इसेवामार्फत नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा

इसेवामार्फत नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा

इसेवामार्फत नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा : इसेवाको QR प्रयोग गर्ने व्यवसायीहरुको लागि खुशिको खबर, नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा 

के तपाईंको पसल अथवा व्यवसायको क्रममा छिमेकी राष्ट्र भारतबाट पनि ग्राहकहरु आउने गर्छन्? त्यसरी नेपाल घुम्न आएका भारतीय ग्राहकहरुबाट सरल भुक्तानी लिन चाहनुहुन्छ? सिमा पारि रहेका व्यक्तिहरुले तपाईंसँग कारोबार गर्दा आधुनिक तरिकाले डिजिटल माध्यमबाट सजिलै भुक्नानी गर्न मिल्ने सेवाको प्रतिक्षामा हुनुहुन्थ्यो?

तपाईंहरुको त्यहि समस्या र आवश्यकतालाई मध्यनजर गर्दै फोनपे नेपाल र NPCI (National Payment Corporation of India) सँगको सहकार्यमा हामीले ल्याएका छौं “अन्तरदेशीय डिजिटल भुक्तानी”।

अन्तरदेशीय भूक्तानी प्रणालीबाट, फोनपे QR प्रयोग गर्ने इसेवाका मर्चेन्टहरुले भारतीय पर्यटकहरूको भुक्तानी सजिलै PhonePe, BHIM, र Google Pay मार्फत प्राप्त गर्न सक्नेछन्।

यसबाट हाम्रो व्यवासयीहरु र भारतीय ग्राहकहरुले वर्तमान समयमा भोग्दै आउनुपरेको समस्याको समाधान गर्ने कुरामा हामी विश्वस्त छौं। साथै हाम्रो यस पहलबाट आधुनिक अर्थतन्त्र मार्फत नेपालभर रहनुभएका हाम्रा चार लाख पचास हजार भन्दा बढी QR मर्चेन्टहरुको कारोबारमा थप सहजता प्रदान गर्ने कुरामा पनि हामी विश्वस्त छौं। तपाईंहरुकै साथ र सहयोगमा तपाईं र तपाईंको ग्राहकहरूले  हालको समयमा भोग्दै आउनुपरेको समस्याको समाधान गर्न, व्यवसायालाई थप प्रोत्साहनको निम्ति हामी प्रतिबद्ध छौं। 

 

Contents

अन्तरदेशीय डिजिटल भुक्तानीका फाईदाहरु

१. नक्कली भारतीय मुद्रा/नोटहरूको जोखिम नहुने

बजारमा नक्कली भारतीय नोटहरुको प्रशस्त उपलब्ध रहेको र गलत रुपमा प्रयोग हुने गर्दछ। यसबाट व्यवसयीहरुमा पर्न जाने समस्या र नोक्सानबारे हामी जानकार रहेका छौं र तापाईंको मेहनतमा कसैले छलकपट गर्न पाउने छैन। इसेवामा दर्ता गरिएको फोनपे QR मार्फत डिजिटल रुपमा भुक्तानी लिंदा नक्कली नोटहरु हातमा पर्ने खतरा हुँदैन र व्यवसायीहरुको मेहनतको कमाइ पनि खेर जाँदैन।

२. ग्राहक सन्तुष्टिमा वृद्धि

ग्राहकहरूले कारोबार गर्दा सधैं सजिलो र सुविधाजनक बाटो खोजिरहेको हुने कुरा सबै व्यवसयीहरुलाई थाहा भएकै कुरा हो। त्यसैगरी अहिलेको समयमा ग्राहकहरूको आवश्यकता अनुरुप प्राथमिकता दिनु पनि महत्त्वपुर्ण रहेको छ। डिजिटल कारोबार मार्फत ग्राहकहरुलाई थप सहजता प्रदान गरी ग्राहक सन्तुष्टिमा वृद्धि हुने कुरामा हामीले विश्वास राखेका छौं। यसले ग्राहकहरूको लागि नगद बोक्नुपर्ने  समस्याको समाधान गर्नुका साथै तपाईंको पनि दैनिक रुपमा हुने कारोबार अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्दछ।

३.अन्तर्राष्ट्रिय भुक्तानीको साथ व्यापार तथा अवसरहरुमा वृद्धि

आफ्नो व्यापारलाई बढाउने सबै व्यवसायीहरुको चाहाना रहेको हुन्छ र यस अन्तरदेशीय डिजिटल भुक्तानीको प्रयोगबाट व्यापारलाई सहज बनाई आफ्नो व्यवसायलाई अघि बढाउन सक्नुहुनेछ। सहज र डिजिटल कारोबार गर्न रुचाउने भारतीय ग्राहकहरुको पनि सजिलै ध्यान आकर्षण हुने भएकोले परम्परागत शैलिमा व्यापार गर्ने हरुको तुलनामा तपाईंको व्यवसायमा थप ग्राहकहरुको आवतजावत पनि बढ्नेछ।

