२०५८ साल बैशाख २१ गते स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्सले विगत १६ वर्ष देखि ग्राहकहरुलाई उत्कृष्ट जिवन बीमा सेवा प्रदान गर्दै आएको छ । हाल यो संस्थाले केटाकेटी जिवन बीमा, सदाबहार जिवन बीमा लगायतका सेवाहरु उपलब्ध गराइरहेको छ ।
इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क बुझाउनका लागि तल लिखित प्रक्रिया निम्त्याउनुहोस् :
१. इसेवा लगिन गर्नुहोस् ।
२. सर्च बारमा थिच्नुहोस् र “Nepal Life Insurance Company Limited” लेखी देखाइएकाे Icon मा थिच्नुहोस्।
३. Policy Type, र जन्म मिती लेखी “Proceed” मा थिच्नुहोस्।
४. देखाइएकाे विवरण सहि छ भनी जाँच गरी “Proceed” मा थिच्नुहोस्।
५. अब आफ्नो MPIN/ Password राखी बिमा महसुल भुक्तानी प्रक्रिया सम्पन्न गर्नुहोस् ।
थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई Facebook, Instagram and Twitterमा follow गर्न नभुल्नुहोला र थप अन्य ईसेवामा आवद्ध रहेका इन्स्योरेन्सबारे थाहा पाउन यहाँ किल्क गर्नुहोस।।