NEA Payment

१. NEA Online सिस्टम के हो?

हालसम्म ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै eSewa ले विद्यूत प्राधिकरणद्वारा अनलाइन बिल भुक्तानी गर्न सकिने सेवा सुचारु गरेको छ जसले गर्दा ग्राहकले आफ्नो बिजुलीको बिल तुरुन्त  इसेवाबाट भुक्तानी गर्न सक्ने छन् ।

 

२. इसेवाबाट NEA बिल कसरी तिर्ने?

बिल तिर्नको लागी तल उल्लेखित प्रकृया अपनाउनुहोस्  ।

इसेवाको वेबपेजः eSewaको home page मा login गरी Electricity Bill Payment मा गई काउण्टर छानी आफ्नो बिलमा भएको SC No.अनि Consumer ID राख्नुहोस् । तपाईंको तिर्नुपर्ने रकम देखे पश्चात, submit गर्नुहोस् ।

इसेवाको मोबाइल APP बाट आफ्नो बिलमा भएको SC No.अनि Consumer ID राखी रकम भरेर पनि बिल तिर्न सकिन्छ ।

अथवा आफ्नो नजिकैको इसेवाको आधिकारिक पसलमा गई बिल बुझाई तिर्न सकिन्छ । आफ्नो नजिकैको इसेवा आधिकारिक पसलको जानकारीको लागि ​: https://goo.gl/NHLCM2

 

३. इसेवाबाट NEA बिल तिर्दा कुनै शुल्क लाग्छ कि लाग्दैन ?

इसेवा मार्फत स्वयम आफैले NEA को बिल तिर्दा रु. ५०० सम्म कुनै शुल्क लाग्ने छैन । रु. ५०० देखि रु. ५ लाख सम्मको बिल भुक्तानीमा प्रत्यक कारोबारमा रु. ५ शुल्क लाग्नेछ।

 

४. यस अनलाइन NEA भुक्तानी सेवाको विशेषता के छन् ?

– आफ्नोे भुक्तनी गर्नुपर्ने रकम बुझी तुरुन्तै तिर्न सकिने ।

– दैनिक रुपमा काउनटरहरु थपिने ।

– भुक्तानी तुरुन्तै भई सो भुक्तानी गरेकोे रकम २४ घण्टामा भुक्तानी गरेको काउनटरमा जम्मा भैसक्ने।

 

५. इसेवाबाट NEA को बिल भुक्तानी गर्दा छुट अनि जरिवानाको हिसाब मिलन कसरी हुन्छ?

इसेवाबाट बिल तिर्दा रिबेट अनि जरिवाना नेपाल विद्यूत प्राधिकारणको नियम अनुसार नै हुनेछ (सो जानकारीको लागि आफ्नो बिलको पछाडी हेर्न सकिन्छ) जुन आफै सिस्टमबाट हरेक दिन समायोजन भई महसुल देखिनेछ ।

क्रम संख्या बिल आएको दिन प्रतिशत
१ देखि ७ दिन सम्म २% रिबेट
८ देखि १५  दिन सम्म बिल अनुसार महसुल भुक्तानी
१६ देखि ३० दिन सम्म ५% जरिवाना
३१ देखि ४० दिन सम्म १०% जरिवाना
४० दिन भन्दा बढि २५% जरिवाना

 

६. इसेवाबाट NEA को कुन शाखाहरुको बिल तिर्न सकिन्छ ?

हाल इसेवा मार्फत ग्राहकले भक्तपुर, चापागाँउ, रत्नपार्क, पुल्चोक, भरतपुर, पोखरा, इटहरी, बुटवल जस्तै १७०  काउण्टरहरुको भुक्तानी गर्न मिल्छ साथै अरु काउण्टरहरु चाँडै नै थपिने छन् ।

 

७. इसेवाबाट NEA बिल तिर्दा, भुक्तानी गरिएको रसिद पाइन्छ कि पाईदैन ?

पाईन्छ, भुक्तानी भए पश्चात तपाईंले आफ्नो इसेवा एकाउण्टको स्टेटमेन्टमा PDF फर्म्याटमा भुक्तानी गरिएको विवरण  प्राप्त गर्नुहुनेछ जसलाई आधिकारिक रसिद मानिने छ ।

 

८. Balance Inquiry गर्दा देखिएको रकम भुक्तानी गरेपछी पनी अझै बाँकी रकम देखाउछ, किन ?

तपाईंले आफ्नो रकम तिरेपछी NEA को  system मा उक्त विवरण भोली पल्ट कार्यालय  समयमा update गरिने छ । त्यसैले  गर्दा  हजुरकोमा रकम भुक्तानी गरेपछी पनी अझै बाँकी रकम देखिएको हुनसक्छ ।

 

९. बिलमा आएको रकम भन्दा बढी रकम तिर्न मिल्छ की मिल्दैन ?

तपाईंले आफ्नो बिलमा आएको रकम भन्दा बढी रकम तिर्न मिल्छ।

 

१०. Meter Reader ले बिल काटेर  जानु भयो, तर Balance Inquiry गर्दा बिल भुक्तानी रकम  देखिएन, किन ?

NEA को System मा  बिल Update नभएको कारण  हजुरको  बिल भुक्तानी रकम नदेखिएको हो ।

 

११. मैले कुन समयमा बिल भुक्तानी गर्दा  ठीक होला ?

तपाईंले बिल भुक्तानी गर्दा जहिले पनि बिहानको १० बजे पछी भुक्तानी गर्नुहोला ।

 

Disclaimer: यस सिस्टममा देखाइएको रकम दैनिक रुपमा समायोजन हुने भएकोले आफ्नो रकम, रिबेट अनि जरिवाना आफैले बुझी विद्यूत महशुल तिर्नहुन अनुरोध गरिन्छ ।

 

थप जानकारीका लागि:

[email protected]

Viber: +९७७ १२३४५१२३४५

टोलफ्री न.: १६६०-०१-०२१२१ र १८१०२१०२१२१

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.