शिक्षक सेवा आयोगको माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन -२०७८ दस्तुर अब सजिलै इसेवाबाट बुझाउनुहोस् र अनुमति पत्र भरेर बुझाउन लाग्ने समयमा आफ्नो परीक्षाको तयारी गर्नुहोस्।
प्रक्रिया निम्नानुसार लिखित छ:
१) सर्वप्रथम आयोगको आधिकारिक दरखास्त प्रणाली https://license.tsc.gov.np/ मा जानुहोस् ।
२) लग-इन गरि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताको विवरण,तालिमको विवरण र संलग्न कागजातहरुको विवरण पुरा भर्नुहोस् ।
३) “हाल खुलेका विज्ञापनहरु” खन्डमा जानुहोस् र “माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन – २०७८” को दाँयामा रहेको Apply Now मा थिच्नुहोस् ।
४) आवश्यक विवरण भर्नुहोस्
५) दस्तुर बुझाउन पृष्ठको अन्त्यमा रहेको “परीक्षा शुल्क जम्मा गर्न बैंक छनोट गर्नुहोस्” मा गएर राष्ट्रिय वाणिज्य बैंक अथवा नेपाल बैंक छान्नुहोस् ।
६) अब तपाईंले चित्रमा देखाए बमोजिमको भौचर प्राप्त गर्नुहुनेछ ।
७) भौचरमा उल्लेखित कारोबार संकेत नम्बरलाई आफ्नो इसेवा (एप अथवा वेब ) मा रहेको “Government Payment” भित्र “Teachers Service Commission” मा रहेको “EBP Number” खण्डमा राख्नुहोस् , “Amount” खण्डमा १००० राख्नुहोस् ।
८) आफ्नो विवरण रुजु गरी भुक्तानी सम्पन्न गर्नुहोस् ।
May be i will be the winner💓🇳🇵
Ana kahile khulxa.
Good service