Ntc Sim Additional Commission

 

एनटिसी प्रिपेड मोवाइल (GSM) सिमकार्डमा पोइन्टहरुका लागि थप कमिशन सम्बन्धमा

आदरणीय महानुभावहरु, तपाइहरुको सल्लाह, सुझाव लाइ मनन गर्दै सन् २०१७ सेप्टेम्वर १, देखि लागु हुने गरी तालिकामा उल्लेखित  दरमा थप कमिशनको व्यवस्था गरिएको जानकारी गराउंदछौ ।

क्र. सिम संख्या (प्रतिमहिना) थप कमिशन
०-३० हाल लागु भएको कमिशन
३१-९० रु. १० प्रति सिम
९१+ रु. १५ प्रति सिम


नोट : यस योजनामा सहभागी हुनको लागि सुचारु भएको सिमको शतप्रतिशत फर्म अनिवार्य रुपमा बुझाइएको हुनुपर्नेछ र बिश (२०) दिन पहिलाको सिमकार्डहरु अनिवार्य रुपमा सुचारु भएको हुनुपर्नेछ ।
 
योजनामा सहभागी हुन पालना गर्नुपर्ने शर्त तथा नियमहरु :
 
योजना एनटिसी प्रिपेड मोवाइल (GSM) सिम कार्डमा मात्र लागु हुनेछ ।
योजनाको गणना अग्रेजी क्यालेन्डर अनुसार गरिनेछ ।

  • तपाईले पाउनुपर्ने रकम तपाइकै इसेवा आइडीमा अर्को महिनाको दोस्रो हप्ताभित्र इसेवा मार्फत भुक्तानी गरिनेछ ।
  • त्यसको लागि इसेवा पोईन्टहरुले आफुले सुचारु गराइसकेको प्रिपेड मोवाइल (GSM) सिमको शत प्रतिशत आवेदन फाराम बुझाएको हुनुपर्नेछ ।
  • जुनसुकै कारणले भएतापनि सुचारु (Activated)  भएका सिम मध्ये अर्को महिनाको पहिलो हप्ताभित्र शत प्रतिशत आवेदन फाराम सम्बन्धित व्यक्ति (eSewa Zone) लाई बुझाउन नसक्नु भएको खण्डमा यो योजनामा सहभागिताको लागि दाबी गर्न पाउनु हुने छैन् ।
  • यसरी बुझाएका फारमहरुको अभिलेख बनाइ अभिलेखमा फारम बुझने व्यक्ति (eSewa Zone) को दस्तखत अनिवार्य रुपमा गराई सुरक्षित राख्नुपर्नेछ र आबस्यक परेमा  [email protected] मा अर्को महिनाको दोस्रो हप्ताभित्र ईमेल गर्नुपर्नेछ ।
  • साथै सेप्टेम्वर (SEPTEMBER) १०, २०१७ भन्दा अगाडि आफ्नो इसेवा पोईन्टको प्यानलमा उपलब्ध (Dispatch) भएका सिमकार्डहरु अनिवार्य सुचारु (Activate) भइसकेको हुनुपर्नेछ छ । यदि सिमकार्डहरु सुचारु हुन बाँकी रहेमा सिमकार्ड सम्बन्धीत इसेवा जोन (eSewa Zone) लाई अनिवार्य रुपमा बुझाएको हुनुपर्ने छ ।
  • योजनामा सहभागिताको लागि प्रतिमहिना ३१ (एकतिस) भन्दा बढी सिम कार्ड बेच्नुपर्नेछ  ।


उदाहरणको लागिः  यदि तपाईले सेप्टेम्वर (SEPTEMBER)  महिनामा आफ्नो प्यानलबाट जम्मा ९१ (एकानब्य) वटा सिमकार्ड सुचारु (ACTIVATE) गराउनुका साथै सेप्टेम्वर (SEPTEMBER)  भन्दा अगाडि सुचारु भएका सिम कार्डको शतप्रतिशत फारम र सेप्टेम्वर (SEPTEMBER)  १० भन्दा अगाडी लगिएका शतप्रतिशत सीम कार्डहरु सुचारु गराई अक्टोवर (OCTOBER) महिनाको पहिलो हप्ता भित्र शतप्रतिशत फारम आफ्नो जोनलाई उपलब्ध गराउनुभयो भने तपाइले पाउनुपर्ने थप कमिशन रकम ९१*१५ = रु. १३६५ (तेर्ह सय पैशठ्ठि रुपैयाँ मात्र) तपाइको इसेवा खातामा अर्को महिनाको दोस्रो हप्ताभित्र उपलब्ध गराइने छ ।

थप जानकारीको लागि
९८०१०७९००१ मा सम्पर्क
अथवा

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.