, टिभी भुक्तानी, फिल्म टिकट, एयरलाईन्स र बस टिकटको भुक्तानी गर्न सक्नुहुनेछ। यसका साथै इसेवाबाट बीमा प्रीमियम भुक्तानी, स्कुल र कलेज शुल्क भुक्तानी, अनलाइन खाजा अडर, अनलाइन शपिंग तथा क्रेडिट कार्ड बिल भुक्तानी पनि गर्न सकिन्छ।

इसेवा प्रयोग गरेर घरमै बसी बसी बिल तिर्न सक्नुहुनेछ भने काउन्टर धाई राख्ने झन्झट भएन, नगद ट्रान्स्फर गर्न बैंक दौडि राख्न परेन न त मोबाईल रिचार्ज गर्न पसल जान पर्यो जस्ले गर्दा उपयोगकर्ताको समयको बचत हुनुको साथै आर्थिक लागत पनि कम हुन्छ। यसको साथै आफ्नो खर्चको विवरण पनि सहज रुपमा हेर्न सकिन्छ भने पैसा चोरी हुने डर पनि हुँदैन ।

आफ्नो इसेवा खातामा पैसा राख्न उपयोगकर्ताहरुले इसेवाबाटै मोबाईल बैंकिङ अथवा इन्टरनेट बैंकिङ मार्फत राख्न सक्नुहुनेछ। मोबाईल बैंकिङ अथवा इन्टरनेट बैंकिङ नभएको खन्डमा उपयोगकर्ताहरुले बैंकमा गई आफ्नो इसेवा खातामा पैसा डिपोजीट गर्न सक्नुहुनेछ ।  नजिकैको इसेवा क्यास पोईन्टमा गएर पनि इसेवा खातामा पैसा हाल्न सक्नुहुनेछ। अथवा आफ्नो साथीभाई मार्फत पनि इसेवा खातामा पैसा जम्मा गर्न सक्नुहुनेछ।

आजै इसेवा डाउनलोड गरी सरल र सजिलो बिल भुक्तानीको फाइदा उठाउनुहोस् ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.