इसेवा मार्फत भुक्तानी गर्दा सेवा शुल्कमा 13% VAT लागू गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
यही मिति २०८१/०९/१७ (१ जनवरी, २०२५) देखि इसेवाले प्रदान गर्दै आएको सेवाहरु केहि लागू हुने सेवा शुल्कमा अतिरिक्त १३% VAT लागू हुने व्यहोरा जानकारी गराउँदछौ ।
Contents
VAT भनेको के हो ?
VAT (मूल्य अभिवृद्धि कर) भनेको एक प्रकारको अप्रत्यक्ष कर हो जुन उत्पादन वा वितरणको प्रत्येक मुल्य अभिवृद्धि हुँदा लगाइन्छ। VAT प्रणाली सामान्यतया विश्वका धेरै देशहरूमा प्रयोग छ भने कुनै देशहरुमा यसलाई वस्तु तथा सेवा कर (GST) भनेर पनि भनिन्छ । यो कर सामान्यतया अन्तिम उपभोक्ता द्वारा सेवा सुविधा लिए वापत भुक्तान गरिन्छ भने व्यवसायहरूले यसलाई सरकारको तर्फबाट संकलन गर्ने गर्छन्।
13% VAT लागू हुनु भनेको के हो ?
कारोबारमा 13% VAT लागु हुनु भनेको इसेवाका सेवाहरु प्रयोग गरे वापत लाग्ने सेवा शुल्कमा १३% मूल्य अभिवृद्धि कर लाग्नु हो । तपाईंले अब इसेवाबाट कुनै-कुनै सेवाहरूको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा १३% मूल्य अभिवृद्धि कर लागू हुनेछ।
यस परिवर्तनको कारण के हो?
नेपाल सरकारले विद्युतीय कारोबारमा लगाएको मूल्य अभिवृद्धि करको नियमले गर्दा इसेवाबाट हुने विद्युतीय कारोबामा पनि १३% मूल्य अभिवृद्धि कर लागू गर्न थालिएको हो। यस व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन हालै सर्वोच्च अदालतले खारेज गरेको थियो।
के अब इसेवाको सम्पूर्ण सेवाहरुमा VAT (मूल्य अभिवृद्धि कर) लाग्छ ?
१३% मूल्य अभिवृद्धि कर (VAT) इसेवाको सम्पूर्ण सेवाहरूमा लागू हुँदैन। यो कर हाललाई DEMAT/Mero Share Renewal, Subscription Fee, सरकारी भुक्तानी, खानेपानी महसुल भुक्तानी, शैक्षिक शुल्क भुक्तानी, SIP, EMI, तथा ब्रोकर भुक्तानी जस्ता सेवा शुल्क लाग्ने सेवाहरूमा मात्र लागू हुन्छ।
हामी तपाईको साथ सहयोगको अपेक्षा सहित यस सम्बन्धी केही प्रश्न वा जानकारीका लागि हाम्रो ग्राहक सेवामा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।