४. विदेशी नगद विनिमयको झन्झट नहुने

यो सुविधाको साथ, व्यवसयीहरुले नोटहरु साट्नुपर्ने झन्झट र थप समय खर्चिनु पर्ने समस्याबाट छुटकारा पाउनेछन्। यसले विदेशी मुद्रा विनिमयको लागि ठाउँहरु खोज्दै हिड्नुपर्ने र कुनै ठाउँमा त कमिसन पनि दिनुपर्ने समस्याबाट पनि छुटकारा दिनेछ।

 

नेपालमा अन्तरदेशीय भुक्तानी सुविधा कसरी सुचारु गर्ने? (व्यवसायीहरूका लागि)

यो सेवा हाल इसेवाका फोनपे QR नेटवर्कमा दर्ता भएका साना तथा मझौला व्यवसायहरूका लागि स्वत: रूपमा उपलब्ध हुनेछ। यद्यपि, यदि तपाईंले व्यवसायीक रुपमा प्रयोग गर्ने फोनपे QR मा अन्तरदेशीय भुक्तानी सुविधा नचलेको खण्डमा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ। अन्तरदेशीय भुक्तानी लिनको लागि तपाईले आफ्नो इसेवाको फोनपे QR परिवर्तन गर्नुपेर्ने छैन। तपाईंले आफुसँग रहेको पुरानै फोनपे QR मार्फत UPI स्क्यान गरि भूक्तानी लिन सक्नुहुनेछ।

 

अन्तरदेशीय भुक्तानी शुल्क 

UPI अनुमोदित एपहरु मार्फत भुक्तानी लिदाँ प्रत्येक भूक्तानीमा हाल न्युनतम १.९५% शुल्क लाग्नेछ भने यो शुल्क भविष्यमा परिवर्तन पनि हुनसक्नेछ। नेपाली डिजिटल वालेट तथा मोबाइल बैंकिङ एपहरु मार्फत QR भुक्तानी लिदा वा गर्दा भने कुनै शुल्क लाग्ने छैन।

यदि तपाईं अन्तरदेशीय भुक्तानीहरू लिन चाहनुहुन्न भने कृपया हामीलाई सूचित गर्नुहोला। फोनपे बिजनेस एप वा मर्चेन्ट प्यानलबाट तपाईंले यस सुबिधालाई बन्द गर्न सक्नुहुनेछ।

 

नेपालमा अन्तरदेशीय भुक्तानी सुविधा कसरी सुचारु गर्ने? (भारतीय नागरिकहरुको लागि)

अन्तरदेशीय भुक्तानी सेवा सुचारु गर्नको लागि भारतीय नागरिकहरुले आफ्नो PhonePe एप वा BHIM एप खोलि UPI अन्तर्राष्ट्रिय भुक्तानी सुविधा सक्रिय गर्नुपर्दछ।

यो सुविधा प्रयोग गर्नको लागि, भारतीय नागरिकहरूले इसेवामा आबद्ध रहेका पसल तथा व्यवसायहरुमा उपलब्ध रहेको फोनपे QR आफ्नो PhonePe, BHIM एप वा Google Pay बाट स्क्यान गर्नुपर्दछ। कारोबारको लागि प्रयोगकर्ताहरूले रकम नेपाली मुद्रा (नेपाली रुपैंया) मा राखेर Proceed गर्नुपर्दछ। कारोबार सम्पन्न हुँदा राखिएको नेपाली रकम बराबरको भारतीय मुद्रा प्रयोगकर्ताको खाताबाट काटिने छ र सोहि समयमा नै भुक्तानी प्राप्त भएको सन्देश व्यवसयीको मोबाइलमा आउनेछ।

यो सुविधा प्रयोग गर्नको लागि प्रयोगकर्ता स्वयम् नेपाली सिमा क्षेत्र भित्र उपस्थित भई आफ्नो मोबाइलको लोकेसन अन गर्नुपर्नेछ।

*अन्तरदेशीय भुक्तानी सुविधा प्रयोग गर्नको लागि न्यूनतम मुद्रा विनिमय शुल्क लाग्नेछ।

 

अन्तरदेशीय भुक्तानीबारे थप सुधारहरू:

निकट भविष्यमा नेपाली नागरिकहरुले पनि आफ्नो इसेवा मार्फत QR स्क्यान गरि भारतमा पनि भुक्तानी गर्न मिल्ने सुविधा सुचारु हुनेछ। अहिले यसको लागि हामी काम गरिरहेका छौं र सेवा उपलब्ध भए लगत्तै हाम्रो आधिकारिक सामाजिक सञ्जाल मार्फत जानकारी गराउने छौं।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.