इसेवा प्रयोग गरी Send Money मार्फत नि: शुल्क पैसा पठाउनुहोस्

Use इसेवा to send money and receive it any where, any time.

इसेवाले विगत १० वर्ष देखि अनलाईन भुक्तानी सेवा प्रदान गर्दै ग्राहकहरुको जीवन सहज बनाउनमा सफल भएको छ । इसेवाको मोबाईल एप्लिकेसन तथा वेब एप्लिकेसन प्रयोग गरी ग्राहकहरुले नि: शुल्क एक अर्कालाई पैसा पठाउन सक्नुहुनेछ। अहिलेको अवस्थामा घर बसेर नै एक व्यक्तिले अर्को व्यक्तिलाई रकम पठाउन मिल्ने सुविधा अझै प्रचलित हुँदै गएको छ ।

इसेवा प्रयोग गरी रकम कसरी पठाउने ?

ग्राहकहरुले रकम पाउने व्यक्तिको मोबाईल नम्बर अथवा QR कोड प्रयोग गरी रकम पठाउन सक्नुहुनेछ।

मोबाईल नम्बर प्रयोग गरी रकम पठाउने प्रक्रिया:

१ आफ्नो इसेवा एप खोली लगिन गर्नुहोस् (यदी एप छैन भने डाउन्लोड गर्नुहोस्)

२ “Send Money” मा थिच्नुहोस् ।

३ रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर दाखिला गर्नुहोस् ।

४ पठाउन चाहनुभएको रकम दाखिला गर्नुहोस् ।

५ रकम पठाउनुको कारण छान्नुहोस् र “Remarks” भर्नुहोस् ।

६ विवरण सबै ठीक छ भनी जाँच गरी Confirm मा थिच्नुहोस् ।

७ आफ्नो MPIN/Fingerprint/Password प्रयोग गरी रकम पठाउने प्रक्रिया पुरा गर्नुहोस् ।


इसेवाको सम्पुर्ण सुविधा प्रयोग गर्नका लागिइ आजै KYC भर्नुहोस् । KYC प्रकृयाको विस्तृत जान्कारी का लागि: यहाँ थिच्नुहोस् 


QR कोड मार्फत रकम पठाउने प्रक्रिया:

१ आफ्नो इसेवा एप खोली लगिन गर्नुहोस् (यदी एप छैन भने डाउन्लोड गर्नुहोस्)

२ “Scan & Pay” को आइकनमा थिच्नुहोस् ।

३ रकम पाउने व्यक्तिको QR कोड स्क्यान गर्नुहोस् ।

[नोट: रकम प्राप्त गर्ने व्यक्तिको QR कोडका लागि उहाँको इसेवा एप खोली “Scan & Pay” आइकनमा थिची “My QR” मा थिच्नुहोस्]

४ पठाउन चाहनुभएको रकम दाखिला गर्नुहोस् ।

५ रकम पठाउनुको कारण छान्नुहोस् र “Remarks” भर्नुहोस् ।

६ विवरण सबै ठीक छ भनी जाँच गरी Confirm मा थिच्नुहोस् ।

७ आफ्नो MPIN/Fingerprint/Password प्रयोग गरी रकम पठाउने प्रक्रिया पुरा गर्नुहोस् ।

इसेवाकाे सुविधा र अफरहरु बारे जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।