पोखरा उद्योग वाणिज्य संघ (Pokhara Chamber of Commerce and Industry – PCCI) उद्योगी/व्यवसायीहरुको हक हितको लागि सन् 1955 मा स्थापना भएको संस्था हो । त्यति बेला यो संस्था पोखरा व्यापार संघ (Pokhara Merchant Association) को नामले सुरुवात गरिएको थियो । अहिले यस संस्था समग्र पोखरा क्षेत्रको आर्थिक र सामाजिक विकासको अभियन्ताको रुपमा स्थापित भएको छ ।
यस संस्थाले पोखराका व्यवसायी, यातायात सेवा प्रदायक, स्वास्थ्य सेवा प्रदायक लगायत अरु थुप्रै उद्यमीहरुलाई मद्दत पुर्याउदै आएको छ । हालसम्म यस संस्थाले पोखरा, लम्जुङ, बाग्लुङ जस्ता ठाउँहरुका हजारौँ व्यवसायीहरुलाई व्यापार सम्बन्धि तालिम दिन सफल भएको छ । नेपाली हस्तकला, शिक्षा, सरसफाई व्यवस्था तथा अन्य व्यापारिक क्षेत्रमा कार्यरत व्यवसायीहरुका लागि यो संस्थाले नियमित रुपमा तालिम आयोजना गर्दै आएको छ । यदि तपाईं पोखरा तथा वरिपरिका ठाउँमा व्यवसाय गर्नु हुन्छ भने तपाईं पनि यस संस्थामा आबद्ध भई आफ्नो व्यापार वृद्धि गर्न सक्नुहुन्छ । खुशीको कुरा, तपाईंले पोखरा उद्योग वाणिज्य संघको सदस्यता लिनका लागि सदस्यता शुल्क इसेवाबाट सजिलै बुझाउन सक्नुहुन्छ ।
PCCI को सदस्यता शुल्क भुक्तानी कसरी गर्ने ?
- सर्वप्रथम आफ्नो इसेवा एपमा लग ईन गर्नुहोस् ।
- एपमा रहेको Search bar मा Pokhara Chamber of Commerce and Industry लेखि, देखाइएको आइकनमा थिच्नुहोस् ।
- अब, आफ्नो उद्योगको प्रकार (category) छान्नुहोस् ।
- पहिलो पटक फारम भर्दै हुनुहुन्छ भने No र यदि सदस्यता नवीकरण गर्दै हुनुहुन्छ भने Yes मा थिच्नुहोस् ।
- आफ्नो औद्योगिक क्षेत्र दाखिला गर्नुहोस् ।
(जस्तै: हस्तकला, शिक्षा, आदि) - अब शुल्कलाई यकिन गरी Proceed मा थिच्नुहोस् ।
- पुन: एक पटक विवरण ठिक छ भन्ने पुष्टी गरी Confirm मा थिच्नुहोस् र आफ्नो MPIN/Fingerprint राखी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहोस् ।
Wow nice