इसेवा महा-उत्सव: चाडपर्वको हर्ष नामी कारले अझै बढ्छ

इसेवा महा-उत्सव: चाडपर्वको हर्ष नामी कारले हर्ष अझै बढ्छ

दशैं तिहार, चाडपर्व नजिक आउँदैछ, कतिको उत्साहित हुनुहुन्छ? अनि चाडवाडको तयारी कस्तो हुँदैछ? बनाउने हैन त यो उत्सवलाई महा-उत्सव? इसेवाको साथमा यसपालीको पर्वमा उमंग थप्नको लागि तयार रहनुहोस्।

नेपालीहरुको महान् चाड वडा दशैं, तिहार र छठपर्व सबैको घर आँगनमा आइसकेको छ। यो महान् चाडको उमँगमा अझ उत्साह थप्दै हामीले ल्याएका छौं नयाँ अफर, ” इसेवा महा-उत्सव- हर्ष अझै बढ्छ”। यो अफरमा तपाईंहरु मध्य एक भाग्यशाली प्रयोगकर्ताले नयाँ इलेक्ट्रिक कार जित्न सक्नुहुनेछ। साथै, रु.५० को खेलमा हरेक महिना एक जनाले iPhone 16 पनि जित्न सक्नुहुनेछ। त्यति मात्र होइन, प्रयोगकर्ताहरुले हरेक दिन र हरेक हप्ता आकर्षक उपहार पनि पाउनुहुनेछ।

Contents

बम्पर उपहार: Nammi Car

यो अफरको समयभरी प्रयोगकर्ताहरुले इसेवाबाट जुनसुकै कारोबार गर्दा नामी कार जित्न सक्नुहुनेछ। जतिधेरै कारोबार गर्नुहुनेछ त्यति धेरै तपाईंको कार जित्ने सम्भावना बढ्नेछ। आजैबाट तपाईंको टपअप देखि बस टिकट, प्लेन टिकट, बिल भुक्तानी लगायतका सबै डिजिटल कारोबारहरु इसेवाबाटै गर्नुहोस् र कार जित्ने मौका सुनिश्चित गर्नुहोस्।

Rs. 100 मा iPhone 16

यस अफरमा तपाईंले रू.१०० को खेल खेलि iPhone 16 जित्न सक्नुहुनेछ। इसेवा होमपेजको Popular Service भित्र रहेको Rs. 100 Game मा गएर रू.१०० तिर्नुपर्ने हुन्छ जुन २४ घण्टा भित्र तपाईंको नम्बरमा टपअपको रुपमा प्राप्त हुनेछ। हरेक महिना एक भाग्यशाली विजेता गरी दुई भाग्यशाली बिजेताहरुले iPhone 16 जित्न सक्नुहुनेछ।

हरेक दिन Hourly Flash Sale

इसेवा प्रयोगकर्ताहरुको लागि यो अफरको समयअवधि भरि हरेक दिन इसेवाका विभिन्न सेवाहरुमा विशेष अफर प्राप्त गर्ने सकिने व्यवस्था पनि रहेको छ। जस अन्तर्गत दैनिक निर्धारित समयको लागि फ्लयास सेलको रुपमा अफर आउने छ। उदाहरणको लागि: असोज १ गते दिउँसो २ देखि ३ बजेसम्म दिइएको प्रोमोकोड प्रयोग गरी टपअप गर्दा क्यासब्याक पाउन सक्नुहुनेछ। यस अफरको विस्तृत जानकारिका लगि इसेवाको आधिकारिक सामाजिक सञ्जाल फलो गरी राख्नुहोला।

हरेक हप्ता Hot Deals

हरेक हप्ता मंगलबार तपाईंहरु मध्ये केही भाग्यशाली प्रयोगकर्ताहरुले आकर्षक अफरहरुको लाभ लिन सक्नुहुनेछ। जस अन्तर्गत इसेवाका विभिन्न सेवाहरु: हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरुमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नुहुनेछ। तपाईंको हातबाट यो अफर छुट्ला फेरी, तयार भएर बस्नुहोला ।

थप अफरहरु

अफरहरु यतिमा मात्र सिमित छैन है! यस अफर अवधिको बिच-बिचमा तपाईंहरुको लागि अरु सप्राइज उपहारहरु पनि रहेको छ। उक्त सप्राइजको लागि हाम्रो सामाजिक सञ्जाल चेक गरी रहनुहोला।

शर्त तथा नियमहरु

इसेवा महा-उत्सवको लागि शर्त तथा नियमहरू यस प्रकार रहेको छ:

१. इसेवा महा-उत्सवको सम्पूर्ण अफरहरू अन्यथा नलेखिएमा कार्तिक ३० सम्म लागु हुनेछ।

२. KYC Verified भइसकेका User तथा Agent हरूका लागि मात्र यो अफर मान्य हुनेछ।

३. कुनै पनि पक्षलाई बिना कुनै पूर्व जानकारी इसेवाले अफरको कुनै पनि सर्तहरू वा अफर नै सम्पूर्णत: परिमार्जन, परिवर्तन वा रद्द गर्ने अधिकार इसेवासँग सुरक्षित रहनेछ।

४. अफरका विजेताहरूले नेपाल सरकारको प्रचलित कानुनअनुसारको २५% TDS कर आफैंले व्यहोर्नुपर्नेछ।

५. आफ्नो नियन्त्रण भन्दा बाहिरको कुनै पनि शंकास्पद गतिविधि वा कारोबारमा प्रतियोगी तथा अफरको सर्तहरू अनुगमन गर्ने, हेरफेर गर्ने वा रद्द गर्ने सर्वाधिकार इसेवासँग सुरक्षित रहनेछ।

६. यो एक प्रचारात्मक कार्यक्रम हो र नेपालको कानून अनुसार कुनै पनि सट्टाबाज, जुवाको खेल होइन।

७. यस अफरमा सहभागी भएर प्रचारात्मक गतिविधिका लागि प्रतियोगीले आफ्नो फोटो तथा नाम प्रयोग गर्ने स्वीकृति इसेवालाई दिएको बुझिनेछ।

८. यस अफरमा सहभागी भएर सबै प्रतियोगीले अफरको सम्पूर्ण पक्ष बुझी स्वीकृति दिएको बुझीनेछ।

९. विजेता घोषणा भएको १५ दिन भित्र विजेताले पुरस्कार दाबि गर्नुपर्नेछ। यदि विजेताले १५ दिन भित्रमा पुरस्कार दाबी नगरेको खण्डमा इसेवाले पुरस्कार रद्द गर्ने वा वैकल्पिक विजेता चयन गर्ने अधिकार राख्दछ।

१०. यो अफर मार्फत जितेको पुरस्कार अरुलाई हस्तानतरण गर्ने वा फर्ता हुने छैन।

११. माथि उल्लेखित पुरस्कारहरू उपलब्धताको अधीनमा रहेका छन्। इसेवासँग उपलब्ध वस्तुहरूको आधारमा समान मूल्यका वस्तुहरूसँग पुरस्कार प्रतिस्थापन गर्ने अधिकार इसेवासँग रहनेछ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

9 thoughts on “इसेवा महा-उत्सव: चाडपर्वको हर्ष नामी कारले अझै बढ्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *