Cash IN भन्नाले eSewa Cash Point को खाताबाट ग्राहकको इसेवा खातामा रकम प्रवाह गर्ने प्रकृयालाई जनाउछ । ग्राहकको इसेवा खातामा रकम राख्नका लागि नियुक्त एजेन्टलाई eSewa Cash Point भनिन्छ।
इसेवा ग्राहक वर्गको हकमा
कुनै पनि इसेवा ग्राहकले आफ्नो इसेवा खातामा महिनाको रु. १०,००० सम्म निःशूल्क Cash IN गर्न सक्नेछ सक्नुहुनेछ । तोकिएको सिमा भन्दा बढि Cash IN गरेमा हरेक Cash IN मा सोहि ग्राहकलाई थप Cash IN रकम को 0.5% शुल्क लागु हुनेछ । योे सिमा हरेक अंग्रेजी महिना अनुसार गणना हुनेछ ।
Contents
इसेवा ग्राहकलाई Cash IN को सिमा
Profile | प्रती कारोबार अधिकतम रकम |
दैनिक अधिकतम कारोबार रकम |
दैनिक अधिकतम कारोबार रकम शंख्या |
मासिक अधिकतम कारोबार रकम |
मासिक अधिकतम कारोबार शंख्या |
VERIFIED | १०,००० | २५००० | १० | १,००,००० | १०० |
UNVERIFIED | ५,००० | ५,००० | ५ | १०,००० | १०० |
इसेवा ग्राहकलाई कुनै पनि eSewa Cash Point ले अतिरिक्त शूल्क माग गरेमा तुरुन्त हाम्रो टोल फ्रि नंः १६६००१०२१२१ मा सम्पर्क गर्नु होला अथवा हाम्रो Viber Number. +९७७ १२३४५१२३४५ मा सम्पर्क गर्नु होला ।
इसेवा ग्राहकलाई Cash Out
Cash Out भन्नाले ग्राहकको इसेवा खाताबाट Cash Point को eSewa खातामा रकम प्रवाह गर्ने र सो बमोजिम ग्राहकले नोट लिनुहुने प्रकृयालाई जनाउछ ।
कुनै पनि इसेवा ग्राहकले Cash Out गर्न चाहनुभएमा Cash Outको कुल रकमको १% शुल्क चार्ज लाग्नेछ ।
Cash IN गर्नको निम्ति eSewa Cash Point चिन्ह अंकित पसलमा जानु होला । eSewa Cash Point बाहेकको पसलहरुमा अतिरिक्त शूल्क माग गर्न सक्छन् ।