आफ्नो पसलमा भएको QR (Scan and Pay) बाट भुक्तानी लिन र ग्राहकवर्गमा यसको प्रयोगलाई प्रोत्साहन गर्नको निम्ति यहि श्रावण १ गतेबाट लागु हुने गरि फोनपे रिटेल मर्चेन्टमा तल उल्लेखित अफर लागु भएको जानकारी गराउँदछौँ ।
भुक्तानी गर्ने ग्राहक संख्या (मासिक) | प्राप्त गर्ने रकम |
५० | रु. १,५०० |
१०० | रु. ३,५०० |
१५० | रु. ६,००० |
२०० | रु. ९,००० |
२५० | रु. १२,५०० |
यस अफरमा सहभागी हुनको लागी निम्न प्रक्रियाहरु पुरा हुनपर्ने छ ।
- इसेवा तथा बैंकद्वारा प्रदान गरिने फोनपे QR कोड राख्न पर्ने ।
- सो QR को मार्फत माथि उल्लेखित ग्राहक संख्याबाट भुक्तानी प्राप्त गर्नुपर्ने छ। भुक्तानी इसेवा ग्राहक वा बैंकको मोबाइल बैंकिङ दुबैबाट मान्य हुनेछ।
- भुक्तानी रकम न्युनतम रु. १०० हुनपर्ने छ ।
QR भनेको के हो?
QR Scan and Pay पैसा तिर्ने एउटा Contactless विधि हो । यस मार्फत विक्रेताले Display मा राखेको QR code आफ्नो eSewa वा मोबाइल बैकिंङ App द्वारा Scan गरि भुक्तानी गर्न सकिनेछ।
QR code कसरी प्राप्त गर्ने?
QR code प्राप्त गर्नको लागी [email protected] मा mail गर्नुहोस् ।