Search

इसेवा प्रयोग गरी बिजुलीको महशुल भुक्तानी गर्नुहोस् ।

इसेवा प्रयोग गरी बिजुलीको महशुल भुक्तानी गर्नुहोस् ।

प्रत्येक नेपाली नागरिकले मासिक बिजुली बिल भुक्तानी गर्ने क्रममा कहिले चर्को घाममा लामो लाइन बस्नु पर्छ, भने कहिले, ढिलो भएर जरिवाना तिर्नुपर्ने डरले आफ्नो दैनिक तालिकामा पुनः तालिका बनाउन पर्नेहुन्छ । यस्तै समस्याहरुबाट मुक्त पार्न अन्लाईन पेमेन्टको सुविधा सुरु भईसकेको छ जसको उपयोगले ग्राहकहरुले जति बेला पनि आफ्नो बिजुलीको महशुल आफ्नै मोबाईलबाट सजिलै भुक्तानी गर्न सक्नुहुन्छ । 

महसुल भुक्तानी गर्दा चाहिने सम्पूर्ण विवरण हजुरको बिलमा नै दिइएको हुन्छ । बिलमा S.C. नम्बर हुन्छ, जस्को ढाँचा यस्तो (309.11.012A) रहेको हुन्छ, जहाँ बीचको भागले बिल आएको मितीलाई जनाउँछ। त्यस्तै गरी, त्यहाँ Customer ID हुन्छ जस्को ढाँचा यस्तो (612320) रहेको हुन्छ। 

साथै बिल प्राप्त भएको एक हप्ता भित्र भुक्तानी गर्नु भएमा छूट पनि पाउनुहुनेछ।

मोबाईल प्रक्रिया: 

१. इसेवामा लग इन गर्नुहोस् । 

२. विद्युत आइकनमा क्लिक गर्नुहोस्।

३. Click गर्नु भएपछी, आफ्नो NEA काउन्टर, S.C. number र Customer ID राखेर, proceed option मा क्लिक गर्नुहोस् । 

४. Click गर्नु भएपछी, हजुरको बिल रकम देखाइने छ, रकम निश्चित गरेर proceed गर्नुहोस् ।

५. Proceed गर्नु भएपछि, MPIN राखेर confirm गर्नुहोस् । 

वेबसाइट प्रक्रिया:

१. इसेवामा लग इन गर्नुहोस्।

२. पृष्ठको बायाँ तिर “Electricity & Water” मा क्लिक गर्नुहोस्।

३. विद्युत अन्तर्गत, “Nepal Electricity Authority” मा क्लिक गर्नुहोस्।

४. आफ्नो काउन्टर छान्नुहोस् र आफ्नो S.C. नम्बर र Customer ID हाल्नुहोस् र अगाडि बढ्नुहोस्।

५. त्यसपछि तपाईंको विद्युत प्राधिकरणको सम्पूर्ण विवरण हेरी महसुल भुक्तानी गर्नुहोस् । 

सबै करोबारको विवरणहरू इसेवामा रेकर्ड गरिनेछ र आवश्यक परेको बेला तपाईंले हेर्नको साथै प्रिन्ट पनि गर्न सक्नुहुनेछ। 

तपाईं जहाँ भए पनि, भुक्तानीको विवरणहरू तपाईंको हातमा हुनेछ र तपाईंको आफ्नो आरामदाइ समयमा बसी बसी बिल भुक्तानी गर्न सक्नुहुनेछ।