आजैबाट आफ्नो व्यवसायमा QR Code राखी डिजिटल माध्यमबाट भुक्तानी लिनुहोस् ।

scan to pay using QR code

QR Code मा आधारीत भुक्तानी भनेको के हो ?

फोनपे QR Code भुक्तानी, विद्युतीय भुक्तानीको नबिनतम प्रबिधी हो जस्मा आफ्नो मोबाइल फोनमा भएको बैंकिङ एप अथवा इसेवा एप मार्फत स्क्यान गरेर आफुले चाहेको रकम भुक्तानी गर्न सकिन्छ । यो प्रबिधीबाट रकम भुक्तानी गर्न नगद रकम बोकिराख्नु पर्दैन । तपाईंकोमा आउने ग्राहकहरुले आफ्नो मोबाइल फोन मार्फत तपाईं कहाँ रहेको QR Code स्क्यान गरेर तिर्नु पर्ने रकम तपाईंलाई विद्युतीय रुपमा तिर्नेछन जस्को जानकारी तपाईंलाई तुरुन्तै SMS मा प्राप्त हुनेछ ।

QR Code मार्फत भुक्तानी लिदा का फाईदा हरु के के हुन ?

  • विद्युतीय कारोबार हुनाले चुस्त अनी सुरक्षित हुने
  • खुद्रा पैसा को झन्झट नहुने
  • नगद चोरी हुने, हराउने झन्झटबाट छुटकारा
  • रकम प्राप्त भएको जानकारी तुरुन्त SMS बाट प्राप्त हुने
  • QR मार्फत भुक्तानी लिदा नोट मार्फत सन्क्रमणहुन सक्ने बिबिध रोग बाट सुरक्षित भइने
  • प्राप्त रकम स्वत: आफ्नो बैंक खाता अथवा इसेवा खाता मा दिन को अन्त्य मा जम्मा हुने ,साथै आफुले चाहेको खण्डमा जुन सुकै समयमा पनि रकम जम्मा गर्न सकिने
  • नेपाल सरकारले ल्याएको विद्युतीय भुक्तानी मा १०% VAT रकम फिर्ता मार्फत आफ्ना ग्राहकहरुलाई सुबिधा दिन सकिने
  • फोनपे Merchant app बाट आफुले प्राप्त गरेको रकम को Statement हेर्न र बैंक(अथवा इसेवा) मा जम्मा भएको रकमको विवरण हेर्न सकिने
  • फोनपे सन्जालमा आबद्ध ५० भन्दा बढी बैंक तथा बित्तीय संस्थाका प्रयोगकर्ताहरुले सजिलै तपाइलाई रकम भुक्तानी गर्न सक्नुहुनेछ।

QR Code सुबिधा लिन कति शुल्क तिर्नु पर्छ ?

QR Code सुबिधा हाल निशुल्क रहेको हुँदा यो सेवा प्रयोग गरे बापत तपाईंले अनी तपाईंकहां रकम भुक्तानी गर्न आउने ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

QR Code सुबिधा लिन कहां सम्पर्क गर्ने ?

QR Code सुबिधा लिन हामीलाई हाम्रो इमेल [email protected] अथवा हाम्रो सम्पर्क नम्बर १६६०-०१-०२१२१ अथवा हाम्रो भाइबर नम्बर ९८६८८४२१२१ मा सम्पर्क गर्नुहोस ।

1 Comment

Comments are closed.