हाम्रो रु. ११ अफरको लोकप्रियता र तपाईंहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै हामी पुनः यो अफर लिएर उपस्थित भएका छौँ । यसपाली भने रु. ११ मा Smart TV जित्ने सुनौलो अवसर यहाँहरु सामु रहेको छ । मात्र रु. ११ मा एक भाग्यशाली विजेताले CG को ५५ इन्चको Smart TV जित्नु हुनेछ भने १० जना भाग्यशालीले इसेवामा रु १,००० प्राप्त गर्नुहुनेछ । यो अफरमा सहभागि हुँदा ग्राहकहरुले रु. ११ बुझाउनु पर्ने हुन्छ जुन मोबाईल टपअपको रुपमा फिर्ता गरिनेछ ।
अफरमा सहभागि हुन यहाँ क्लिक गर्नुहोस्।
यस अफरमा सहभागि हुदा निम्न शर्तहरु लागु हुनेछन् :
१. यो अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूलाई लागू हुनेछ ।
[नोट: KYC प्रमाणित गरिनसकेका प्रयोगकर्ताले यस अफरमा सहभागी हुँदा KYC प्रमाणिकरणका लागि रिक्वेस्ट पठाई जुलाई १५, २०२१ (असार ३१, २०७८) भित्रमा प्रमाणित गरिसक्नुपर्नेछ। ]
२. यस अफरमा असार ६ देखि असार ३१ (20 June – 15 July) सम्म सहभागी हुन सकिनेछ ।
३. यस अफ अन्तर्गत बुझाइएको रु. ११ तपाईंले दाखिला गर्नु भएको मोबईल नम्बरमा मोबाईल टपअपका रुपमा 1 working day मा फिर्ता गरिनेछ।
४. विजेता घोषणा भएको 15 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ । यदि विजेताले तोकिएको समय भित्र पुरस्कार दावी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ।
५. CG Smart TV विजेताले उक्त TV प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजात (नागरिकता/ ड्राईभिङ लाईसेन्स/ पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
[नोट: उक्त आधिकारिक कागजात सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मेल खानुपर्नेछ ।]
६. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो । यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन।
७. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।
८. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।
९. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्याउने अधिकार राख्दछ ।
१०. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
११. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन् ।
१२. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन ।
१३. यस अफरको विजेता घोषणा श्रावण ८ गते गरिनेछ ।
१४. एउटा इसेवा ID ले जति पटक पनि भाग लिन सक्नु हुनेछ।
नेपाल सरकारको नियम बमोजिम Smart TV विजेताले कर तिर्नु पर्ने छ ।
अफरमा सहभागि हुन निम्न प्रक्रिया पूरा गर्नुहोस् :
१. इसेवामा लग इन गरी “Popular Services” मा जानुहोस्
२. यहाँ “Rs. 11 offer” मा जानुहोस्
३. अब मोबाईल टपअप हुने नम्बर दाखिला गरी Rs. 11 offer छान्नुहोस्
४. अब Proceed मा क्लिक गरी विवरण पुन: यकिन गरी Confirm मा क्लिक गर्नुहोस् ।
यसरी तपाईंको भुक्तानी सफल भएको छ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
