बडा दशैं, तिहार तथा छठको यहाँहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना !!!
चाडपर्वको यस माहोलको आगमनसँगै तपाईंहरुको उमङ्गलाई थप उचाई दिन इसेवाले लिएर आएको छ “उत्सवको बहार, हप्तै पिच्छे उपहार” योजना । पोहोर सालको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै, यस वर्ष पनि हामीले यस आकर्षक योजनलाई निरन्तरता दिने अठोटका साथ यहाँहरु सामु उपस्थित भएका छौँ । मोटरसाइकल देखि सपिङ्ग भौचर, फुड भौचर साथै अन्य विभिन्न उपहार जित्ने मौका अब तपाईंहरु सामु आएको छ ।
हर्षोल्लासका साथ चाडपर्व मनाउने क्रममा इसेवाबाट कुनै पनि बिल भुक्तानी गर्नुहोस् र यस आकर्षक उपहारहरुमा आफ्नो नाम छाप्नुहोस् । Grand Prize मा TVS Apache RTR 160 2V र Missio को तर्फबाट आकर्षक सपिङ्ग भौचर साथै अरु विभिन्न उपहार जित्नुहुनेछ । उपलब्ध उपहारहरुको थप जानकारी तल दिइएको छ ।
TVS Apache RTR 160 2V एक भाग्यशाली विजेताले पाउनु हुनेछ भने Missio को तर्फबाट ६ जनालाई (३ जनलाई पहिलो हप्तामा र बाँकी ३ जनलाई अन्त्यमा) ५,००० रुपैयाँ बराबरको भौचर र २० जनालाई १,५०० रुपैयाँ बराबरको भौचर (हरेक हप्ता) रहेको छ । साथसाथै ACDC को तर्फबाट १ जनालाई mobile र १ जनालाई CG Vacuum cleaner, Daraz को तर्फबाट २ जनालाई १०,००० रुपैयाँ बराबरको भौचर र ४ जनालाई ५,००० रुपैयाँ बराबरको भौचर र Miniso को तर्फबाट ३ जनालाई ३,००० रुपैयाँ बराबरको भौचर बम्पर उपहारका रुपमा रहेका छन् । Sasto Tickets बाट २ जोडीका लागि पोखरा भ्रमण साथै निम्न उपहारहरु जित्नु हुनेछ ।
Prizes | Details |
Vision Concern |
Rs. 1,500 worth 10 vouchers
|
KKFC |
Rs 1,000 worth 20 vouchers
|
TFT |
Rs 5,000 worth 4 vouchers
|
Daraz |
Rs 1,000 worth 12 vouchers
|
Ben Nevis ice cream |
Rs 2,000 worth 9 vouchers
|
ACDC |
Rs 1,000 worth 10 vouchers
|
Bhoj |
Rs 500 worth 30 vouchers
|
Gyapu | Re.1 game |
Miniso |
Rs. 1,000 worth 10 voucher + Rs. 3,000 worth 3 vouchers in the first week
|
Aamayra Fashion House |
1 product + Rs.300 worth 20 vouchers
|
Lane 88 |
Rs 1,000 worth 10 vouchers
|
UFO |
Rs 500 worth 20 vouchers
|
Philips | One product |
Design’s Atelier |
Rs 1,000 worth 10 vouchers
|
TITAN |
Rs 1,000 worth 10 vouchers
|
Maya Crafts |
Rs 1,000 worth 10 Vouchers
|
Yeti Strong |
Rs 1,000 worth 10 vouchers
|
Ceramic pro |
Rs 1,000 worth 10 vouchers
|
INA |
3 gifts and Rs.1,000 worth 6 vouchers
|
eSewa Privilege |
50 Subscriptions worth Rs. 180
|
**Grand Prize बाहेकका उल्लेखित उपहारहरु हरेक हप्ता प्रदान गरिनेछ ।
**Grand Prize का विजेताहरु यस अफरको अन्त्य पछि घोषणा गरिनेछ ।
यस अफरमा सहभागी हुँदा लागु हुने सर्तहरु यस प्रकार छन्:
१. KYC भेरीफाइ भएका प्रयोगकर्ताहरुलाई यो अफर मान्य छ ।
नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागी रिक्वेस्ट पठाई मंसिर ५ भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ।
२. यो अफर हाम्रा सबै प्रयोगकर्ता र एजेन्टहरुका लागि उपलब्ध छ ।
