एक दशक अगाडी दैनिक आवश्यकता सेवाहरूकाे बिल भुक्तानी गर्न नेपालमा सेवा प्रदायककाे काउन्टर अगाडी लामाे घुइँचाे देख्ने गरिन्थ्यो। आज प्रविधिकाे विकास र बैँक तथा वित्तिय संस्था साथै डिजिटल वालेटहरूकाे स्थापना र सार्थक प्रयास सँगै ग्राहकहरूले सजिलै आफ्नै माेबाइलमा रहेकाे इसेवा एप वा वेबसाइट मार्फत भुक्तानी गर्न सक्दछन्। ग्राहकहरूकाे सहजताका लागि हामीले निरन्तर धारा, बत्ती, टपअप, अनलाइन शपिङ्ग जस्ता धेरै भन्दा धेरै सेवाहरू इसेवामा आवद्ध गराइ रहेका छाैँ ।
सेवा प्रदान गर्ने क्रममा ग्राहकहरूले धेरै पटक सरकारी भुक्तानीकाे उपलब्धता बारे जिज्ञासा राख्नुहुन्छ। सो सेवा इसेवामा अब उपलब्ध भएको छ र कर दाताहरुले सजिलै आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सक्नु हुनेछ । याे सुविधा इसेवामा उपलब्ध भए सँगै अब तपाईंले सम्पत्ती कर, व्यवसाय कर, तथा अन्य सेवा शुल्क इसेवाबाटै बुझाउन सक्नुहुन्छ ।
इसेवाबाट आन्तरिक राजस्वमा शुल्क भुक्तानी कसरी गर्ने?
१. सर्वप्रथम आन्तरिक राजस्व कार्यालयकाे वेबसाइट खाेल्नुहाेस् ।
२. अब ‘करदाताकाे पाेर्टल’ मा थिच्नुहाेस् र बाँया पट्टि रहेकाे “General” मा थिची भित्रकाे “Taxpayer Login” मा थिच्नुहाेस् ।
३. अबकाे पेजमा स्थायी लेखा नम्बर र प्रयाेगकर्ताकाे नम्बरमा आफ्नाे व्यवसयाकाे स्थायी लेखा नम्बर (PAN number) भरी पास्वर्ड भरी अगाडी बढ्नुहाेस् ।
४. अब “Payment Voucher” मा थिच्नुहाेस् ।
५. रकम जम्मा हुने बैंकमा “एभरेष्ट बैंक लि.” वा “राष्ट्रिय वाणिज्य बैंक लि.” वा “ग्लोबल आइएमई बैंक लि.” वा “एन आई सी एशिया बैंक लि.” वा “कुमारी बैंक लिमिटेड” वा “नेपाल बैंक लिमिटेड” वा “कृषि विकास बैंक लिमिटेड” छान्नुहाेस् ।
६. अब रकम बुझाउन चाहनुभएकाे करकाे प्रकार, राजस्व शिर्षक, र कर बापत छानी राजस्व रकम भर्नुहाेस् । आर्थिक वर्ष साथै टि.डि.एस छानी “Generate Transaction Code” मा थिच्नुहाेस्।
७. अब पेजमा देखाइएकाे Transaction Code टिपी इसेवाकाे वेबसाइट खाेल्नुहाेस् ।
८. यहाँ Government Payment मा रहेकाे “Inland Revenue Department (IRD)” मा थिच्नुहाेस् ।
९. अब EBP Number मा अगाडी टिप्नुभएकाे Transaction Code भर्नुहाेस् र पुनः शुल्क भरी “Check” मा थिच्नुहाेस् ।
१०. देखाइएकाे विवरण सबै ठिक छ भन्ने निश्चित गरी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहाेस् ।
तपाईंले शुल्क बुझाउने कार्य सफल भयाे कि भएन भनी राजस्वकाे वेबसाइटमा हेर्न सक्नुहुन्छ । भुक्तानी सफल भएपश्चात “पुरानाे भुक्तानीकाे अवस्था” मा “Complete” भनेर देखिनेछ ।
राम्रो लाग्यो …..
THANK YOU ESEWA- COVID-19 अबस्थाले गर्दा लाइन मा लागन र भीड़भाड़ माँ जान निकै कठिन थियो | हजूर हरुले त्यसलाई सहज पारिदिनु भयो | आगामी दिन मा अरु नया फीचर्स हरु पानी देखन पाऊ |
#समीर भण्डारी
Sawari sadhanko karpani esewa batai tirne bebasta bhaya jhanai ramro hunthyo
नमस्कार सर,
सो सेवा पनि छिट्टै उपलब्ध हुनेछ ।
transaction limit कति हो ?
Hello Sir,
There is no transaction limitation as such. However, the limitation is applicable for the balance you can hold in eSewa wallet for the payment to be done.
Thank you.
esewa bata tax tirnako lagi everest bank choose garnu vannuhunxa but tyaha everest bank ko option nai aaudaina kina testo vayako ?
Hello Sir,
The Everest Bank is to be chosen in IRD’s site rather than in eSewa. In eSewa, the payment is to be done by inserting the EBP number. For any confusion, please feel free to reach us on Facebook or Viber (+9771234512345).
Thank you.
Do we need to have an Everest Bank account to pay tax via Esewa?
Hello Sir,
You do not need to have Everest Bank in order to pay Tax via eSewa.
Thank you
This is great service from esewa
यो प्रणालीको प्रकिया पुरा भएको नभएको भनेर verify कसरी गरीन्छ ?
जानकारी पाउँ। धन्यवाद।
नमस्कार सर,
तपाईंले इसेवामा EBP नम्बर राखी भुक्तानी गरे पश्चात पुन: ird.gov.np गएर लग इन गरी हेर्दा Paid भनेर बसेको हुन्छ । केहि समस्या भएमा वा सहायता चाहिएमा हामीलाई फेसबूक वा Viber (+9771234512345) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
It would be more easy if this app can include public service commission examination fee payment service also.
Hello Sir,
Thank you for your warm suggestion. The service shall be available as per the convenience in future.
esewa bat motor bike r gadi haruko renu garn milch
ki nai
नमस्ते सर,
याे सुविधा हालका लागि इसेवामा उपलब्ध छैन। हामीले याे सुविधा छिट्टै नै इसेवामा उपलब्ध गराउनेछाैँ ।
धन्यवाद ।