अब इसेवामा पैसा राख्नुहोस् किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विगत १५ वर्ष भन्दा बढी समय देखि ग्राहकलाई सुविधा प्रदान गर्दै आएको छ । कृषि लगायतका सामाग्रीहरु ॠणमा दिने सेवाबाट सुरु भएको यो सहकारीले आजभोली ग्राहकलाई आर्थिक लेन्देन तथा अरु सिमित बैँकिङ्ग सेवा समेत प्रदान गरिरहेको छ । ग्राहकहरुले सेभिङ, डिपोजिट, तथा ॠणको सुविधा लिन सक्छन् र साथै मोबाईल बैँकिङ्गको पनि लाभ उठाउन सक्छन् ।

ग्राहकको सहजताका लागि यस सहकारी संस्थाले eSewa Fonepay Pvt. Ltd. सँग सम्झौता गरेको छ । अब, किसान बहुउद्देश्यीय सहकारी संस्थाका ग्राहकवर्गले सजिलै eSewa मा पैसा हाली विभिन्न सेवा का लागि अन्लाईन बिल भुक्तानीको फाइदा उठाउन सक्नेछन् । किसान बहुउद्देश्यीय सहकारीको मोबाईल बैँकिङ्गबाट eSewaमा पैसा हाली ग्राहकवर्गले आफ्नो मोबाईल रिचार्ज्, बिजुली को बिल, इन्टेरनेटको बिल, हवाइजाहाजको टिकट, बस टिकट, तथा अरु थुप्रै सेवा को अन्लाईन भुक्तानी गर्न सक्नुहुनेछ ।