३. यस अफरमा कार्तिक १ देखि मंसिर ५ सम्म सहभागी हुन सकिनेछ ।
४. विजेता घोषणा भएको 30 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । विजेताले तोकिएको समय भित्र पुरस्कार दाबी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।
५. विजेताहरुले पुरस्कार प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता/ड्राईभिङ लाईसेन्स/पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
नोट: उक्त आधिकारिक कागजपत्र सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मिल्नु पर्छ ।
६. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।
७. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।
८. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्याउने अधिकार राख्दछ ।
९. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
१०. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।
नेपाल सरकारको नियम बमोजिम Jagadamba TVS Apache RTR 160 2V विजेताले कर तिर्नु पर्ने छ ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
All right
यसमा सहभागीता कसरी हाे हुने
नमस्कार सर,
इसेवाबाट कुनै पनि बिल भुक्तानी गरी यस अफरमा भाग लिन सक्नु हुनेछ ।
kyc पूरा भएको न भएको भनेर कसरी थाहा पाउने?
नमस्कार सर,
KYC भेरीफाइ भएको छ भने तपाईंले आफ्नो प्रोफाइलमा गइ हेर्दा verified भनेर देख्नु हुनेछ । verified भनेर छैन भने रिक्वेस्ट पठाउनु होला ।
गजबको अफर
अहिलेसम्म कुनै सुको उपहार प्राप्त गर्न सकिएन।Let’s hope this time.
KYC फाराम कसरि प्रमाणित हुन्छ
नमस्कार सर,
KYC बुझाउने प्रकृयाका लागि यस लिंकमा गइ हेर्नुहोला ।
https://youtu.be/277JPJPJiIM
Kasari sahabhagi hune ho dashain offer ma.
Hello Sir,
You just need to make bill payments from eSewa to be eligible for the offer.
Thank you.
Hoina yo kyc vaneko k ho
नमस्कार सर,
KYC भनेको तपाईंको व्याक्तिगत विवरण हो ।
esewa point banera chaluna thaleko 3 yera katyo tara aaj samma esewa bat puraskar swarup 1 Rupaiya paako xaina .
Good
Agent मार्फत verify भएको इसेवा मा परेको price चाई एजेन्ट लाई जान्छ कि customer लाई।।
नमस्कार सर,
जुन ID बाट सहभागिता जनाउनु हुनेछ, सोही ID ले जित्नु हुनेछ ।
How to join in this program?
Hello Sir,
You just need to make any bill payments from eSewa to be eligible for the offer.
Thank you.
esewa मा भएका जनै सेवा बाट पेमेन्ट गरेमा पनि यो अफर मा सहभागि हुन पाउने हो र ? कम्तिमा कति रकम बराबरको पेमेन्ट गर्नु पर्ने हो ? त्यो पनि जानकारी पाए राम्रो हुनेथियो
नमस्कार सर,
रकमको सीमितता छैन । जतिको पनि बिल भुक्तानी गर्न सक्नु हुनेछ ।
Good
अगजबको अफर सरकार बडा दसै २०७७ को हार्दिक शुभकामना
नमस्कार सर,
तपाईंलाई पनि बडा दशैं,तिहार र छठको हार्दिक मंगलमय शुभकामना ।
Try to your luck👍🏻
Good
Ramro sewa ko lagi dhannebad
HAPPY VIJYADASMI 2077 NO HARDIK MANGALMAY SUBHAKAMNA🌷
Offer is really nice … Hope everyone like it …