SMS पठाउने तरिका | MPIN Reset | New Device |

तपाईंले नयाँ फोनबाट इसेवा चलाउन खोज्दै हुनुहुन्छ? वा, पुरानो MPIN बिर्सिनुभएर नयाँ MPIN चयन गर्न खोज्दै हुनुहुन्छ? यदी हो भने, तपाईंले आफ्नो नै इसेवा खाता चलाउन खोज्दै हुनुहुन्छ भनेर प्रमाणित गर्नका लागि तपाईंले SMS पठाउनुपर्ने हुन्छ। 

तपाईंले SMS पठाउँदा केही समस्या भोगिरहनु भएको बारे हामी अवगत छौँ। सोही अनुसार तपाईंले SMS पठाउन खोज्दा आइपर्न सक्ने समस्या र तीनको समाधान हामीले यस व्लगमा उल्लेख गरेका छौँ।  

SMS नजान सक्ने कारणहरू र तिनको समाधान

तपाईंले SMS पठाउन खोज्दा SMS नजान पनि सक्छ। त्यसको लागि के कस्ता कारणहरू हुन सक्छन् त? आउनुहोस्, हामी ती कारण र त्यसको समाधानबारे पनि बुझौँ।

क. तपाईंको सिम कार्डमा मेसेज पठाउनलाई पर्याप्त ब्यालेन्स नभएको हुन सक्छ। कृपया आफ्नो सिम कार्डमा ब्यालेन्स राख्नुहोला।

ख. तपाईंको मोबाइलमा टावर नटिपेको पनि हुन सक्छ। कृपया टावर टिप्ने ठाउँबाट पुन: प्रयास गर्नुहोला। 

ग. इसेवा खातामा प्रयोग गर्नुभएकै सिम कार्ड प्रयोग गरी SMS पठाउनुहोला। तपाईंको इसेवा खातामा प्रयोग भएको मोबाइल नम्बर बाहेकको अन्य नम्बरबाट मेसेज पठाउनु भएमा, तपाईंलाई OTP आउनेछैन।

घ. तपाईंले झुक्किएर पठाउनुपर्ने मेसेजमा केही थपघट गर्नुभएको हुन सक्छ। सिस्टमबाट स्वत: आउने उक्त मेसेजमा केही पनि थपघट नगरी पठाउनुहोला।

ङ. तपाईंले आफ्नो फोनबाट मेसेज पठाउनका लागि फोनको default messaging app बाहेक अन्य कुनै एप (जस्तै: Facebook Messenger,  Truecaller) रोज्नुभएको भए पनि मेसेज पठाउन नमिल्न सक्छ। मेसेज पठाउनका लागि फोनकै default messaging app प्रयोग गर्नुहोला। 

च. मेसेज पठाउनका लागि तपाईंको फोनमा भएको मेसेज पठाउने एपसँग तपाईंले स्वीकृति (Permission) दिनु नभएको पनि हुन सक्छ। धेरै इसेवा प्रयोगकर्ताले यही समस्या झेलिरहनुभएको छ।  

आफ्नो फोनमा Permission कसरी दिने, थाहा पाउनका लागि तलको बटनमा क्लिक गर्नुहोला। तपाईंले यहाँ पालना गर्नुपर्ने प्रक्रियाको साथमा सहायताका लागि स्क्रिनशट (Screenshot) पनि पाउनुहुनेछ।

माथि उल्लेखित प्रक्रिया नयाँ भर्जनको सबै एन्ड्रोइड् मोबाइलमा पालना गर्न मिल्नेछ। तथापि, कुनै कुनै फोनमा माथि उल्लेखित प्रक्रिया पालना गर्नको लागि नमिल्न पनि सक्छ। यदि तपाईंको फोनमा माथिको प्रक्रिया पालना गर्न मिलेको छैन र  तपाईंको फोन तल उल्लेखित मध्ये कुनै हो भने, आफ्नो फोनको मोडल अनुसारको बटनमा क्लिक गर्नुहोला। तपाईंले पालना गर्नुपर्ने प्रक्रिया स्वत: देखिनेछ।

SMS पठाउन केही समस्या आएमा अथवा OTP नआएमा कृपया हाम्रो ग्राहक सेवा केन्द्रको NTC का लागि शुल्क नलाग्ने Toll Free नम्बर 1660 01 02121 मा वा Ncell को नम्बर 9804442435 मा सम्पर्क गर्न सक्नुहुनेछ।

नयाँ फोनबाट इसेवा चलाउने पूर्ण प्रक्रिया विस्तृतमा थाहा पाउनका लागि:
ब्लगको लिंक: https://blog.esewa.com.np/device-reset/ 

आफ्नो इसेवा खाताको पुरानो MPIN बिर्सिएर नयाँ MPIN बनाउने पूर्ण प्रक्रिया विस्तृतमा थाहा पाउनका लागि:
ब्लगको लिंक: https://blog.esewa.com.np/process-to-change-mpin/ 
भिडियोको लिंक: https://www.youtube.com/watch?v=-60FrbKU_A0  

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.