इसेवाबाट बीमा शुल्क भुक्तानी गरी लखपति बन्नुहोस्।

Insurance Lakhpati

हामीले एउटा खुशी जीवन र भविष्यका लागि कति धेरै सपना सजाएका हुन्छौँ  है? अनि जीवन भरी मिहिनेत गरेर आफ्नो र आफ्ना परिवारका लागि सुन्दर सपनाको संसार बनाउन लागि परेका हुन्छौँ। तर जीवनमा कतिबेला के हुन्छ भन्ने त कसैलाई पनि थाहा हुदैन, हामीले कहिले सपनामा पनि नसोचेको कुरा हुन पुग्छ। त्यहि भएर हामी सबैले आफुलाई प्रिय र मूल्यवान सबै कुराको बीमा गर्ने गरेका छौँ, जस्तै जीवन बीमा। बीमाले जीवनमा आउन सक्ने सबै वित्तीय जोखिम विरुद्ध हामीलाई सुरक्षा प्रदान गर्न सक्छ। तर जीवन बीमाको प्रिमियम नियमित रहेमा मात्र जोखिम बहन हुने भएकाले समय मै प्रिमियम बुझाउन महत्वपूर्ण छ। 

हामीले यहि महत्व बुझेर आफ्ना ग्राहकवर्गका लागि एकदम राम्रो र फाइदा जनक अफर लिएर आएका छौँ। यस अफर अन्तर्गत इसेवाबाट आफ्नो जीवन बीमा शुल्क भुक्तानी गर्ने भाग्यशाली एकजना विजेताले रु. १ लाख जित्नु हुनेछ भने साथमा हरेक दिन एकजना  विजेताले रु. १,००० जित्नु हुनेछ। 

तपाईं पनि आजै इसेवाबाट बीमा शुल्क भुक्तनी गरी लखपति बन्ने मौका पाउनुहोस् साथमा दैनिक रु. १००० पनि जित्न सक्नुहुनेछ । 

अफरका नियम र सर्तहरू यस प्रकार छन्:

  1. यो योजना ज्येष्ठ ०५ देखी भाद्र ०४, २०७९ सम्मका लागि लागु हुनेछ ।
  2. अफरमा सहभागी हुन ग्राहकहरुले कुनै पनि जीवन बीमाको प्रिमियम इसेवाबाट नै नवीकरण गर्नु पर्ने हुन्छ।
  3. एकजना भाग्यशाली विजेताले रु. 1 लाख जित्नु हुनेछ भने साथमा विजेताका एजेन्ट र शाखा कार्यालय दुवैले पनि रु २०,००० प्राप्त गर्नु हुनेछ।
  4. आयकर ऐन अनुसार रु. १ लाखका विजेतालाई २५% कर लागु हुनेछ ।
  5. दैनिक रु. १,००० पुरस्कार विजेताहरु हरेक हप्ताको शुक्रबार घोषणा गरिनेछन्।
  6. आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।
  7. इसेवाले कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार सुरक्षित गर्दछ।
  8. इसेवाले आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार सुरक्षित गर्दछ।
  9. अफरमा भाग लिएर, सहभागीहरूले प्रस्ताव कार्यक्रमको व्यवस्थापन र आयोजनालाई सहज बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरू, विज्ञापन, मार्केटिङ र कुनै पनि प्रशासनिक मामिलाहरूको उद्देश्यका लागि प्रयोग गर्न इसेवालाई सहमति र सहमति प्रदान गर्छन्।
  10. रु. 1 लाखको विजेता अभियान समाप्त भएको एक हप्ता भित्र घोषणा गरिनेछ।  

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

50 thoughts on “इसेवाबाट बीमा शुल्क भुक्तानी गरी लखपति बन्नुहोस्।

  1. पुरस्कार परे नपरेको हामिले कसरी थाहा पाउने हजुर ।

    1. नमस्ते सर,
      प्रस्तावका विजेताहरू घोषणा हाम्रो Social Media Channels द्वारा हुनेछ। जान्नको लागि कृपया हाम्रो Social Media Channels Follow गर्नुहोस्।
      धन्यवाद

Comments are closed.