Search

सामुदायिक विध्धुत संस्था सेवा शुल्क सम्बन्धमा

सामुदायिक विध्धुत संस्था सेवा शुल्क सम्बन्धमा
मितिः२०७९/०९/११

श्री सबै सामुदायिक विध्धुत संस्था

विषयः सेवा शुल्क सम्बन्धमा।

महोदय, उपरोक्त सम्बन्धमा यस इसेवा प्रा. लि. र सामुदायिक विध्धुत संस्थाहरु बिच सहकार्य भई उपभोक्ताहरुलाई विद्युत्तिय माध्यम मार्फत सामुदायिक विध्धुतको महशुलको भुक्तानी सेवा प्रदान गर्दै आइरहेको व्यहोरा सर्वविदितै छ। सामुदायिक विध्धुत संस्थाहरुसँग सहकार्य गरि कार्य गर्न पाउँदा इसेवा गौरवान्वित हुनुका साथै संस्थाहरुप्रति कृतज्ञता समेत व्यक्त गर्दछ। इसेवाले सामुदायिक विध्धुत महशुलको भुक्तानी सेवा यसरी निशुल्क प्रदान गर्दै आईरहेकोमा सो भुक्तानी सेवालाई थप स्तरिय र प्रभावकारी बनाउनका निम्ति देहायका मितिबाट उपभोक्ताहरुलाई तपशिल बमोजिम सेवा शुल्क लागु हुने व्यहोरा जानकारीका लागी सादर अनुरोध छ ।

सेवा शुल्कः क्र. सं. विवरण                                  रकम                लागु हुने मिति १. प्रत्येक भुक्तानी कारोवारमा        रु. ७ ।–          २०७९।१०।०१ गते