इसेवाबाट वैदेशिक रोजगारीका लागि जादा बुझाउनु पर्ने कल्याणकारी कोषको रकम देखि म्यादी बीमा शुल्क संगसँगै बागमती प्रदेशको सवारी दर्ता प्रमाण पत्र (Blue book) नविकरण र तेस्रो पक्ष बीमा (Third Party Insurance) इसेवा बाटै गर्न मिल्ने भए लगत्तै अब राहदानीको दस्तुर पनि इसेवाबाट नै बुझाउन मिल्ने सुविधा आइसकेको छ ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले नेपाली नागरिकहरुलाई पासपोर्ट अधिनियम २०२४, पासपोर्ट नियम २०६७, पासपोर्ट निर्देशन २०६७, ICAO Standard र अन्य सम्बन्धित सरकारी नियमहरु अनुसार पासपोर्ट र कानूनी रुपमा योग्य व्यक्तिहरुलाई यात्राका लागि आवश्यक कागजात जारी गर्दछ। यस विभागको स्थापना २०६८ साल माघ महिनाको १२ गते भएको हो । पासपोर्ट विभाग पारदर्शी, कुशल, उत्तरदायी, शीघ्र, पूर्वानुमान योग्य र सुरक्षित सेवा प्रदान गर्नका लागि प्रतिबद्ध छ।
(Source: https://nepalpassport.gov.np/about-us/)
यस ब्लग मार्फत राहदानीको दस्तुर भुक्तानी गर्ने प्रक्रिया जान्नुहोस् ।
१. सर्वप्रथम Pre Enrollment :: Department of Passport – Nepal (nepalpassport.gov.np) मा गइ आफ्नो विवरण दाखिला गरी Pre- Enrollment फारम भर्नुहोस् ।
२. Department of Passports को आधिकारिक Website Online Payment (nepalpassport.gov.np) मा गइ आफ्नो फारमको Reference ID (Bar Code) र फारम अनुसारको जन्म मिति (A.D. Format: YYYY-MM-DD.) मा भरी Get Details मा जानुहोस् ।
३. अब Create New Voucher मा गइ नयाँ Voucher तयार गर्नुहोस् ।
४. यहाँ Purpose मा रहेको Service Code (14227) छानी र Description भरी Next Step मा Click गर्नुहोस् ।
५. यहाँ Request Code प्राप्त गर्नुहुनेछ । अब Request code राखी आफ्नो विवरण यकिन गरी Proceed to payment मा Click गर्नुहोस् ।
६. अब रकम भुक्तानी गर्ने विकल्पमा इसेवा रोजी आफ्नो इसेवा ID र पास्वर्ड दाखिला गरी तोकिएको रकम राखी भुक्तानी गर्नुहोस् ।
७. राहदानी विभागमा गइ राहदानीका लागि आवेदन दिदा इसेवाबाट भुक्तानी गर्नु भएको रसिद प्रिन्ट गरी विभागमा उपलब्ध गराउनुहोस् ।
कन्सुलर प्रमाणीकरणको शुल्क बुझाउने प्रक्रिया यहाँ बाट जान्नुहोस् : https://bit.ly/consularpayment
राहदानीको दस्तुर बुझाउनु अघि अनिवार्य थाहा पाउनु पर्ने कुराहरु यस लिंकमा गइ हेर्नुहोस्: https://bit.ly/ThingstoknowDoP
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
lat no.